वालिङ महोत्सवको नाफा जम्मा ३३ लाख ?
इन्द्र रिजाल
असार २०, २०७६ शनिबार १:५४:१९
स्याङ्जा । गत बर्षको माघमा गरिएको सातौ वालिङ महोत्सवको आयव्याय सार्वजनिक भएको छ । करिब ६ महिनापछि गरिएको महोत्सवबाट ३३ लाख ९५ हजार १ सय ६९ रुपैया नाफा भएको आयव्यय विवरण पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।
महोत्सव सकिएको एक महिना भित्रमा आयव्यय सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको वाणिज्य संघले बल्ल सार्वजनिक गर्ने मौका पाएको छ । आन्तरिक राजस्व कार्यालय, प्रायोजकहरुबाट पाउनु पर्ने रकममा ढिलाई र केही आयोजकले रकम फछ्र्यौटमा ढिलाई गरेका कारण आयव्यय विवरण सार्वजनिक गर्न ढिलाई हुन पुगेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
महोत्सव शुरु हुनुभन्दा अगावै आयोजकले २ करोड १० लाख आम्दानी र १ करोड ५० लाख ५१ हजार खर्च भई ६० लाख वचत गर्ने अनुमानित बजेटसहित लक्ष्य राखेको थियो । तर आयोजकले वचतमा अनुमानित गरे भन्दा ४५ प्रतिशत कम नाफा गर्न सफल भएको देखाएको छ ।
माघ १७ गते देखि २८ गते सम्म संचालन भएको सातौ महोत्सवमा १ करोड ७९ लाख ९५ हजार ८ सय ७ आम्दानी भएको छ भने १ करोड ४६ लाख ६ सय ३८ रकम खर्च भएको छ । जसबाट ३३ लाख ९५ लाख १ सय ६९ रुपैया वचत भएको पत्रकार सम्मेलनमा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले जानकारी दिए । महोत्सव शुरु हुनुभन्दा अगावै आयोजकले २ करोड १० लाख आम्दानी र १ करोड ५० लाख ५१ हजार खर्च भई ६० लाख वचत गर्ने अनुमानित बजेटसहित लक्ष्य राखेको थियो । तर आयोजकले वचतमा अनुमानित गरे भन्दा ४५ प्रतिशत कम नाफा गर्न सफल भएको देखाएको छ ।
महोत्सवमा भएको खर्चमा सबै भन्दा बढी खर्च कलाकार व्यवस्थापनमा भएको देखाएको छ । १५ लाख अनुमान गरेको आयोजकले झण्डै १० लाख भन्दा बढी कलाकार व्यवस्थापनमा खर्च भएको छ । त्यस्तै प्रचार प्रसारमा ६ लाख अनुमान गरेकोमा दुई तिहाई खर्च भएको देखाएको छ । अतिथि सत्कार, खाजानास्ता, आँधीखोलामा निर्माण गरिएको जलासय कृतिम ताल, लगायतका अधिकांश विषयमा आयोजकले अनुमान गरेको भन्दा बढी खर्च भएका कारण आयोजकले लक्ष्य अनुसारको रकम बचाउन नसकेको आयोजकले स्विकारेको छ । आयोजकमा वित्तिय अनुशासन नहुदाँ खर्च बढेको हुनसक्ने अनुमान सरोकारवालाहरुको रहेको छ ।
आयव्यय सार्वजनिक कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रिय सदस्य चोपनारायण श्रेष्ठले संघले महोत्सव आयोजना गरेर वालिङको सामाजिक, आर्थिक, पर्यटन र कृषिको प्रचारप्रसारमा ठुलो टेवा पुगेको बताए । आगामी दिनहरुमा पनि यस्ता खालका महोत्सवले वालिङको मुहार फेरिनेमा आफु विश्वस्त रहेको बताए ।
कार्यक्रममा पुर्व अध्यक्ष ले.यामबहादुर गुरुङ, कर्णबहादुर गुरुङ, उपाध्यक्ष गिरमान गुरुङ्, कोषाध्यक्ष तारा श्रेष्ठ र महासचिव केशरबहादुर खाँण(ध्रुव) लगायतका बक्ताहरुले हरेक महोत्सवले नयाँ नयाँ सिकाउने हुँदा सिक्दै जाने र सुधार्दै जाने प्रतिवद्धता व्यक्त गरेका थिए ।
पत्रकार सम्मेलनमा अध्यक्ष पौडेलले पत्रकारहरुले उठाएको जिज्ञासालाई मेटाएका थिए । संघले सार्वजनिक गरेको आयव्ययले आगामी आठौ महोत्सवलाई चुनौती थपिदिएको पत्रकारहरुले सुझाव दिएका थिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनिर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च
माघ ८, २०८१ मंगलबार
मेची भन्सारबाट २ अर्ब ९५ करोड बराबरको चिया निर्यात
माघ ८, २०८१ मंगलबार
मुलुकको अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख हुँदै गएको छः अर्थमन्त्री पौडेल
माघ ६, २०८१ आइतबार
वसन्तपुरमा वसन्त श्रवण गर्दै राष्ट्रपति पौडेल (तस्बिरहरू)
माघ २१, २०८१ सोमबार
नारायणघाट बुटवल सडक विस्तारले गति लिँदै
माघ २१, २०८१ सोमबार
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
माघ २१, २०८१ सोमबार
जसपा नेपालको बैठक आज पनि जारी रहने
माघ २१, २०८१ सोमबार
६ महिनामा वैदेशिक अध्ययनमा बाहिरियो ५६ अर्ब ८३ करोड
माघ २१, २०८१ सोमबार