राष्ट्रपति र प्रमबाट महिला भलिबल टोलीलाई बधाई
नेपालबहस संवाददाता
कात्तिक २९, २०७६ शनिबार २:१३:७
२९ कार्तिक काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली राष्ट्रिय महिला भलिबल टोलीले एशियन सेन्ट्रल जोन भलिबल प्रतियोगितामा प्रथम स्थान प्राप्त गरी महिला भलिबलको अन्तरराष्ट्रिय उपाधि दिलाई राष्ट्रको गौरव र प्रतिष्ठा अभिवृद्धि गर्न सफल भएकोमा बधाई दिएकी छिन् ।
यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ट्विट गर्दै बङ्गलादेशको ढाकामा सम्पन्न प्रथम एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता बन्न सफल भएकामा नेपाली महिला भलिबल टोलीलाई बधाई दिएका छन्।
भलिवल खेलाडी
बंगलादेशको ढाकामा भएको एभीसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको नेपाली टिम शुक्रबार स्वदेश फर्किएको छ । प्रतियोगिताको कुनै पनि खेलमा पराजय नभोगी च्याम्पियन बन्न सफल नेपाली टिमलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवाल लगाएत भलिवल संघका पदाधिकारीहरुले त्रिभूवन अन्तराष्ट्रिय विमानथलमास्वागत गरेका थिए ।
खेलाडीलाई स्वागत गर्दै सदस्य सचिव सिलवालले नेपाली टिमका सबै सदस्यलाई पुरस्कार स्वरुप तीन–तीन लाख रुपैयाँ दिने घोषणा गरे । खेलाडीलाई स्वागत गर्नका लागि पूर्व खेलकुद मन्त्री दलजित श्रीपाइली, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना, नेपाल भलिबल संघका पदाधिकारी तथा खेलप्रेमीहरु विमानस्थलमा पुगेका थिए ।
स्वदेश फर्केपछि राष्ट्रिय टिमका कप्तान अरुणा शाहीले जितले अवको दिनमा निकै राम्रो गर्नुपर्ने चूनौत थपिएको बताइन् । त्यस्तै नेपाल राष्ट्रिय महिला भलिबल टिमका मुख्य प्रशिक्षक जगदीश भट्टले जित्नै पर्ने मनस्थीतिले बंगलादेश गएका कारण जित हासिल गरेको बताए । उनले साग खेलमा पनि नेपालको खेल उत्कृष्ठ बनाउने बताए ।
२० वर्षे भलिबल इतिहासमा नेपाली महिला टोलीले प्राप्त गरेको यो पहिलो स्वर्ण पदक हो । प्रतियोगितामा नेपाली प्रतिभा माली सर्वोत्कृष्ट खेलाडी घोषित भएकी थिइन् । प्रतियोगिताकै उत्कृष्ट स्पाइकरको उपाधि पनि प्रतिभाले नै जितेकी थिइन् । यस्तै सलिना श्रेष्ठ उत्कृष्ट लिब्रो घोषित भएकी थिएन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
वर्षाले खेल रद्द भएसँगै गुजरात प्लेअफबाट बाहिरियो
जेठ १, २०८१ मंगलबार
ओलम्पिकमा छनौट भएका प्रिन्सको तयारी बारे घिसिङको चासो
बैशाख ३१, २०८१ सोमबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
सरकारको प्राथमिताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा भोलि सुनुवाइ हुने
जेठ १, २०८१ मंगलबार
कतारले भन्यो -'इजराइलको रफाह आक्रमणले हमास वार्तालाई ‘पछाडि’ धकेल्यो '
जेठ १, २०८१ मंगलबार
प्रदेश सरकारको आगामी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता स्वीकृत
जेठ १, २०८१ मंगलबार
सरकारको भनाइ एकातिर छ, गराइ अर्काेतिर : कांग्रेस
जेठ १, २०८१ मंगलबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार