अपराध न्यूनिकरण गर्न नागरिकको ठूलो भूमिका : प्रहरी वरिष्ठ उपरीक्षक सुवेदी
इन्द्र रिजाल
जेठ २, २०७६ बिहिबार १७:१८:३४
काठमाडौं । महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीको प्रमुख आतिथ्यमा समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत नगर र वडा स्तरीय समन्वय समितिका पदाधिकारीहरुसँग छलफल तथा अभीमुखिकरण कार्यक्रम गोकर्णेश्वर नगरपालिकामा बुधबार सम्पन्न भएको छ ।
कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक सुवेदीले नागरिकले शान्त र सुरक्षित समाजको परिकल्पना गरेको हुने चर्चा गर्दै यस्तो समाज निर्माणको लागि समुदाय-प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी हुने बताए ।
अपराध न्यूनिकरण गर्न नागरिकको ठूलो भूमिका रहेको चर्चा गर्दै उनले उक्त कार्यक्रम मार्फत प्रहरीलाई आपराधिक कार्यको सूचना दिन नागरिकलाई आग्रह समेत गरे । सामाजिक संजालको दुरुपयोगबाट अपराध बढेको उल्लेख गर्दै प्रहरी वरिष्ठ उपरीक्षक सुवेदीले यसको सही रुपमा प्रयोग गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे र उपप्रमुख शान्ति नेपालले समुदाय-प्रहरी साझेदारी कार्यक्रमको प्रयोग र महत्वबारे आ-आफ्नो मन्तव्य व्यक्त गरेका थिए।
महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले वृत्तका कार्य प्रगती विवरण तथा समुदाय(प्रहरी साझेदारी कार्यक्रम शुभारम्भ भए पश्चात् वृत्तबाट शान्तिपूर्ण एवं सुरक्षित समाज निर्माणका लागि भएका कार्यक्रमबारे प्रस्तुतीकरण गरेका थिए ।
गोकर्णेश्वर नगरपालिका-८ का अध्यक्ष मनोज ढुङ्गनाले स्वागत मन्तव्य व्यक्त गरेकाे कार्यक्रममा स्थानीय निकायका पदाधिकारीहरु, समुदाय-प्रहरी साझेदारी अन्तर्गत पालिका तथा वडा स्तरीय पदाधिकारीहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।
साथै महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीको प्रमुख आतिथ्यमा समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत पर्यटक सम्बन्धि अन्तरक्रिया कार्यक्रम बुधबार भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा सम्पन्न भएको छ ।
पर्यटन विभाग, पर्यटक प्रहरी इकाई भृकुटीमण्डपको आयोजना तथा नेपाल पर्यटन बोर्डको सहयोगमा संचालित कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० र पर्यटन सुरक्षामा सरोकारवाला निकायहरुको भूमिकाबारे छलफल भएको थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार