विश्व व्यापार तनाव दिगो विकासका लागि एउटा धक्का : राष्ट्रसङ्घ महासचिव
इन्द्र रिजाल
बैशाख २८, २०७६ शनिबार २२:४०:४
एजेन्सी । अहिलेको विश्वमा देखिएको तनावले दिगो विकास लक्ष्यमा एउटा नराम्रो धक्का पुगेको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बताएका छन् ।
व्यापार संगठन ‘डब्लुटिओ’ साधारण परिषद्लाई सम्बोधन गर्ने क्रममा शुक्रबार राष्ट्रसङ्घ प्रमुखले भने, “दिगो विकास लक्ष्यका लागि सकारात्मक दवाब सिर्जना गर्ने हाम्रा प्रयासहरूमा अर्थपूर्ण अवरोधहरू देखिएका छन् ।”
उनले भने, “विश्वव्यापीकरणले कुनै पनि राज्य, व्यवसाय तथा जनतालाई पहिलेभन्दा पनि बढी एक आपसमा आश्रित बनाएको छ र यसले व्यापक विकास र आर्थिक वृद्धिका अवसरहरूको सिर्जना गरेको छ ।”
“तर विश्वव्यापीकरणले जनताको त्रास र चिन्तामा समेत इन्धन थपिदिएको छ र बहुपक्षक्षीय व्यापारका लागि सार्थक सहयोगलाई गम्भीररूपमा कमजोर बनाएको छ,” गुटेर्रेसले भने ।
“विगत केही समय ‘एक बर्ष’ मा विश्वव्यापी व्यापारमा देखिएको तनावले गर्दा अन्तर्राष्ट्रिय आर्थिक वृद्धिलाई खतरातर्फ धकेलिदिएको छ,” राष्ट्रसङ्घका महासचिवले भने । “यि व्यापार तनावहरू दिगो विकासका लागि आवश्यक विश्वव्यापी सहकार्यको महत्वपूर्ण प्रयासमा अवरोधका रूपमा देखिएको छन् ।”
डब्लुटिओ सदस्य राष्ट्रहरूको बहुपक्षीय व्यापार प्रणालीका आधारहरूलाई मजबुत तथा अद्यावधिक गर्न जरूरी रहेको र यसका लागि डब्लुटिओको सुधार प्रयासहरू दिगो विकास लक्ष्यमा आधारित बनी अघि बढ्नु जरूरी छ ।
गुटेर्रेसले भने, “डब्लुटिओकोे सुधार अर्थपूर्ण, न्यायिक, वैधानिक तथा दिगो हुनुपर्छ जसका कारण विश्व व्यापारमा देखिएका चुनौतिलाई प्रभावकारीरूपमा व्यवस्थापन गर्न सकियोस् ।”
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपउपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
नारायणगढ-मुग्लिङ्ग सडकको ९ किलोमा सडक भासियो
असोज १२, २०८१ शनिबार
आइतबारदेखि तीन दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई सरकारको आग्रह
असोज १२, २०८१ शनिबार
विपद् प्रतिकार्यको लागि सशस्त्र प्रहरीबाट १० हजार ५ सयभन्दा बढी जनशक्ति परिचालन
असोज १२, २०८१ शनिबार
कोशी ब्यारेजमा पानीको सतह बढ्दै, आकस्मिक बाहेकका सवारी साधनलाई रोक
असोज १२, २०८१ शनिबार
नेता शेखर कोइरालाको प्रश्न: नागरिक बगेको घट्नाले राज्यलाई अलिकति पनि छोएन ?
असोज १२, २०८१ शनिबार
काठमाडौंबाहिरका आठ विमानस्थलमा आन्तरिक उडान सञ्चालन
असोज १२, २०८१ शनिबार
घाइतेको निःशुल्क उपचार गर्न सबै स्वास्थ्य संस्थालाई मन्त्रालयको निर्देशन
असोज १२, २०८१ शनिबार