देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु
नेपालबहस संवाददाता
पुस २७, २०८१ शनिबार १७:१४:३३
२७ पुस, काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा चार जनाले ज्यान गुमाएका छन्। बाजुरा, बुढीनन्दा नगरपालिका-९ अंगाउपानीस्थित सडकमा मार्तडीबाट कोल्टीतर्फ जाँदै गरेको सु.प.प्र.०१-००१ च ४४३० नम्बरको जिपको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६० वर्षीया रूपशिला धामीको शुक्रबार दिउँसो मृत्यु भएको छ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको पाण्डुसैन स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको हो। जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
रोल्पा, त्रिवेणी गाउँपालिका-४ सिमपानीस्थित सडकमा लु.१ च ८६८७ नम्बर पिकअप जिप शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक माडी गाउँपालिका-१ भित्ताबाङ बस्ने २० वर्षीय हुकुम घर्तीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको सिमपानी बुढागाउँ स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको हो।
साथै दुर्घटनामा घाइते भएका जिपमा सवार ३ जना मध्ये २ जनाको राप्ती प्रादेशिक अस्पताल तुल्सीपुर दाङमा र १ जनाको नर्सिङ होम नेपालगंज बाँकेमा उपचार भइरहेको छ।
झापा, मेचिनगर नगरपालिका-१५ स्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री भारत कुच बिहार पश्चिम बगाल बस्ने २५ वर्षीय अप्पु रायको शुक्रबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको आम्दा अस्पताल धुलाबारीमा उपचारको क्रममा मृत्यु भएको हो।
साथै उक्त सवारी साधनको ठक्करबाट घाइते भएका अन्य १ जना पैदलयात्रीलाई थप उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाइएको छ। ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ।
मकवानपुर, मनहरी गाउँपालिका-६ डिपार्टस्थित सडकमा बागमती प्रदेश ०१-०२६ च ५२५० नम्बरको स्कारपियो र बा.१६ च ८३२४ नम्बरको कार एकआपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा कार चालक हेटौंडा उपमहानगरपालिका-४ बस्ने ६० वर्षीय सुरेन्द्र लाल श्रेष्ठको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको एलाईभ अस्पताल चितवनमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका अन्य ७ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमकवानपुरको मनहरीमा कार दुर्घटना : चालकको मृत्यु, १३ जना घाइते
पुष २७, २०८१ शनिबार
जीपको ठक्करबाट एक जनाको मृत्यु
पुष २६, २०८१ शुक्रबार
धनकुटाको पाख्रिबासमा पिकअप दुर्घटना, चालक र सहचालकको मृत्यु
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
कुमारी बैंक र एनसिएचएलबीच अन्तर्देशीय भुक्तानी सहकार्य
पुष २७, २०८१ शनिबार
दोहाबाट मलद्वारमा सुन लुकाएर ल्याउने ३ जना त्रिभुवन विमानस्थलबाट पक्राउ
पुष २७, २०८१ शनिबार
नेपाली सेनाले मनायो ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस ( फोटो फिचर )
पुष २७, २०८१ शनिबार
हुम्लाको स्थानीय तहमा वडाको सिफारिसमा अनुदानको नुन वितरण
पुष २७, २०८१ शनिबार
राप्रपाको जलपान समारोहमा प्रधानमन्त्री ओलीको इन्ट्री ( फोटो फिचर )
पुष २७, २०८१ शनिबार
आर्थिक संकट मोचनको लागि सात बुँदे सहमति : उपसभापति गुरुङ
पुष २७, २०८१ शनिबार