नेकपाभित्र भूसको आगो – ओलीबिरुद्ध कसिलो मोर्चा
इन्द्र रिजाल
जेठ २, २०७६ बिहिबार २०:२३:४१
काठमाडौं । मुलुकमा कम्युनिष्ट बहुमतको सरकार बनेपछि तत्कालिन एमाले र माओवादी केन्द्र समर्थित कार्यकर्ता मात्र नभै विपक्षमा भोट होल्ने मतदातासमेत उत्साही बनेका थिए । हुनपनि लामो अस्थिरता र खिचातानीपछि मुलुकले स्थिर सरकार पाउनु सकारात्मक थियो ।
नेपाल र नेपालीप्रति सद्भाव राख्ने सबैले केपी ओली सरकारप्रति आशा र भरोसाका आँखा लगाएका हुन् । तर बिहानीले दिनको संकेत गर्छ भनेजस्तो यो सरकार बेकम्मा भइसकेको अनुभूति हुन थालेको छ । सरकार बनेको करिब डेढ वर्षको समय व्यतित भइसक्यो । अब भने यो सरकारको काम कारवाहीप्रति रुखो टिप्पणी गर्न सबै तम्तयार छन् । नेपालको इतिहासमै यति धेरै जनमत कि त ०१५ सालमा बीपी कोइरालाले पाएका थिए , कि अहिलेका प्रधानमन्त्री ओलीले पाएका छन् ।
तर अहिले चाहिं ओली र पुष्पकमल दाहालको गुटले मात्र सत्ताको स्वाद लिने अरुले प्रतिपक्षिको भूमिकामा रहनुपर्ने अवस्था विष्फोट हुनै लागेको छ । पार्टीका वरिष्ठ नेता झलनाथ खनाल , माधवकुमार नेपाल मात्र होइन भीम रावल , नारायणकाजी श्रेष्ठदेखि वामदेव गौतमसम्मको हुर्मत लिने काम भइरहेको छ । जसले गर्दा नेताहरु उपयुक्त दाउ पर्खिरहेका छन् ।
बीपीले सुरु गरेको सुधार कार्यक्रमबाट राजा महेन्द्र डराएर सैनिक कू को बाटो रोजे । जसले गर्दा बीपीले चाहेर पनि जनहितका पक्षमा काम गर्न पाएनन् । तर ओलीलाई भने कसैले कुनै रोकछेक गरेको देखिंदैन । न राजा महाराजा नै छन् , अंकुश लगाउने न असहिष्णु प्रतिपक्षी नै रहेको छ । तैपनि ओलीको खाल सरेको छैन । यसको कारण के होला ? स्वयं नेकपाका कार्यकर्ताको प्रश्न तेर्सिन थालेको छ ।
साँच्चै भन्ने हो भने नेकपाभित्र अहिले भुसको आगो सल्किएको छ । भित्रभित्रै सखाप भैसकेपनि सतहमा भने आइसकेकोे छैन । एमाले र माओवादीको गठबन्धन आफैंमा चमत्कारिक र रहष्यमय थियो । चुनावको मुखमा यी दुई विपरित धारबीचको नाटकीय एकता कसले र के उदेश्य प्राप्तिका लागि गरेको थियो , त्यो विस्तारै खुल्दै जाला । तर अहिले चाहिं ओली र पुष्पकमल दाहालको गुटले मात्र सत्ताको स्वाद लिने अरुले प्रतिपक्षिको भूमिकामा रहनुपर्ने अवस्था विष्फोट हुनै लागेको छ । पार्टीका वरिष्ठ नेता झलनाथ खनाल , माधवकुमार नेपाल मात्र होइन भीम रावल , नारायणकाजी श्रेष्ठदेखि वामदेव गौतमसम्मको हुर्मत लिने काम भइरहेको छ । जसले गर्दा नेताहरु उपयुक्त दाउ पर्खिरहेका छन् ।
पार्टी एकता भएको वर्ष दिन वितिसक्दासमेत पोलिटव्यूरो बन्न सकेको छैन । तल्लो तहसम्म एकता हुने कुरा त महाभारत भइरहेको छ । गाउँ तहको अवस्था हेर्ने हो भने एमाले र माओवादीको धङ्धङी कायमै छ । एकले अर्कालाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहार पुरानै छ । तन मिलेको भनिए पनि मन मिलेको आभाष छैन । जवर्जस्ती जोड्न खोजेको प्रतीत हुन्छ । यस्तो खाले एकताले पार्टी जीवनमा कस्तो रक्तसञ्चार गराउला ? नेकपा नेतृत्व नै अन्योलमा छ । त्यसैले पार्टी र सरकार आफूखुसी हिंड्ने अभियानमा देखिन्छ । असन्तुष्ट नेताहरुले बाहिर सार्वजनिक रुपमा व्यक्त गर्ने गरेका कतिपय धारणा खतरनाक लाग्छ ।
विस्तारै पार्टी कब्जा गर्ने अभियानमा तल्लिन भएको ओली गुट अहिले प्रचण्डको साथ लिने दाउमा देखिन्छ । तर प्रचण्ड आफैं यस्तै तिकडम गरेर आजको अवस्थामा आएकाले ओलीलाई सजिलै काँध थाप्ने अवस्थामा पनि छैनन् । यसबाट त्रसित संस्थापन इतर समूह भने ओली र प्रचण्ड विरुद्धको मोर्चाबन्दीमा बलियो ढंगले अघि बढिरहेको छ । त्यो अभियानमा ओलीका पुराना सारथी रक्षामन्त्री ईश्वर पोखरेलसमेत सामेल भएको देखिन्छ ।
उनको पछिल्लो गतिविधि र अभिव्यक्तिले अनिष्टको संकेत गरिरहेको छ । मोर्चाबन्दी कसिलो बन्यो भने प्रचण्डको साथ पनि ओलीले गुमाउने अवस्था आउने छ । यसका लागि अबको केही समय ज्यादै महत्वपूर्ण हुने अनुमान गरिएको छ । त्यसलाई संकेतका रुपमा माधवकुमार नेपालले हिजो बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा व्यक्त गरेका छन् ।
वरिष्ठ नेता नेपालले सो कार्यक्रममा स्पष्ट रुपमै ओलीमाथि चर्काे प्रहार गरे । उनले ओलीको कार्यशैलीको आलोचना गर्दै जनताबीच पार्टीको साख निचो पार्न लागिपरेको आरोप समेत लगाए । प्रम ओली हरेक मञ्चमा बोल्दा जनभावना अनुरुप काम गरिरहेको भन्ने तर जनताको पक्षमा माखो नमार्ने प्रवृत्ति रहेको खुलेर बताए । काम भन्दा बढी गफ गर्नाले जनताको विश्वास विस्तारै गुमेको उनको ठम्याई थियो ।
सार्वजनिक मञ्चहरुमा असन्तुष्ट नेताहरुले व्यक्त गर्ने धारणाले नेकपा भित्र ठूलै भुइँचालो जाने संभावनाको संकेत गरेको छ । ओलीले पार्टीभित्र राम्रो व्यवस्थापन गर्ने सक्ने अवस्था छैन । त्यसैले कुनैपनि बेला भुसको आगो सतहमा देखिन सक्छ । जनभावना विपरित प्रेस स्वतन्त्रता विरोधी कानून बनाउन लागेको कुरा समेत पार्टीभित्र चर्चा हुन थालिसकेको छ । ओलीले एकपक्षीय रुपमा प्रेस बिरोधी कानून ल्याउन खोजेको भन्दै योगेश भट्टराई लगायतका युवा नेताहरुले असन्तुष्टि जनाइसकेको अवस्था छ । त्यसैले अब ओली सरकार विस्तारै पतनको दिशाउन्मुख रहेको स्पष्ट भएको छ ।
यस्तै , नेकपाले गएको आम चुनावमा दुई तिहाईको जनमत नपाएको केवल ५५ प्रतिशतमात्र मत पाएकाले धेरै नमात्तिन सचेत गराए । अर्काे बुँदा उनले पार्टी विधि र पद्धतिमा नचलेको गुनासो गरेका छन् । ओली र प्रचण्डको निर्णय लाद्ने प्रवृत्तिको पनि आलोचना गरेका छन् । साथै उनले पार्टी नेता कार्यकर्ता अध्ययन नै नगरी जथाभावी बोल्ने भएकाले ठूलो समस्या आएको आरोप लगाए । यो आरोप स्वयं ओलीप्रति लक्षित थियो ।
सार्वजनिक मञ्चहरुमा असन्तुष्ट नेताहरुले व्यक्त गर्ने धारणाले नेकपा भित्र ठूलै भुइँचालो जाने संभावनाको संकेत गरेको छ । ओलीले पार्टीभित्र राम्रो व्यवस्थापन गर्ने सक्ने अवस्था छैन । त्यसैले कुनैपनि बेला भुसको आगो सतहमा देखिन सक्छ ।
जनभावना विपरित प्रेस स्वतन्त्रता विरोधी कानून बनाउन लागेको कुरा समेत पार्टीभित्र चर्चा हुन थालिसकेको छ । ओलीले एकपक्षीय रुपमा प्रेस बिरोधी कानून ल्याउन खोजेको भन्दै योगेश भट्टराई लगायतका युवा नेताहरुले असन्तुष्टि जनाइसकेको अवस्था छ । त्यसैले अब ओली सरकार विस्तारै पतनको दिशाउन्मुख रहेको स्पष्ट भएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार