षड्यन्त्रपूर्ण तबरले स्ववियू निर्वाचन स्थगित : महामन्त्री भट्टराई
नेपालबहस संवाददाता
फागुन ७, २०७६ बुधबार १६:३९:४३
७ फागुन, काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थागित गरिएकोमा नेपाली कांग्रेस निकटको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले आपत्ती जनाएको छ । त्रिभुवन विश्वविद्यालयले विद्यार्थी संगठनको सहमतिमा विशेष कारण देखाउदै अर्को निर्णय नभएसम्मका लागि स्ववियू निर्वाचन स्थगित गरेको थियो ।
नेपाल विद्यार्थी संघका महामन्त्री दीपक भट्टराईले सरकार र त्रिभुवन विश्वविद्यालयले षड्यन्त्रपूर्ण तबरले स्ववियू निर्वाचन स्थगित गरेको बताए । भट्टराईले विज्ञप्तीमार्फत त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका सम्बन्धमा विद्यार्थी संगठनसंग कुनै छलफल नै नगरि स्ववियू निर्वाचन स्थागित गरेको बताएका छन् । उनले सरकार र त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनकाे अस्तित्व समाप्त पार्ने अभियानमा लागेको आरोप लगाए ।
भट्टराईले विज्ञप्तीमा भनेका छन–‘नेपाली विद्यार्थी आन्दोलनकाे एउटा ऐतिहासिक उपलब्धी स्वतन्त्र विद्यार्थी युनियनकाे स्थापनामा नेपाल विद्यार्थी संघका अग्रजहरुको रगत र पसिना जोडिएकाले नेपाल विद्यार्थी संघ स्वतन्त्र विद्यार्थी युनियनको अस्तित्व जोगाउनका लागि जस्तोसुकै मुल्य चुकाउन तयार छ ।’
महामन्त्री भट्टराईले त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएमा आफ्नो मनलाग्दी रोकिने डरले स्ववियूको अस्तित्वमाथि धावा बोल्ने प्रयासमा लागेको बताए । उनले लोकतन्त्र र स्वतन्त्रताका मुल्यमान्यताहरुमाथि धावा बोल्दै आएको बर्तमान सरकार र त्रिभुवन विश्वविद्यालयको स्वार्थ मिलेका कारण विद्यार्थी संगठनलाई दोष दिएर स्ववियु निर्वाचन स्थगित गरिएको विज्ञप्तीमा उल्लेख गरेका छन् ।
उनले विज्ञप्तीमा भनेका छन् –‘विश्वविद्यालयको नेतृत्वलाई स्वतन्त्र विद्यार्थी युुनियनको निर्वाचन भए आफ्नो मनोपोली रोकिने डर र सरकारलाई स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदा प्रजातान्त्रिक अभ्यास भएर प्रजातन्त्र र लोकतन्त्रको बलियो संस्था बन्ने डरले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हठात रोक्न तयार भएका छन् । सरकार र त्रिभुवन विश्वविद्यालयको यो हर्कतका विरुद्धमा सम्पुर्ण लोकतन्त्रवादी विद्यार्थीहरुलाई गोलबन्द हुन समेत आग्रह गर्दछु ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिवि केन्द्रीय क्याम्पसको प्रिन्सिपलका लागि २ जनाको मात्र निवेदन
माघ १०, २०८१ बिहिबार
विश्वविद्यालयका अधिकार क्षेत्र र पाठ्यक्रम बनाउने विषयमा हस्तक्षेप नगर्ने सहमति
पुष २६, २०८१ शुक्रबार
कांग्रेसको अभिमुखीकरण कार्यक्रम सुरु
माघ २१, २०८१ सोमबार
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
माघ २१, २०८१ सोमबार
काठमाडौंका विभिन्न स्थानमा आजदेखि आठ दिनसम्म विद्युत् अवरुद्ध हुने
माघ २१, २०८१ सोमबार
सरस्वतीको पूजाको अवसरमा विद्यालयमा विद्यार्थीहरूको पूजा आराधना [ फोटो फिचर ]
माघ २१, २०८१ सोमबार
गण्डकीमा चार अर्बभन्दा बढीको सुन्तला उत्पादन
माघ २१, २०८१ सोमबार