शहीद भीमदत्तका नाममा आदर्श बस्तीको काम शुरु
नेपालबहस संवाददाता
कात्तिक ७, २०७७ शुक्रबार १८:४०:३२
७ कात्तिक,डडेल्धुरा । अमरगढी नगरपालिका–२ स्थित शहीद भीमदत्त पन्तको कारीगाउँलाई आदर्श बस्तीका रुपमा विकास गर्न अमरगढी नगरपालिका अग्रसर भएको छ । नगरपालिकाले शहीद पन्त जन्मेको कारीगाउँलाई आदर्श बस्तीका रुपमा विकास गर्न काम शुुरु गरेको हो।
‘कि जोत हलो, कि त छोड थलो, यदि होइन भने अब छैन भलो’ भन्दै सशक्त रूपमा किसान आन्दोलन गरेका विद्रोही किसान नेता पन्तलाई तत्कालीन शासकले हत्या गरेका थिए । सशक्त रूपमा किसान र गरीव मजदुरको हितमा आवाज उठाएका पन्तको गाउँलाई आदर्श बस्तीका रूपमा विकास गर्ने कार्यको शुभारम्भ गरिएको नगरपालिकाका प्रमुख विश्वेश्रप्रसाद ओझाले बताए ।
स्थानीय तहमा निर्वाचित भएर आइसकेपछि नगर प्रमुख ओझाले भीमदत्त आदर्श बस्तीको अवधारणा अघि सार्नुभएको थियो । पन्तको गाउँलाई आदर्श बस्तीका रूपमा घोषणा गरिए पनि काम अगाडि बढ्न सकेको थिएन । आर्थिक स्रोतका अभावमा विगतमा उल्लेख्य प्रगति हुन नसके पनि अहिले संघीय सरकारको पर्यटन पूर्वाधार विकास आयोजनामार्फत रु ७२ लाख लागतमा उक्तकार्यको प्रारम्भ गरिएको नगरपालिकाका इञ्जिनीयर कवीन्द्र विष्टले बताए।
कारीगाउँ प्रवेशद्वार ६ वर्षदेखि निर्माणाधीन रहेको नगर उपप्रमुख संगीता भण्डारीले बताए। “यस बस्तीलाई आदर्श बस्ती बनाउने पहिलेकै योजना थियो तर केही आर्थिक तथा प्राविधिक समस्याका कारण शुरू भएको थिएन”, उनले भने , “सामन्ती संस्कारविरुद्ध आफ्नै घरबाट विद्रोह गर्ने व्यक्ति पन्तको जीर्ण बनेको घरलाई पुनःनिर्माण गर्ने काम शुरु गरेका छौँ ।” आदर्श बस्ती मात्रै नभएर पन्तले उठाएका विषयको सम्बोधन गर्नु पनि आफूहरूको दायित्व भएको उनको भनाइ छ । उहाँले पन्त जन्मिएको घरको पुनःनिर्माण, घरसम्म कच्ची सडक निर्माण र सिङ्गो गाउँमा बाटो निर्माण तथा घरमा सङ्ग्रहालय निर्माण भइरहेको जानकारी पनि दिए ।
कारीगाउँलाई आदर्श बस्तीका रुपमा विकास गर्ने कार्यक्रमअन्तर्गत भौतिक संरचन निर्माणको काम भइरहेको छ । भीमदत्त आदर्श बस्ती बनेमा पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने स्थानीयवासी प्रदीप पन्तले बताए । “डोटी घटाल रमणीय क्षेत्र हो, नजीकै घटाल थान, बूढी घटाल र डोटी घटालको मैदानलगायतका पर्यटकीय क्षेत्र छन्, यी क्षेत्रको प्रचारप्रसार पनि हुन्छ”, उनले भने, “स्थानीयवासीले पनि रोजगारी पाउँछन्, यस क्षेत्रको विकास हुन्छ ।”
को हुन् पन्त
नेपाली किसान आन्दोलनका शहीद पन्त कारीगाउँमा विसं १९८३ मङ्सिर १० गते जन्मिएका हुन् । भारत उत्तरप्रदेशको सिन्हाईबाट संस्कृत विषयमा विद्यालयसम्मको अध्ययन गरेका पन्तलाई गीता र माक्र्सवादको राम्रो ज्ञान थियो । यसले नै उहाँमा राजनीतिक चेतना बढायो । उनी सामन्ती संस्कारविरुद्ध आफ्नै घरबाट विद्रोह गर्ने व्यक्ति पनि थिए ।
पन्तले ‘ठालु खान्ना आलु, गरीब खान्ना बास्मती’ भन्ने नाराका साथ ‘तमसुक च्यात, भकारी फोड’ अभियान चलाएका थिए । पन्त नेपालको किसान आन्दोलनको गाथामा समेटिएको एउटा महत्वपूर्ण विद्रोही नाम हो ।‘जसको जोत, उसको पोत, किसान जिन्दावाद–जनताको राज जिन्दावाद’, ‘कि जोत हलो, कि त छोड थलो, यदि हैन भने अब छैन भलो’ भन्ने नाराका साथ उनले जोताहा किसानका पक्षमा वकालत गरेका थिए।
किसान योद्धा पन्तको विसं २०१० साउन १७ गते टाउको काटी हत्या गरिएको थियो । विसं २०७२ फागुन १९ गते मात्र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले औपचारिक रूपमा पन्तलाई शहीद घोषणा गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन जटिल
पुष २४, २०८१ बुधबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
टीकापुर क्षेत्रमा चिसो बढेपछि दाउरा वितरण
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार