शेयर बजार महिलाको लागि निकै उपयुक्त क्षेत्र हो
आर्थिक संवाददाता
चैत ७, २०७६ शुक्रबार १७:१६:८
निजी विद्यालयमा व्यवस्थापकको रुपमा आफ्नो करियर सुरु गरेकी सोनम पाठक बुटवलका शेयर लगानीकर्तामाझ निकै प्रख्यात नाम हो । सानो उमेर भएपनि ठुलो सोचकासाथ अघि बढेकी पाठकलाई शेयर ब्रोकर व्यवसायमा आफुलाई चिनाउन धेरै समय लागेन । महिला नै भएको कारणले होला बुटवका महिला लगानीकर्ताहरुको उनी प्रति हेर्ने नजर नै निकै फरक छ । पाठकका अनुसार आफु महिला भएको कारणले गर्दा महिलाहरु आफ्नो ब्रोकर कार्यालयमा आउँन सहज मान्छन । रोचक कुरा त के छ भने ब्रोकर नम्बर ४१ बुटवल शाखामा सम्पूर्ण कर्मचारी महिला छन् । ब्रोकर नम्बर ४१ बुटवल शाखा प्रमुख सोनाम पाठकसँग नेपालबहस डटकमकी तुलसी बोहराले गरेको कुराकानी :
शेयर ब्रोकर व्यवसायमा प्रवेश गर्नु पछाडीको कारण के थियो ?
म पहिला एक निजी स्कुलमा व्यवस्थापकको काम गर्थें । यो मेरो पारिवारिक व्यवसाय थियो । स्कुल व्यवस्थापनको काम मेरो लागि नयाँ भएन । त्यसैले मैले केही नयाँ गरौं की भन्ने सोचेर बसेकाे समयमा बुटवलमा ब्रोकरको शाखा खुल्याे । त्यसै समय मैले ब्रोकर व्यवसायमा आवद्ध हुने निर्णय गरें । मनमा केही नयाँ गर्ने आँट थियो । त्यसैले यो पेशामा प्रवेश गरें।
बिहान नानी बाबुलाई स्कुल पुर्यापछि दोश्रो बजार खुल्छ त्यस्तै नानी बाबुलाई स्कुलबाट फिर्ता ल्याउने बेलामा दोश्रो बजारको समय सकिन्छ ।
कोबाट प्रेरित हुनु भयो, यो व्यवसायमा छिर्न ?
मलाई अलिअलि थाहा थियो कि नेपालको शेयर ब्रोकर व्यसायमा निकै थोरै संख्यामा महिला छन् । मैले सुनेको थिएँ, नेपालको पहिलो महिला ब्रोकर सुचिता खनाल दिदी हुनुहुन्थ्यो । दुःखको कुरा मलाई सुचिता दिदीसँग भेट्ने ठुलो रहर थियो तर पुरा भएन । त्यस्तै मैले काम गर्ने लिन्च स्टक मार्केटकी प्रबन्ध निर्देशक सरिता विष्ट दिदी पनि मेरो प्रेरणाको श्रोत हुनुहुन्छ ।
सुरुमा त निकै अप्ठेरो भयो होला नी त्यसो भए ?
हो, नयाँ काम थियो । निकै गाह्रो भयो तर पनि मलाई प्रधान कार्यालयबाट निकै साथ सहयोग मिल्यो जसले गर्दा मलाई त्यति ठुलो अप्ठेरो भएन । सानो उमेरको एउटा केटी मान्छेले केही नयाँ काम गर्दा सबैको साथ सहयोग पाएँ । त्यसैले आज यो स्थानमा छु । अप्ठेरो त सबै ठाउँमा हुन्छ नी, अब अप्ठेरो भयो भन्दैमा भाग्नु भएन न नी, फेरि भागेर कहाँ जाने ?
दुःख गरेर पढेको तर अन्तिममा आफु घरको चुलोमा सिमित हुँदा उहाँहरुलाई आफुले गरेको दुःख खेर गएको अनुभव हुन्छ । त्यसैले शेयर बजारमा प्रवेश गर्दा आफु कुनै क्षेत्रमा आवद्ध भएको अनुभव हुन्छ ।
महिलाहरुको लागि ब्रोकर अफिसमा जागिर गर्ने आकर्षण कत्तिकाे छ ?
मेरो शाखामा सम्पूर्ण कर्मचारीहरु महिला छन् । यो शाखा खुलेको दिनदेखि नै काम गर्दै आउनुभएका कर्मचारी पनि हुनुहुन्छ । अन्य जागिर जस्तो शेयर ब्रोकर व्यवसायको जागिरमा सरुवा हुँदैन । परिवार एकातिर अनि जागिर अर्को तिर सरुवा भयो भने अप्ठेरो हुन सक्छ । त्यसमाथि साना नानी हुने आमाको अन्यत्र सरुवा भयो भने उहाँलाई कति गाह्रो पर्छ ।
त्यस्तै अहिले यो पेशामा सेवा सुविधा पनि राम्रै छ । त्यसैले महिलाहरुको लागि ब्रोकर कार्यालयको जागिर दिन प्रतिदिन राम्रो हुने नै छ । नेपालको शेयर बजारले दिन प्रतिदिन फड्को मार्दै छ । पूँजी बजार विस्तारसँगै ब्रोकर कार्यालयको जागिरको चार्म पनि एउटा नयाँ उचाईमा पुग्ने मैले विश्वास गरेकी छु ।
महिलाहरुलाई दोश्रो बजार कतीको उपयुक्त हो ?
म त भन्छु जो महिला जागिर अथवा आफ्नो व्यापार व्यवसायमा हुनुहुँदैन र जो पूर्ण रुपमा गृहणी हुनुहुन्छ उहाँहरुको लागि शेयर बजार हिरा नै हो । बिहान नानी बाबुलाई स्कुल पुर्यापछि दोश्रो बजार खुल्छ त्यस्तै नानी बाबुलाई स्कुलबाट फिर्ता ल्याउने बेलामा दोश्रो बजारको समय सकिन्छ ।
दिन भर घरमा विदेशी सिरियल हेरेर समय खेर फाल्नुभन्दा बरु दोश्रो बजारमा आवद्ध हुँदा आफु कुनै क्षेत्रमा आवद्ध भएको जस्तो पनि हुने, अनि कुनै फलदायी काम गरको जस्तो अनुभव हुने ।
हाम्रो समाजमा धेरै पढे लेखेका नारीहरु विवाह पश्चातपनि पूर्ण रुपमा गृहणी भएका थुप्रै उदाहरणहरु छन् । दुःख गरेर पढेको तर अन्तिममा आफु घरको चुलोमा सिमित हुँदा उहाँहरुलाई आफुले गरेको दुःख खेर गएको अनुभव हुन्छ । त्यसैले शेयर बजारमा प्रवेश गर्दा आफु कुनै क्षेत्रमा आवद्ध भएको अनुभव हुन्छ । फेरि अर्को कुरा दोश्रो बजारमा लगानी गर्न धेरै पैसा चाहिने पनि होइन नी, थोरै आफुसँग भएको बचत लिएर दोश्रो बजारमा प्रवेश गर्न सकिन्छ । बिहान र बेलुकाको समय घरमा दिएर पनि लगानीकर्ता बन्न केही कुराले रोक्दैन ।
महिलाहरु र पुरुषहरुको लगानीमा फरक के पाउनु भएको छ ?
चाणक्यले भनेका छन् : पुरुष भन्दा महिलाको सहन सक्ने क्षमता बढी हुन्छ । मेरो अनुभवमा शेयर बजारले पनि त्यो कुरालाई प्रमाणित गर्छ । महिलाहरु बढी शहनशील हुन्छन् । महिलाहरु बजारमा त्यति ठुलो जोखिम लिएर शेयर बजारमा लगानी गर्दैन् । आफ्नो दक्ष अनुसार बजारमा खेल्छन । महिलाहरुले धेरै कर्जा लगेर शेयर बजारमा प्रवेश गर्दैनन् । जसले गर्दा बजार घट्दा ठुलो अप्ठेरो पर्दैन ।
राज्यले महिलाहरुको लागि केही विशेष व्यवस्था गरे हुन्थ्यो जस्तो लाग्छ ?
जग्गा कारोवारमा पुरुषको अनुपातमा महिलालाई छुट छ । त्यस्तै यदी महिलाहरुलाई पनि नेपाली पूँजी बजारमा कुनै माध्यमबाट छुट दिँदा राम्रो हुन्थ्यो कि जस्तो मेरो निजी विचार हो ।
हजुरको महत्वपूर्ण समयको लागि धन्यवाद !
हजुरहरुलाई पनि मेरो केही विचार राख्न दिनु भएकोमा धन्यवाद । र, नेपाल बहसलाई विशेष धन्यवाद ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनले ५ अर्ब ६० करोड अनुदान दिने,थप नगद सहयोग समेत गर्ने
मंसिर १८, २०८१ मंगलबार
संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुुपर्छ : सभामुख घिमिरे
असोज १, २०८१ मंगलबार
कृषिमा आधुनिकीकरण गर्न जरूरी छः सञ्चारमन्त्री
माघ २१, २०८१ सोमबार
गण्डकी प्रदेशको अधिवेशन सुरू हुँदै
माघ २१, २०८१ सोमबार
प्रेसर कुकुरमा झुक्किएर पनि नबनाउनुहोस् यी खानेकुरा
माघ २१, २०८१ सोमबार
स्वयम्भूस्थित सरस्वती मन्दिरमा अक्षरारम्भ: फोटोफिचर
माघ २१, २०८१ सोमबार
चन्द्रपुरनिगाहपुरमा खैरो हेरोइनसहित १ जना पक्राउ
माघ २१, २०८१ सोमबार