स्याङ्जाको भीरकोटमा वडा स्तरीय शिक्षण सिकाइ सुधार तालिम सम्पन्न
नेपालबहस संवाददाता
जेठ ३१, २०७९ मंगलबार १८:१०:३४
३१ जेठ, स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिकामा आयोजित दुई दिने वडा स्तरीय शिक्षण सिकाइ सुधार तालिम सम्पन्न भएको छ । भीरकोट-३ बाँस्तारा देउरालीस्थित शहिद शुक्र माध्यामिक बिद्यालयमा सम्पन्न तालिम जेठ २७ देखि २९ सम्म सञ्चालन गरिएको थियो ।
भीरकोट नगरपालिकाको मुख्य प्रायोजन र अध्ययन फाउण्डेशन काठमाडौंको सहप्रायोजनमा सो तालिम सम्पन्न भएको हो । तालिमको समापन सहमारोहलाई सम्बोधन गर्दै कायक्रमका प्रमुख अतिथि भीरकोट नगरपालिका वडा नं ३ का अध्यक्ष केशरबहादुर खड्काले शिक्षण सिकाइमा यस्ता तालिमहरुको ठूलो महत्व रहेको बताए ।
उनले आगामी दिनमा पनि स्थानीय सरकारले स्थानीय स्तरको आवश्यकतालाई ध्यानमा राखेर बहुआयामिक क्षेत्रमा प्रभाव पार्ने खालका गोष्ठी र तालिमहरुको आयोजना गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा प्रमुख प्रशिक्षक शरणकुमार अर्यालले छोटो समयको तालिम पनि शिक्षण सिकाइका लागि महत्वपूर्ण हुने बताए ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्बर बहादुर मल्लको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा स्थानीय, विद्यालय शिक्षक, नेपाल मण्टेश्वरी एशोसिएसन काठमाडौंका कोषाध्यक्ष विष्णु आर्याल पोखरेल लगायतको उपस्थिति रहेको थियो भने तालिममा सात विद्यालयका ५५ जनाको सहभागिता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार