अस्ट्रेलियामा फ्लुको महामारी, यस वर्ष मात्रै ४२ जनाले मृत्यु !
इन्द्र रिजाल
जेठ ५, २०७६ आइतबार १८:४३:५९
अस्ट्रेलिया । अस्ट्रेलियामा फ्लुका कारण यस वर्ष मात्रै ४२ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा अधिकांश वृद्धवृद्धा छन् ।
ज्यान गुमाउनेमध्ये अधिकांश क्विन्सल्यान्ड र दक्षिणी अस्ट्रेलियाका छन् । हालै सार्वजनिक तथ्यांकअनुसार क्विन्सल्यान्डमा २५ जनाले ज्यान गुमाइसकेका छन् भने दक्षिण अस्ट्रेलियामा १७ को मृत्यु भएको हो ।
ती मध्ये १३ वृद्धवृद्धा छन् । अस्ट्रेलियामा ६ राज्य र दुई टेरिटोरी छन् । अन्य स्थानको तथ्यांक सार्वजनिक नभइसकेकाले मृतकहरूको संख्या अझ बढ्न सक्ने जनाइएको छ ।
दक्षिण अस्ट्रेलियामा फ्लुले मृत्यु हुने वृद्धवृद्धाको संख्या बढेपछि उनीहरू बस्ने नर्सिङ होम अस्थायी रूपमा बन्द गरिएको छ । प्रमुख स्वास्थ्य अधिकृत प्रोफेसर प्याडी फिलिप्सले वर्षको सुरुवातदेखि हालसम्म ५३ नर्सिङ होममा रोग पहिचान भएको जनाए । उनका अनुसार १८ नर्सिङ होम अस्थायी रूपमा बन्द गरिएको छ ।
अस्ट्रेलियामा फ्लुका कारण करिब ४० हजार बिरामी भएका जनाइएको छ । क्विन्सल्यान्ड हेल्थद्वारा सार्वजनिक तथ्यांकअनुसार फ्लुकै कारण हालसम्म १० हजार बिरामीमध्ये ८ सयभन्दा बढी अस्पतालमा भर्ना भइसकेका छन् । तीमध्ये दर्जनौं बालबालिका छन् ।
क्विन्सल्यान्डका प्रमुख स्वास्थ्य अधिकृत डा. जेनेट योङले सबै नागरिकलाई यथाशक्य फ्लुको खोप लगाउन आग्रह गरेकी छन् । उनले फ्लु सामान्य रुघाखोकी नभईगम्भीर प्रकारको भएकाले यसबाट बच्न खोप लगाउनु अत्यावश्यक भएको बताइन् ।
न्यु साउथवेल्स, पश्चिम अस्ट्रेलियालगायतका राज्यमा समेत फ्लुका कारण दर्जनौं बिरामी परेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । हरेक वर्ष मौसमी फ्लुका कारण अस्ट्रेलियामा दर्जनौं नागरिकले ज्यान गुमाउने गरेका छन् ।
अस्ट्रेलिया सरकारले फ्लुबाट बच्ने खोपमा समेत नागरिकलाई सहुलियत दिने गरेको छ । कतिपय रोजगारदाताले समेत आफ्ना कर्मचारीलाई निःशुल्क खोप दिलाउने गरेका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार