निर्वाचन आयोगको फैसला खड्गप्रसाद एण्ड कम्पनीको नयाँ विधिशास्त्र: भट्टराई
नेपालबहस संवाददाता
जेठ ३१, २०७८ सोमबार १३:४७:४६
३१ जेठ, काठमाडौं । जनता समाजवादी दलको विवादमा निर्वाचन आयोगले हिजो गरेको फैसालालाई जसपा नेता बाबुराम भट्टराईले खड्गप्रसाद एण्ड कम्पनीको नयॅा विधिशास्त्र भएको भन्दै कटाक्ष गरेका छन् ।
राजनीतिक प्रभावका आधारमा आयोगले निर्वाचन आयोगले लोकतान्त्रिक विधि र प्रकृयाको खिल्ली उडाएको गराउने गरी निर्णय दिएको भन्दै पार्टीका नेताहरुले विरोध गरिरहदा नेता भटराईले निर्वाचन आयोगलाई खड्गप्रसाद एण्ड कम्पनी नरहेको बताउदै त्यसले नयाँ विधिशात्र बनाएको प्रतिक्रिया दिएका हुन ।
जसपा नेता भट्टराई सामाजिक संजालमा लेखेका छन्, खड्गप्रसाद एण्ड कम्पनीको नयॅा विधिशास्त्र: कसैले चोर्यो भने चोरी गर्नेको विरूद्ध मुद्दा हाल्नू ! चोरलाई पनि मैले चोरेको हैन,उल्टै मुद्दा हाल्ने (वादी)ले चोरेको हो भनेर प्रतिवाद गर्न लगाउनू।मुद्दा हेर्ने कार्यालयले दुवै वादी र प्रतिवादी चोर हुन्,मिलेर बस्नू भन्ने फैसला गर्नू! वाह!’
जसपा विवादमा हिजो आयोगले अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले एक-अर्को पक्षलाई गरेको कारबाहीको निर्णयअनुसार आयोगमा उक्त दलसम्बन्धी विवरण अद्यावधिक गर्न अस्वीकार गरेको थियो ।
दुवै पक्षले एक-अर्कालाई पार्टीबाट निष्कासनलगायतका कारबाही गरेको निर्णयअनुसार आयोगमा रहेको जसपाको विवरण अद्यावधिक गर्न कानुनअनुसार नमिल्ने निर्णय आयोगले दिएपछि नछुटन मिल्ने न नजुटन सक्ने अवस्थमा जसपा पुगेको छ ।
दुवै पक्षको मागदावी अस्वीकार आयोगले भनेको छ, ‘एकजना अध्यक्षबाट मात्र हस्ताक्षर भई आएको विषयलाई प्रमुख पदाधिकारीबाट जानकारी गराएको विषय हो भनी भन्न सकिएन । राजनीतिक दलसम्बन्धी ऐन अनुसार विवरण अद्यावधिक गरिदिन भनि जानकारी गराएको विषयलाई कानुन र दलको विधानसम्मत मान्न मिलेन ।’ जसपाका दुई अध्यक्षले पदाधिकारीसहितका नेतालाई निष्कासन गरेको विवरण अद्यावधिक गर्नका लागि अनुरोध गरेको निर्णय नै कानुन सम्मत नभएको आयोगको निर्णयमा लेखिएको छ ।
‘एकअर्का अध्यक्षलाई पार्टीका साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको कार्य र दलका पदाधिकारी हेरफेर वा फेरबदलसँग सम्बन्धितमात्र नभई एउटै दलका दुई अध्यक्षबीचको विवादको विषय बन्न जान्छ,’ आयोगको निर्णमा उल्लेख गरेको छ ।
आयोगको फैसलाले ठाकुर र महतो पक्षलाई रहात दिएको छ भने आफ्नो पक्षमा पूर्ण बुहमत हुँदाहँदै पनि आयोगले यस्तो फैसला दिएपछि यादव पक्ष चिडिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्रम्पले सत्ता सम्हाले लगतै अमेरिकामा टिकटक सेवा पुनः सञ्चालन
माघ ७, २०८१ सोमबार
अब महँगा फोनमा ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम नचल्ने
पुष ९, २०८१ मंगलबार
डीएसपीबाट बढुवा भएका ३७ जना एसपीको पदस्थापन
माघ २१, २०८१ सोमबार
राती एक्कासी कसरी आयो इन्टरनेटमा समस्या ?
माघ २०, २०८१ सोमबार
जसपाले केन्द्रीय कार्यकारिणी समितिमा १० जना थप्ने
माघ २१, २०८१ सोमबार
चीनको डिपसिकविरुद्ध मुद्दा हाल्ने ‘कुनै योजना छैन’: अल्टम्यान
माघ २१, २०८१ सोमबार
थाइल्याण्डले नेदरल्यान्डलाई १७ रनले हरायो
माघ २१, २०८१ सोमबार
केबलकार निर्माणविरुद्ध माइतीघरमा धर्ना: फोटोफिचर
माघ २१, २०८१ सोमबार