नुवाकोटमा संचारमन्त्री बास्कोटाको कार्यक्रम बहिस्कार, चरणवद्ध संघर्षकाे आज पहिलाे दिन
इन्द्र रिजाल
बैशाख २९, २०७६ आइतबार १५:३५:५८
काठमाडौं । नेपाली प्रेसलाई पूर्ण नियन्त्रित गर्ने र प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता कुण्ठित हुने गरी संसदमा मिडिया काउन्सिल सम्बन्धि बिधेयक दर्ता गरिएको विरोधमा नेपाल प्रेस युनियन नुवाकोटले पूर्वपत्रकार एवं हालका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाको कार्यक्रम बहिस्कार गरेको छ ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा नियन्त्रण गर्ने मन्त्री बास्कोटाको भित्री खेलकाविरुद्ध युनियनले यो कदम चालेको हो । आईतबार बिहान सदरमुकाम बिदुरस्थित नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रम प्रेस युनियन सम्वद्ध पत्रकारहरुले बहिष्कार गरेका छन्।
प्रेस युनियन नुवाकोटका अध्यक्ष किरणप्रसाद अधिकारीले मिडिया काउन्सिल बिधेयकको बिरोधमा पत्रकार महासंघले संचालन गरेको आन्दोलनका कार्यक्रम नुवाकोटमा प्रभावकारी रुपबाट संचालन गर्न प्रेस युनियन प्रतिबद्ध रहेको समेत बताए ।
संघर्षका कार्यक्रमहरु
बैशाख २९ गतेः महासंघका पूर्व पदाधिकारी, संचारमाध्यमका सम्पादक, कानूनविद र विज्ञहरुसँग छलफल ।
बैशाख ३० गतेः संसदका सम्माननीय सभामुख, राष्ट्रिय सभाका सम्माननीय अध्यक्षलाई ज्ञापनपत्र बुझाइने ।
बैशाख ३१ गतेः संसदका सम्वन्धित समितिका सभापति र सदस्यहरुसँग छलफल ।
जेठ १ गतेः कार्यक्षेत्रमा कालोपट्टी लगाएर काम गर्ने । महासंघ केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र शाखा कार्यालयमा सरोकार पक्षबीच बृहद छलफल कार्यक्रम आयोजना गर्ने ।
जेठ ३ गते : काठमाडौंमा संसद वाहिर र जिल्लाहरुमा सदरमुकाममा संचार साधनसहित बृहद प्रदर्शन गर्ने ।
पत्रकारलाई अपराध तथा राजद्रोहको मुद्दा लगाउन खोजिँदै, सञ्चार क्षेत्र आतङ्कित
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपकोशीका मन्त्रीले मानव तस्करी गरे कि फन्दामा परे, प्रहरी भन्छः अनुसन्धान हुँदैछ, को हुन अनिता ?
कात्तिक २३, २०८१ शुक्रबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
कात्तिक १४, २०८१ बुधबार
प्रधानमन्त्रीको चीन भ्रमणः पोखरा विमानस्थलको ऋणलाई अनुदानमा परिणत गर्ने तयारी
कात्तिक १४, २०८१ बुधबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
नेपालबहस संवाददाता
कात्तिक २१, २०८१ बुधबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार
राम्रो काम नगरेपछि अढाई वर्षका लागि कालोसूचीमा पर्यो उर्जा राज्यमन्त्री कान्छारामको कन्सट्रक्सन
कात्तिक २३, २०८१ शुक्रबार
गण्डकीको फैसलालाई लिएर कांग्रेस सांसद ढुंगानाले समिति मै न्यायाधीश मल्लमाथि पोखे आक्रोश
कात्तिक २३, २०८१ शुक्रबार
कोशीका मन्त्रीले मानव तस्करी गरे कि फन्दामा परे, प्रहरी भन्छः अनुसन्धान हुँदैछ, को हुन अनिता ?
कात्तिक २३, २०८१ शुक्रबार
बागलुङमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
कात्तिक २३, २०८१ शुक्रबार
रुसबाट ५ सय ६३ युक्रेनी सैनिकको शव फिर्ता
कात्तिक २३, २०८१ शुक्रबार
जीबी राई भगाउन सहयोग गर्ने सहसचिवलाई पुरस्कार !
कात्तिक २३, २०८१ शुक्रबार
नेपाल–बङ्गलादेशबीच जनता जनतामा सम्बन्ध विस्तार हुनुपर्छ : ऊर्जामन्त्री खड्का
कात्तिक २३, २०८१ शुक्रबार
पुरातात्विक महत्त्वका मूर्त र अमूर्त सम्पदाको चित्रणीकरण गर्दै कामपा
कात्तिक २३, २०८१ शुक्रबार
एमाले बागमतीले उपनिर्वाचनका उम्मेदवारको नाम टुङ्गायो
कात्तिक २३, २०८१ शुक्रबार