आईसीसी विश्वकप क्रिकेट : स्टोक्स चम्किदाँ इंग्ल्याण्डको विजयी सुरुवात
इन्द्र रिजाल
जेठ १७, २०७६ शुक्रबार १२:५४:२५
एजेन्सी । आयोजक इंग्ल्याण्डले १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ । बिहिबार भएको उद्घाटन खेलमा दक्षिण अफ्रीकालाई १०४ रनले पराजित गर्दै इंग्ल्याण्डले सुखद सुरुवात गरेको हो ।
द ओभल मैदानमा इंग्ल्याण्डले दिएको ३ सय १२ रनको फराकिलो लक्ष्य पछाएको दक्षिण अफ्रीका ३९ ओभर ५ बलमा अलआउट हुँदै २०७ रनमा समेटियो ।
दक्षिण अफ्रीकाका लागि क्विनटन डी कक र भान डेर डुसेनले अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । उसका डी ककले ६८ रन जोड्दा डुसेनले ५० रनको योगदान गरे ।
यस्तै एडिले लक्कीले २४ तथा हसिम अमलाले १३ रन जोडे । अन्य ब्याट्सम्यानले उलेख्य रन जोड्न सकेनन् । इंग्ल्याण्डका जोफ्रा आर्चरले ३ विकेट लिए । यस्तै लियाम पुल्न्केट र बेन स्टोक्सले २र२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली इंग्ल्याण्डले ५० ओभरमा ८ विकेट गुमाउंदै ३ सय ११ रन बनाएको थियो ।
इंग्ल्याण्डको उच्च स्कोरमा ४ खेलाडीले अर्धशतक बनाए । ओपनर जोन्नी बेस्ट्रो खेलको दोस्रो बलमा गोल्डेन डक आउट भएपनी जासन रोय र जोय रुटले अर्धशतकीय इनिङ्स खेल्दै इंग्ल्याण्डलाई उत्कृष्ट सुरुवात दिलाएका थिए ।
दोस्रो विकेटको रुपमा आउट भएका रोयले ५४ रनको इनिङ्स खेल्दा रुटले ५१ रन बनाए । यस्तै अलराउण्डर बेन स्टोक्सले ९ चौका प्रहार गर्दै ८९ रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान इयान मोर्गनले ३ छक्का र ४ चौकाको मद्दतले ५७ रन बनाए ।
त्यस्तै जोस बट्लर १८, क्रिस वोक्स १३, मोइन अली ३, लाइम प्लङकेटले ९ रन बनाउँदा जोफ्रा आर्चरले ७ रनको योगदान गरे ।
दक्षिण अफ्रीकाका लुंगी नेग्दीले ३ विकेट हात पारे । यस्तै इमरान ताहिर र कागीसो राबाडाले समान २र२ विकेट हात पारे । इंग्ल्याण्डको जितमा उत्कृष्ट प्रदर्शन गरेका बेन स्टोक्स प्लेयर अफ दि म्याच बने ।
जितसंगै इंग्ल्याण्डले पहिलो खेलबाट महत्वपूर्ण २ अंक जोडेको छ । दक्षिण अफ्रीकाले भने हारबाट विश्वकपको सुरुवात गरेको छ । प्रतियोगिता अन्तर्गत शुक्रबार वेष्ट इण्डिज र पाकिस्तानबीच खेल हुनेछ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपएनपीएलको उद्घाटन खेलमा जनकपुरले टस जित्यो
मंसिर १५, २०८१ शनिबार
नेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार
यु–१९ एसिया कपः श्रीलङ्काले दियो नेपाललाई दुई सय ३४ रनको लक्ष्य
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
एनपीएलको उद्घाटन खेलमा जनकपुरले टस जित्यो
मंसिर १५, २०८१ शनिबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार