भारतमा लोकसभा चुनाव अन्तर्गत अन्तिम चरणको मतदान आज
इन्द्र रिजाल
जेठ ५, २०७६ आइतबार १४:५३:३४
एजेन्सी । भारतमा लोकसभा चुनाव अन्तर्गत सातौँ तथा अन्तिम चरणको मतदान आइतबार सुरु भएको छ । यो चरणमा उत्तर प्रदेश, बिहार, पश्चिम बंगालसहित सात राज्य र केन्द्र शासित राज्यका ५९ सिटका लागि मतदान हुँदैछ ।
सातौँ चरण अन्तर्गत उत्तर प्रदेश र पञ्जाबका १३, विहार र मध्यप्रदेशका ८–८, पश्चिम बंगालका ९, हिमाञ्चल प्रदेशका ४, झारखण्डका ३ र केन्द्र शासित चण्डीगढको १ सिटमा मतदान हुन लागेको हो । आइतबारको मतदानमा लगभग १० करोड मतदाताले ९०९ उमेदवारको भाग्य फैसला गर्नेछन् ।
यो चरणमा सबैभन्दा बढी वाराणसीको चुनावलाई महत्वपूर्ण मानिएको छ । वाराणसीमा प्रधानमन्त्री नरेन्द्र मोदी बीजेपीका तर्फबाट उम्मेदवार छन् । मोदीको सामना सपाका शालिनी यादव र कांग्रेसका अजय रायले गर्नेछन् ।
यसैगरी उत्तर प्रदेशको गाजीपुर लोकसभा सिटमा केन्द्रीय मन्त्री मनोज सिन्हा चुनावी मैदानमा छन् । उनको सामना गठबन्धनका उम्मेदवार अफजाल अन्सारीले गरिरहेका छन् ।
भारतमा यसअघि ६ चरणका चुनाव भइसकेका छन् । मतपरिणाम मे २३ मा एकै पटक आउने बताइएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार