नसिंङ पढाईमा ५ लाख खर्च, तलब ७ हजार मात्र !
इन्द्र रिजाल
बैशाख २९, २०७६ सोमबार १:९:४०
चितवन । ठूलो लगानी गरेर पढेका नर्सिङका विद्यार्थीले पढाइ सकेपछि कडा मिहिनेत, जोखिम र संवेदनशिल काम गर्नुपर्ने भएपनि श्रमको मूल्य भने पाउन सकेका छैनन् ।
विदेशमा रोजगारीको राम्रो अवसर भए पनि नेपालमा बस्छु भन्नेका लागि यो पेशा निकै चुनौतीपूर्ण बन्दै गएको छ । प्रमाणपत्र तह नर्सिङ अध्ययनका लागि तीन वर्षको रु चार लाख ७५ हजार क्याम्पसमा बुझाउनुपर्ने हुन्छ ।
यसका अतिरिक्त किताब, कापी, परीक्षा, होस्टल, प्रयोगात्मक कक्षा लगायतको खर्च हेर्दा रु सात लाख बढी खर्च हुने गर्दछ । यस्तै नर्सिङ स्नातक (बिएन)को क्याम्पस शुल्क रु छ लाख ५० हजार हाराहारी रहेको छ भने बिएससी नर्सिङको रु ११ लाख ९० हजार पूर्वाञ्चल विश्वविद्यालयमा सम्बन्धन पाएका क्याम्पसले लिँदै आएका छन् ।
त्रिभुवन विश्वविद्यालयसँगै अन्य विश्वविद्यालयसँग सम्बन्धन लिएर पढाउने क्याम्पसले त्यो भन्दा बढी फरक फरक शुल्क लिने गरेका छन् । तर तिनै क्याम्पसबाट अध्ययन गरेका विद्यार्थीले नेपालमा पाउने जागिरको अवस्था भने दयानिय रहेको छ ।
नेपाल नर्सिङ सङ्घ चितवनका अध्यक्ष माया पाण्डेले नर्सको कामको चुनौती बढी भए पनि न्यून पारिश्रमिकमा काम गर्नुपर्ने बाध्यता रहेको बताए । यहाँ चलेका अस्पताल र मेडिकल कलेजले रु १४ हजारदेखि १७ हजारसम्म पारिश्रमिक दिने गरेका भएपनि अन्यमा पारिश्रमिक न्यून रहेको उनले बताए ।
जिल्लाका कतिपय अस्पताल, पोलिक्लिनिक, क्लिनिकलगायतले रु सात हजारसम्ममा काम लगाउने गरेका पाइएको छ । राम्रा अस्पतालमा अवसर नपाउदा कतिपय नर्सिङ अध्ययन गरेका निराश हुने गरेका उनीहरु बताउछन् ।
स्नातक पढेर कार्यालय सहयोगी सरह पारिश्रमिक लिन बाध्य भएको नर्सिङ पढाउनेको गुनासो छ । भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा. डा. कृष्ण पौडेलले सन् २०३० मा चाहिने नर्सिङ अहिलेनै उत्पादन भई सकेकाले समस्या उत्पन्न भएको बताए ।
अस्पतालमा १५० भन्दा बढीले जागिरको माग गरी आवेदन दिएका र दैनिक जसो नयाँले निवेदन पेश गर्ने गरेका उनले बताए । निजीमा रु सात हजारदेखि नै काम गर्नुपर्ने बाध्यता रहेकाले सरकारीमा आकर्षण बढी भए पनि अवसर थोरैले पाउने गरेको उनले जानकारी दिए ।
चितवनमा मात्र ११ नर्सिङ क्याम्पस छन् । छिमेकी जिल्ला नवलपुरको गैँडाकोटमा एउटा नर्सिङ कलेज छ । ती क्याम्पसले ४० जनाका दरले प्रविणता प्रमाणपत्र तह पढाउँदै आएका छन् ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् ‘सिटिइभिटी’ बाट सम्बन्धन लिएका क्याम्पसको साझा संस्था फोरम फर हेल्थ साइन्स चितवनका अध्यक्ष ध्रुव काफ्लेले नर्सिङलाई रोजगारीको अवसर बढ्दो रहेको बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपमौलाकालिका अस्पतालको सेवा नयाँ भवनबाट
माघ २०, २०८१ आइतबार
नारायणी अस्पताल भवन निर्माण संघर्ष समितिको प्रदर्शन, त्रिभुवन राजपथ केही बेर अवरुद्ध
माघ १८, २०८१ शुक्रबार
६ महिनामा वैदेशिक अध्ययनमा बाहिरियो ५६ अर्ब ८३ करोड
माघ २१, २०८१ सोमबार
लुम्बिनी प्रदेशमा आज सार्वजनिक विदा
माघ २१, २०८१ सोमबार
सामाजिक विविधताभित्रको एकताले राष्ट्रिय भावना थप मजबुत : उपराष्ट्रपति
माघ २१, २०८१ सोमबार
सरस्वतीपूजा नवीन खोजतर्फ प्रेरित गरिरहने पर्व हो : राष्ट्रपति
माघ २१, २०८१ सोमबार
तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो
माघ २१, २०८१ सोमबार