नेकपा एकताको एक वर्ष पुरा, यस्तो छन् बैठकका निर्णय !
इन्द्र रिजाल
बैशाख ३१, २०७६ बुधबार २:३०:४६
काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’को एकताको एक वर्ष पुगेका अवसरमा र मदन आश्रित स्मृति दिवस मनाउन आज पार्टी मुख्यालय धूम्बाराहीमा तयारी बैठक बसेको थियो।
पार्टीका महासचिव विष्णुप्रसाद पौडेलको अध्यक्षतामा बसेको तयारी बैठकले तत्कालीन नेकपा ‘एमाले’को पार्टी कार्यालय मदननगर बल्खुमा बिहान ८ः३० बजे विशेष कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिए।
उनका अनुसार सोही अवसरमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गर्नेछन्।
सो अवसरमा गत जेठ ३ गते तत्कालीन एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएको थियो। उक्त कार्यक्रममा अहिलेसम्म पार्टी एकता भए पश्चात भएका गतिविधिसमेत जानकारी गराइने केन्द्रीय सदस्य श्रेष्ठले जानकारी दिए।
दुई पार्टी एकता भएपछि अहिलेसम्म पार्टी सचिवालय, स्थायी कमिटी सदस्य, केन्द्रीय सदस्य र जिल्ला कमिटीको मात्र टुङ्गो लगाइएको छ।
पार्टी एक भएको एक वर्ष पुग्न लाग्दा पनि अहिले पनि जनवर्गीय सङ्गठनको एकता हुन सकेको छैन्। अहिलेसम्म इञ्जिनीयर, निर्माण व्यवसायी, कानून व्यवसायी तीन जनवर्गीय सङ्गठनको एकता मात्र टुङ्गिएको छ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार