पाठ्यक्रममा आधारित महिनावारी शिक्षासम्बन्धी सन्दर्भ सामग्री तयार
नेपालबहस संवाददाता
असार ७, २०७९ मंगलबार १८:१:४०
७ असार, काठमाडौं । नेपाल सरकार, पाठ्यक्रम विकास केन्द्रको पाठ्यक्रममा आधारित महिनावारी स्वच्छता व्यवस्थापनसम्बन्धी कक्षा ४ देखि १२ सम्मको सन्दर्भ सामग्री तयार भएको छ ।
राष्ट्रिय महिनावारी संजालसँगको सहकार्य र जिआइजेडको सहयोगमा ग्लोबल एक्सन नेपाल (ज्ञान)ले प्रकाशन गरेको सो सामग्री आज राष्ट्रिय योजना आयोगका सदस्य सलोनी सिंहलगायतको उपस्थितिमा सार्वजनिक भएको छ ।
आयोगका सदस्य सिंहले कार्यमूलक र तथ्यपरक अनुसन्धानमा आधारित भई परम्परागत एकोहोरोपनालाई अन्त्य गर्ने गरी भएका यस्ता प्रयास आवश्यक भएको बताउँदै ती सामग्री समाजमा परिवर्तनको प्रतीकका रूपमा रहने विश्वास व्यक्त गरे । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव रमा अर्यालले पाठ्यक्रम पद्धतिमा उक्त सामग्री नयाँ इँटा सावित हुने जनाए ।
संजालका अध्यक्ष गुणराज श्रेष्ठले महिनावारी शिक्षाको बुझाइले किशोरीहरु स्वास्थ्य र शिक्षाका लागि सहजता ल्याउने बताए । प्रकाशित सामग्रीलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रको समन्वयमा मुलुकका सबै विद्यालयमा परीक्षण गराउने लक्ष्य लिइएको ज्ञानका निर्देशक बाबुकाजी श्रेष्ठले बताए । सो संस्थाले उक्त सामग्रीको शिक्षण सहयोगी सन्दर्भ सामग्री (शिक्षक निर्देशिका) पनि प्रकाशन गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्यालय शिक्षा ऐन जारी गर्न मागगर्दै नेपाल शिक्षक महासंघले गर्यो आन्दोलन घोषणा
माघ १७, २०८१ बिहिबार
अध्ययन स्कुलमा विद्यालयस्तरीय ह्याकाथन प्रतियोगिता सुरू
माघ १७, २०८१ बिहिबार
सरुवा मापदण्ड कार्यान्वयनमा आईजीपी निरिह !
नेपालबहस संवाददाता
माघ १९, २०८१ शनिबार
डीएसपीबाट बढुवा भएका ३७ जना एसपीको पदस्थापन
नेपालबहस संवाददाता
माघ २१, २०८१ सोमबार
बरूण धवनकी भान्जी सलमानसँग सिकिन्दरमा देखिँदै
माघ २२, २०८१ मंगलबार
जीवन विकास लघुवित्तले १५.५७ प्रतिशत नाफा कमायो
माघ २२, २०८१ मंगलबार
युरिक एसिड घटाउने हो भने रोटीमा यी चीज मिसाउनुहोस्
माघ २२, २०८१ मंगलबार
उर्लाबारीका आईफोन रिटेलर कार्कीको पसलबाट तीन करोड बढीको मोबाइल चोरी
माघ २२, २०८१ मंगलबार
९२ करोड बिगो मागिएको एमडीएमएस खरिदमा भएको भ्रष्टाचार प्रकरणको आज फैसला हुनसक्ने
माघ २२, २०८१ मंगलबार