दोधारा–चाँदनीका बाढीपीडितलाई ८० बोरा चामल प्रदान
नेपालबहस संवाददाता
कात्तिक ८, २०७८ सोमबार २०:२:११
८ कार्तिक, महेन्द्रनगर । कञ्चनपुरको दोधारा–चाँदनीका बाढीपीडितका लागि राहतस्वरुप ८० बोरा चामल हस्तान्तरण गरिएको छ । केही दिनअघि आएको बाढीबाट विस्थापित भएका पीडितलाई यहाँको ‘साझा आवाज’ नामक अनलाइनको पहलमा उक्त राहत सामग्री दोधारा–चाँदनीका नगर प्रमुख वीरबहादुर सुनारलाई हस्तान्तरण गरिएको हो ।
दोधारा–चाँदनीमा आइतबार राति सम्पन्न डे–नाइट क्रिकेट प्रतियोगिताको मैत्रीपूर्ण खेल पत्रकार महासंघ र सुरक्षाकर्मीबीच भएको थियो । सोही अवसरमा साझा आवाज डटकमका सञ्चालक सुरेश भट्टले पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकमार्फत राहतस्वरुप चामल हस्तान्तरण गरिएको बताए ।
“मैत्रीपूर्ण क्रिकेट खेल्दै हामीले पीडितलाई सहयोग होस् भन्ने उद्देश्यले यहाँ सुरक्षाकर्मी, पत्रकार र व्यवसायी मिलेर सहयोग गरेका हौँ”, सञ्चालक भट्टले भने, “धेरै पीडितको घरमा अहिले छाक टार्नसमेत मुश्किलपर्ने अवस्था देखेपछि राहत दिन लाग्यौँ ।”
राहतका लागि सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐर, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपाने, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशवराज भट्ट, वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक अमर माझीलगायतले सहयोग गरेको भट्टले जानकारी दिए।
व्यवसायीका तर्फबाट कुमार श्रेष्ठ निर्माण सेवा, लालु ट्रेर्डस, राधिका हार्डवेयर, हेमन्त न्यौपाने, बिजिबीं इस्पोटर्स र माधव घिमिरेले पनि सहयोग गरेको सञ्चालक भट्टले बताए। राहत सामग्री बुझ्दै नगरप्रमुख सुनारले सहयोगी हातलाई धन्यवाद दिँदै तत्काल बाढीपीडितलाई उक्त सामग्री वितरण गर्ने बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन जटिल
पुष २४, २०८१ बुधबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
टीकापुर क्षेत्रमा चिसो बढेपछि दाउरा वितरण
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार