सिटिजन्स म्युचुअल फण्ड-२ को सार्वजनिक निष्काशन जेठ ९ देखि, न्युनतम १००० रुपैयाँको आवेदन
इन्द्र रिजाल
जेठ १, २०७६ बुधबार १७:१:३५
काठमाडौं। सिटिजन्स म्युचुअल फण्ड-२ ले जेठ ९ गतेदेखि दश करोड इकाई निष्काशन गर्ने भएको छ। फण्डले दश करोड इकाईमध्ये एक करोड ५० लाख योजना व्यवस्थापकको लागि सुरक्षित गरेको छ। बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणको लागि निष्काशन गर्नेछ।
सिबिआइएलले व्यवस्थापन गरेको यो दोस्रो म्युचुल फण्ड हो। सर्वसाधारणले न्युनतम १०० इकाई र अधिकतम दुई करोड इकाइसम्मको लागि आवेदन दिन सक्ने छन्। फण्डले छिटोमा जेठ २३ गतेसम्म निष्काशन गर्ने छ। यदि पहिलो चरणमा बिक्री नभएमा ढिलोमा असार ८ गतेसम्म निष्काशन गर्ने छ।
यस फण्डको योजना अवधि ७ वर्षको रहनेछ। फण्डले दोस्रो बजारमा सूचिकृत कम्पनीहरुको शेयरमा ८६ प्रतिशतसम्म लगानी गर्न पाउनेछ। त्यस्तै सरकारी स्वामित्वमा रहेका वा नियन्त्रणमा रहेका कुनै पनि संस्था वा नेपाल राष्ट्र बैंकले जारी गरेका ऋणपत्र ट्रेजरी विल तथा बैंक निक्षेपमा १४ प्रतिशतसम्म लगानी गर्न सक्नेछ।
सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सुविधाका लागि अनुमति प्राप्त सम्पुर्ण बैंक तथा वित्तीय संस्थाका साथै मेरो शेयर मार्फत अनलाइन आवेदन दिन सकिनेछ। फण्डले सात वर्षको अवधि ५ वर्षसम्म लाभांस दिन सक्ने प्रक्षेपण गरेको छ। फण्डले सार्वजनिक गरेको प्रक्षेपण अनुसार दोस्रो वर्षेदेखि छैठौ वर्षसम्म लगातार लाभांस दिन सकिने जनाएको छ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार