नेपालद्वारा ताजकिस्तान पराजित
नेपालबहस संवाददाता
भदौ २४, २०७६ मंगलबार २१:३०:५५
२४ भदौ, काठमाडौं । किर्गिस्तानमा जारी नादेज्दा कप महिला फुटबल प्रतियोगितामा नेपालले ताजकिस्तानलाई पराजित गर्दै प्रतियोगिताको उपाधि नजिक पुगेको छ । किर्गिस्तानको काराकोलस्थित केन्द्रीय रङ्गशालामा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले ताजकिस्तानलाई १–० गोलअन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।
नेपालको जितमा सावित्रा भण्डारीले गोल गरिन् । उनले खेलको ८६ औँ मिनेटमा गरेको एक गोल नै नेपालको लागि निर्णायक गोल सावित भयो । गीता रानाले प्रहार गरेको फ्रिकिक बललाई सदुपयोग गर्दै सावित्राले हेड गोल गरिन् । अब नेपालले उपाधिका लागि यही भदौ २६ गते हुने फाइनल खेलमा उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।
नादेज्दा कपमा नेपालसँगै किर्गिस्तान, उज्वेकिस्तान र ताजकिस्तान सहभागी छन् । जसमा आयोजक किर्गिस्तान र ताजकिस्तान प्रतियोगिताबाट बाहिरिएका छन् । नेपालले यसअघि खेलेको पहिलो खेलमा आयोजक किर्गिस्तानलाई ८–२ गोलअन्तरले हराएको थियो भने दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग २–० गोलअन्तरले पराजित भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएलको पहिलो संस्करण आजबाट सुरू, उद्घाटन खेलमा विराटनगर र जनकपुर खेल्दै
मंसिर १५, २०८१ शनिबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
एनपीएलको तयारी पूरा : क्यान
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
एनपीएलको उद्घाटन खेलमा जनकपुरले टस जित्यो
मंसिर १५, २०८१ शनिबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार