आक्रमण विरोधमा भेरी अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित
नेपालबहस संवाददाता
जेठ १४, २०७८ शुक्रबार २०:३:४७
१४ जेठ,राँझा । नेपालगञ्जस्थित भेरी अस्पतालमा गएराति चिकित्सकलगायत माथि भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मी आन्दोलित भएका छन् ।
दाङका एक संक्रमितको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले काममा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए । उक्त घटनाले अस्पतालमा काम गर्ने सुरक्षा व्यवस्था नभएको भन्दै स्वास्थ्यकर्मी आन्दोलित भएका भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश थापाले जानकारी दिए । उनका अनुसार ज्यानै लिनेगरी भएको घटनामा दोषीले कडा कारबाही हुने कुराको आशङ्कामा स्वास्थ्यकर्मी सन्त्रासमा रहेका छन् । स्वास्थ्यकर्मी अस्पताल परिसरमा बाहिरै भेला भएर विरोध जनाएका छन् ।
नेपाल नर्सिङ संघ बाँकेकी अध्यक्ष लक्ष्मी केसी वलीले भेरी अस्पतालमा शृङ्खलाबद्ध रुपमा भएका आक्रमणका घटनाले काम गर्ने वातावरण नभएको जनाउँदै घटनामा संलग्न दोषीमाथि कारबाही गरी स्वास्थ्यकर्मीलाई शान्तिपूर्ण वातावरणमा निर्भिकताका साथ काम गर्ने वातावरण मिलाउन माग गरिन ।
दाङको तुलसीपुर उपमहानगरपालिका–११ उरहरी निवासी ५४ वर्षीय डिल्लीबहादुर रावतको उपचारका क्रममा गएराति मृत्यु भएपछि उनका भाइ मानबहादुर रावत र छोरा भरत रावतलगायत चार÷पाँच जनाको समूहले अस्पतालका चिकित्सक तथा नर्समाथि आक्रमण गरेको थियो ।
मृतकका आफन्तको आक्रमणबाट चिकित्सक दीपक गुप्ता, चन्द्रप्रकाश साहु, समा अन्सारी तथा स्टाफ नर्स आश्विन गुरुङ, सदीक्षा गैरे र बन्दना श्रेष्ठलाई चोट लागेको अस्पतालका प्रमुख डा थापाले बताए ।
चिकित्सक र नर्समाथि आक्रमण गर्ने मृतकका आफन्त, भाइ मानबहादुर, छोरा भरत र लोकराज रावतलाई गएराति नै प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखेको प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकपिलवस्तुमा राष्ट्रिय एकता अभियानको सम्मेलन सम्पन्न
बैशाख ३१, २०८१ सोमबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
बाँकेको कुसुममा झाडापाखालाबाट २९ बिरामी, सात जनाको अवस्था गम्भीर
बैशाख २९, २०८१ शनिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
बैशाख ३१, २०८१ सोमबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
सडक जाम नगरी संसद पुगे राष्ट्रपति पौडेल [ फोटोफिचर ]
जेठ १, २०८१ मंगलबार
संसदमा सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति
जेठ १, २०८१ मंगलबार
राष्ट्रिय सभा अध्यक्षलाई कांग्रेसले दियो बैठक अवरुद्ध हुने जानकारी
जेठ १, २०८१ मंगलबार
सरकारी बजेटः कुल १७ खर्ब ५१, खर्च १० खर्ब ५६ अर्ब
जेठ १, २०८१ मंगलबार
अब सर्वोच्चमा पनि अनलाइनबाटै रिट दर्ता गर्न मिल्ने
जेठ १, २०८१ मंगलबार