राष्ट्र बैंकले आन्तरिक ऋण उठाउने
नेपालबहस संवाददाता
चैत १४, २०७८ सोमबार १७:१४:२८
१४ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले २२ अर्ब १० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । केन्द्रीय बैंकले ट्रेजरी बिल जारी गरी आन्तरिक ऋण उठाउन लागेको हो । सो का लागि यहि चैत १५ गते राष्ट्र बैंकले २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिल जारी गर्नेछ । ट्रेजरी बिलको बोलकबोल भोलि चैत १४ हुनेछ ।
ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ । यो ट्रेजरी बिल २०७९ वैशाख १३ गते परिपक्व हुनेछ ।
यसैगरी ९१ दिनका लागि ९ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल केन्द्रीय बैंकले जारी गर्नेछ । यो ट्रेजरी बिल २०७९ असार १४ गते परिपक्व हुनेछ । त्यस्तै बैंकले १८२ दिनका लागि ३ अर्ब रुपैयाँ ट्रेजरी बिल जारी गर्दैछ । यो ट्रेजरी बिल २०७९ असोज ११ गते परिपक्व हुनेछ ।
राष्ट्र बैंकले ३६४ दिने ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ । यो ट्रेजरी बिल भने २०७९ चैत १४ गते परिपक्व हुनेछन् । यी ट्रेजरी बिलको सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यापार घाटा तीन खर्ब ५२ अर्ब ३७ करोड
मंसिर १५, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १५, २०८१ शनिबार
राष्ट्र बैंकले सार्वजनिक गर्यो मौद्रिक नीतिको पहिलो समीक्षा, नीतिगत दर र ब्याजदर करिडोर यथावत
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार