सशस्त्र प्रहरी बलभित्र बीचमै जागिर छोड्नेले प्रमाणपत्र नपाउने
इन्द्र रिजाल
बैशाख ३१, २०७६ मंगलबार १२:४७:३४
काठमाडौं । सशस्त्र प्रहरी बलभित्र बीचमै जागिर छोड्ने क्रम बढेपछि वीस बर्ष नपुगि अवकाश प्रमाणपत्र नदिइने भएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा मधुसूदन रायमाझीले लेखेका छन् ।
संगठनमा भर्ना भएको छोटो समयमा नै राजिनामा दिँदा राज्यलाई घाटा पुग्ने भएकाले वीस बर्ष पुगेपछि मात्र अवकाश प्राप्त प्रमाणपत्र दिन लागिएको हो । केही बर्षयता सेवा प्रवेश गरेको पाँच बर्षपछि नै राजिनामा दिएर वैदेशिक रोजगारीमा जाने क्रम बढेको छ ।
अवकाश प्राप्त प्रमाणपत्र वैदेशिक रोजगारीको लागि विश्वासिलो आधारको रुपमा प्रयोग गर्न थालेपछि सशस्त्र प्रहरीले कार्य्विधि बनाएर नै प्रमाणपत्र दिने समयसीमा तोकेको हो ।
सशस्त्र प्रहरीमा भर्नापछि तालिमका साथै वृत्ति विकासका लागि राज्यको ठूलो लगानी हुने गरेको छ । हातहतियार चलाउने दक्षता भएका प्रहरी–कर्मचारीले बीचमा जागिर छोड्दा घाटा पुग्ने निष्कर्ष निकाली यस्तो निर्णय गरिएको हो ।
सशस्त्र प्रहरीलेको परामर्श समितिको बैठकले १६ बर्षमा नै अवकाश भए पनि २० बर्ष नपुगि अवकाश प्रमाणपत्र नदिने निर्णय गरेपछि जागिर छोड्ने क्रम घटेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार