स्किल्ल वीक २०२२ को समापन समरोहमा ४ बिधामा नबिल स्किल्ल हिरोको घोषणा
नेपालबहस संवाददाता
चैत १४, २०७८ सोमबार १८:३१:४१
१४ चैत, काठमाडौं । स्किल वीक २०२२, तेस्रो संस्करण समापन समारोह आज आईतवार द सोल्टी होटेलमा आयोजित विशेष जमघटको बीच उद्यमीहरू, सरकारी कूटनीतिज्ञहरू, र १००+ इच्छुक उत्साहीहरुको उपस्थितिमा भब्यताका साथ समापन गरियो । कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री माननीय राजेन्द्र पाण्डेज्यु प्रमुख अतिथिको रुपमा उपस्थिति हुनुभएको थियो।
स्किल वीक एक हप्ते कार्यक्रम थियो जसमा बिभिन्न सिपमुलक तालिमहरु लगायत सिपयुक्त कार्यशाला, तालिम, केस स्टडी, लगायत मनोरन्जनलाई मध्य नजरमा राख्दै सिपलाई बिभिन्न आयामबाट प्रस्तुत गर्ने कोशीस गरिएको थियो । कलकारखाना, शैक्षिक संस्था एवम सरकारी निकायसँगको साझेदारीको लक्ष्य लिइ तिनै क्षेत्रबाट सिपमुलक रोजगारीका अवसर, बद्द्दोे सिप प्रतिको महत्व, ब्यापार, सेवा, आधुनिक प्रबिधी देखी लिएर कला तथा संस्कृति झल्किने किसिमले सिपको महत्व उजागर गर्ने लक्ष्यलिई स्किल वीक कार्यक्रम २१ मार्च देखी २९ मार्चसम्म सन्चालन भएको थियो ।
यस कार्यक्रममा ४ फरक सीप क्षेत्रहरू प्रदर्शन गरिएको थियो जसमा कला र संस्कृति, उद्दमशीलता,पर्यटन तथा आतीथ्य, बिज्ञान तथा प्रबिधी रहेका थिए । यसैबिच यिनै चार बिधामा चार अत्यन्त प्रेरणादायक ब्यक्तित्वहरुलाई नबिल स्किल हीरो अवार्ड २०२२ उपाधीबाट सम्मानित गरेको थियो । पहिलो स्तम्भ अर्थात् पर्यटन र आतिथ्यका लागि सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीका अध्यक्ष/एमडी लक्ष्मण न्यौपानेलाई सम्मान गरिएको थियो किनभने उहाँ पर्यटनको क्षेत्रमा प्रभावशाली ब्यक्तित्वका रुपमा चिनिनु भएको छ । त्यसैगरी कला र संस्कृतिको क्षेत्रमा गरेको समर्पणका लागि श्री किरण मानन्धरलाई पनि सम्मान गरिएको थियो ।
उहाँ विगत पाँच दशकदेखिनेपालमा समसामयिक कला क्षेत्रमा प्रख्यात हुनुहुन्छ । उद्यमशीलता विधामा लक्ष्मी वुड क्राफ्ट उद्योगका संस्थापक तथा उद्यमी श्री लक्ष्मी शर्मालाई उद्यमशीलताको क्षेत्रमा योगदान पु¥याएको भन्दै पुरस्कृत गरियो ।
विज्ञान र प्रविधि क्षेत्रका लागि, तिलगंगा आँखा संस्थानका संस्थापक र दृष्टिविज्ञ नेत्र रोग विशेषज्ञ सन्दुक रुइतलाई सानो चीरा मोतियाबिन्दुको शल्यक्रिया गरेर अफ्रिका र एसियाभरका १ लाख ८०,००० भन्दा बढी मानिसको आँखाको ज्योति पुनर्स्थापना गर्ने प्रयासको लागि सम्मानगरिएको थियो।
नबिल स्किल हिरो – सस्टेनेबल बैंकिङ अवार्ड सुयल बखरा फर्मबाट एकराजसुयललाई सम्मान गरिएको थियो ।सोही दिन समापन समरोहलाई लक्षित गरेर सी ई वो अनप्लग्ड २०२२ नामक भब्य कार्यक्रम सन्चालन गरिएको थियो जसमा ब्यापारका चुनौती, अवसर एवम प्रयोगात्मक शिक्षाको महत्व एवम नव आगन्तुक व्यापारका पारखीहरुलाई मार्ग्दिशा प्रदान गर्न २ प्यानेल छलफल सन्चालन गरिएको थियो ।
सीईओ अनप्लग्डको पहिलो प्यानल छलफल“Rethinking Strategies for Sustainable Growth Balancing Priorities” एवम दोस्रो प्यानलमा छलफल “Shaping the Future of Accelerated Skills Transformation” शीर्षकमा आयोजना गरिएको थियो। कार्यक्रमको बिचमा राष्ट्रिय केस स्टडी प्रतियोगिताको फाइनल प्रस्तुति पनी सम्पन्न गरिएको थियो।
यस कार्यक्रम नबिल बैंक सँगको साझेदारिमा सन्चालन भएको थियो । साथै रणनीतिक साझेदारका रूपमा वाग्मती प्रदेश, भारतीय राजदूतावास, दक्छयता, युरोपेली संघ, ब्रिटिस काउन्सिल नेपाल र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् CTEVT, FNCCI स्टार्टअप र इनोभेसन समिति ज्ञान साझेदारको रूपमा Ace Institute of Management इन्टरनेट साझेदारको रूपमा लूप नेटवर्क;आधिकारिक होटल साझेदारको रूपमा सोल्टी होटल; एयरलाइन्स साझेदारहरूको रूपमा टर्किस एयरलाइन्स र नेपाल एयरलाइन्स; साझेदारका रूपमा नेपाल टेलिकम, होन्डा, गोल्छा ग्रुप तथा माइक्रोसफ्ट; मनोरञ्जन साझेदारको रूपमा नेपाल आइस; र अन्य सहयोगीहरू राष्ट्रिय वाणिज्य बैंक, डिश होम गो, राष्ट्रिय र रिलायन्स लाइफ इन्स्योरेन्स, पिक न् ड्रप, तथा कोजी होम रहेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफोरजीमा गुणस्तरहीन सेवा दिएपछि दूरसञ्चार प्राधिकरणले एनसेललाई तिरायो ५० हजार जरिवाना
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
उद्योगमा जोडिएको लाइन काट्न नपाएपछि उद्योगीका घरतिर लागे कुलमान, आयोगसँग मागे अनुमति
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
एनपीएलको उद्घाटन खेलमा जनकपुरले टस जित्यो
मंसिर १५, २०८१ शनिबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार