पृथ्वीचन्द्र अस्पतालको सेवालाई प्रभावकारी बनाउन निर्देशन
नेपालबहस संवाददाता
जेठ १४, २०७८ शुक्रबार २१:५३:२६
१४ जेठ,परासी । लुम्बिनी प्रदेशमा कोभिड सङ्कट व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भोजप्रसाद श्रेष्ठ जिल्लामा पुगेर स्वास्थ्यकर्मी तथा सरोकार पक्षहरुको हौसला बढाउँदै आएका छन् । उनले जिल्लाका सरोकार पक्षहरुसँग कोभिड नियन्त्रण र रोकथामका लागि भइरहेका प्रयासहरुलाई थप प्रभावकारी बनाउन र त्यसका लागि प्रदेश सरकारले गर्नुपर्ने सहयोग र समन्वयको विषयमा आवश्यक सुझाव लिएर कार्यान्वयन गर्दै आएका छन् ।
मन्त्री श्रेष्ठले आज नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को परासीस्थित पृथ्वीचन्द्र अस्प्तालको अनुगमन गर्दै सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन निर्देशन दिएका छन् । सङ्घीय सरकारले यस अस्पतालमा अक्सिजन प्लान्टका लागि रु डेढ करोड, एचडियु सेवा सञ्चालनका लागि रु एक करोड नौ लाख ७५ हजार, आईसीयु तथा अन्य उपकरणका लागि रु तीन करोड निकासा गरिसकेको छ । प्रदेश तथा स्थानीय तहले पनि नियमित रुपमा रकम पठाइरहेको भन्दै कार्यविधि अनुसार तत्काल खर्च गरी तोकिएका सेवा विस्तार गर्न उनले जोड दिएको मन्त्री श्रेष्ठका स्वकीय सचिव माधव सापकोटाले जानकारी दिए ।
।
अस्पतालको तर्फबाट अस्पतालको अवस्थाबारे जानकारी गराउँदै अस्पतालका अध्यक्ष जगदीश चौधरी, निमित्त मेसु डा मोहम्मद नुरुल होदाले तीनै तहबाट रकम प्राप्त भएपनि पूर्वाधार अभावले काम अघि बढाउन नसकिएको जानकारी गराएको अस्पतालका व्यवस्थापक सुरेन्द्र अधिकारीले बताए । पीसीआर मेसिनका सञ्चालनका लागि आवश्यक उपकरण तथा स्वास्थ्य सामग्रीको खरिद, एचडियु सेवा र अक्सिजन प्लान्ट जडानका लागि आवश्यक प्रक्रिया पुर्याएर भोलि नै विद्युतीय टेन्डर गर्न लागिएको अस्पतालका व्यवस्थापक अधिकारीले बताए । अस्पतालमा हाल दैनिक ११५ वटा अक्सिजन सिलिन्डर आलोपालो भरेर चलाइएकोले तत्काल अक्सिजनको अभाव नरहेको र कोभिडका बिरामी पनि घट्दै गएको उनले बताए ।
मन्त्री श्रेष्ठ आजै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र(डिसिएमसी)को बैठकमा समेत सहभागि भई प्रदेश सरकारबाट गर्नुपर्ने सहयोग र समन्वयमा स्थानीयको अपेक्षा लगायतको विषयमा जिल्लाका सरोकारवालासँग चासो राख्दै आवश्यक निर्देशन दिएको जिल्ला समन्वय समितिका प्रमुख शिवशङ्कर रायले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकपिलवस्तुमा राष्ट्रिय एकता अभियानको सम्मेलन सम्पन्न
बैशाख ३१, २०८१ सोमबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
बाँकेको कुसुममा झाडापाखालाबाट २९ बिरामी, सात जनाको अवस्था गम्भीर
बैशाख २९, २०८१ शनिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
सरकारको प्राथमिताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा भोलि सुनुवाइ हुने
जेठ १, २०८१ मंगलबार
कतारले भन्यो -'इजराइलको रफाह आक्रमणले हमास वार्तालाई ‘पछाडि’ धकेल्यो '
जेठ १, २०८१ मंगलबार
प्रदेश सरकारको आगामी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता स्वीकृत
जेठ १, २०८१ मंगलबार
सरकारको भनाइ एकातिर छ, गराइ अर्काेतिर : कांग्रेस
जेठ १, २०८१ मंगलबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार