नेपाल राष्ट्र बैंकले करिब साढे ३ अर्ब मुद्दती निक्षेपमा लगानी गर्दै
नेपालबहस संवाददाता
चैत ११, २०७८ शुक्रबार २१:३५:३७
११ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले करिब साढे ३ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा राख्ने भएको छ। केन्द्रिय बैंकले पेन्सन तथा उपदान कोषमा रहेको साढे ३ अर्ब बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा राख्ने जनाएको छ।
केन्द्रिय बैंकले पेन्सन तथा उपदान कोषमा रहेको ३ अर्ब ४५ करोड रुपैँया मध्ये १ अर्ब ७२ करोड ५० लाख रुपैयाँ वाणिज्य बैंक,५१ करोड ७५ लाख रुपैयाँ विकास बैंक र २७ करोड ६० लाख रुपैयाँ फाइनान्स कम्पनीहरुमा लगानी गर्ने छ। यस्तै अन्य कोषमा रहेको १ अर्ब ९३ करोड २६ लाख रुपैयाँमध्ये वाणिज्य बैंकहरुमा १ अर्ब ५४ करोड ६२ लाख,विकास बैंकहरुमा २८ करोड ९८ लाख र फाइनान्स कम्पनीहरुमा ९ करोड ६६ लाख लगानी गर्ने छ।
केन्द्रिय बैंकले उक्त निक्षेप २०७९ बैशाख गतेदेखि २०८० बैशाखसम्मको लागि मुद्दतिमा राख्न लागेको हो। एक वर्ष अवधिको लागि राख्न लागेको उक्त निक्षेप लिन चाहाने बैंक तथा वित्तीय संस्थाहरुले चैत १५ गतेसम्ममा ब्याजदर प्रस्ताव गरी आवेदन पेश गरिसक्नुपर्ने छ।
यसरी राखिएको मुद्दती निक्षेपको ब्याज बैंक तथा वित्तीय संस्थाले मासिक रुपमा भुक्तानी गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ। बोलकबोलमा बढी ब्याज प्रस्ताव गर्ने बैंकमा केन्द्रिय बैंकले निक्षेप राख्नेछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यापार घाटा तीन खर्ब ५२ अर्ब ३७ करोड
मंसिर १५, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १५, २०८१ शनिबार
राष्ट्र बैंकले सार्वजनिक गर्यो मौद्रिक नीतिको पहिलो समीक्षा, नीतिगत दर र ब्याजदर करिडोर यथावत
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार