गणतन्त्र दिवस ३ दिन मनाइने, गन्यमान्यदेखि सर्वसाधारणसम्मलाई टुँडिखेलमा उपस्थित हुन उर्दी
इन्द्र रिजाल
बैशाख २३, २०७६ सोमबार २१:४६:३२
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन गरिएको छ । गृह मन्त्रालयमा आज बसेको बैठकले आगामी जेठ १५ गते गणतन्त्र दिवस मनाउने सिलसिलामा जेठ १४ देखि १६ गतेसम्म विविध कार्यक्रम गरी देशभित्र र देशबाहिर नेपाली नियोगमा दिवस मनाउने निर्णय गरेको छ ।
प्रधानमन्त्रीको अध्यक्षतामा गठित समितिमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, पूर्वराष्ट्रपति, मन्त्री, पूर्वप्रधानमन्त्रीलगायत रहेका छन्।
बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको संयोजकत्वमा काठमाडौं, ललितपुर, भक्तपुरका जिल्ला समन्वय समितिका प्रमुख, सञ्चार मन्त्रालयका सचिव, राष्ट्रिय समाचार समितिका महाप्रबन्धक, नेपाल टेलिभिजन र गोरखापत्र संस्थानका अध्यक्ष, रेडियो नेपालका कार्यकारी निर्देशकलगायत रहेको प्रचारप्रसार उपसमिति गठन गरिएको छ ।
त्यस्तै काठमाडौंका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ग्राउण्ड, कवाज, व्यायाम तथा झाँकी व्यवस्थापन उपसमिति र काठमाडौँ महानगरपालिकाका प्रमुखको संयोजकत्वमा मञ्च सजावट तथा मञ्च व्यवस्था उपसमिति गठन गरिएको छ ।
बैठकले जेठ १४ गते केन्द्र, प्रदेश तथा स्थानीय तहका सरकारी कार्यालयले राष्ट्रिय झण्डा तथा ब्यानर सजाई आआफ्नो कार्यालय तथा नगरेको शुङ्गार तथा सरसफाइ गर्ने, गणतन्त्र दिवस मनाउन सञ्चारमाध्यमलाई सार्वजनिक अनुरोध गर्ने, सञ्चारमाध्यमबाट गणतन्त्रसम्बन्धी लेखरचना, स्मारिका प्रकाशन गर्ने र साँझ दीपावली गर्ने कार्यक्रम तय गरेको छ ।
जेठ १५ गते गणतन्त्र दिवसका दिन सूर्योदयका साथ नेपाली सेनाद्वारा बिगुल बजाउने, तोप र बन्दूकको बढाइँ गर्ने तथा शहीदको आत्माको चिरशान्तिका लागि मठमन्दिर, मस्जिद, बौद्ध विहार, गिर्जाघरलगायत धार्मिकस्थलमा पूजापाठ तथा प्रार्थना कार्यक्रम गरिने छ । सोही दिन बिहान ७ः३० बजे मूल समारोह समितिका अध्यक्ष तथा सदस्य, निजामती र संस्थानका कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दलका नेताकार्यकर्ता, खेलाडी, मजदूर, किसान र सर्वसाधारण टुँडिखेलमा उपस्थित हुनका लागि सरकारले भनेकाे (उर्दी जारी गरेकाे) छ ।
समारोहमाराष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायधीश, सभामुखलगायतका उच्चपदस्थ व्यक्तित्वको समेत सहभागिता रहनेछ । सुरक्षा निकाय, खेलाडी, विद्यार्थीबाट मार्चपास, विविध कार्यक्रम र झाँकी प्रदर्शन गरिनेछ । सोही दिन साँझ दीपावली गरिने छ ।
यसैगरी जेठ १६ गते सबै जिल्लामा वृक्षरोपण, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाल रेडक्रस सोसाइटीको समन्यनमा रक्तदान र साँझ दीपावली गरिने कार्यक्रम रहेको छ । त्यस्तै विदेशस्थित नेपाली दूतावास, नियोग, वाणिज्य दूतावास तथा काठमाडौँ उपत्यका बाहिर प्रदेशका केन्द्र, जिल्ला र स्थानीय तहमा समेत तीन दिन गणतन्त्र दिवस मनाउन विविध कार्यक्रम आयोजना गरिने विषय आजको बैठकले पारित गरेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
अमेरिकाको भर्जिनियामा कार हिउँमा चिप्लिदा २ नेपालीको मृत्यु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार