जाजरकोट अस्पतालमा औषधिको अभाव
नेपालबहस संवाददाता
भदौ ५, २०७९ आइतबार २०:१६:८
५ भदौ, जाजरकोट । निःशुल्क पाउनेदेखि बीमाबाट उपलब्ध हुने औषधि अभाव हुँदा जाजरकोट अस्पतालका बिरामी समस्यामा परेका छन् ।
दैनिक भारी मात्रामा बिरामी आउने उक्त अस्पतालमा जाँच गरेर औषधि किन्न आधा घण्टा टाढा जानुपर्ने बाध्यता छ । दुइ हप्ताअघिदेखि औषधि सकिएको भए पनि अस्पताल व्यवस्थापनले ध्यान नदिँदा आफूहरु मारमा परेको स्वास्थ्यकर्मीले बताए ।
दैनिक निःशुल्क र बीमा गरेबापत पाइने औषधि खोज्दै बिरामी आए पनि नहुँदा खाली पठाउनु परेको फार्मेसी शाखाले जनाएको छ ।मौसमी फ्लुदेखि अन्य रोगका बिरामीका कारण केही दिनदेखि अस्पताल भरिभराउ रहदै आएको छ । औषधि लिनका लागि बिरामीका आफन्त फार्मेसीमा आए पनि औषधि नहुँदा छैन भन्ने जवाफ दिनुपर्दा र उनीहरुको गाली खानुपर्दा आफूहरु हैरान भएको स्वास्थ्यकर्मीले बताए ।
स्वास्थ्य बीमा गरेको कागज देखाउँदा पनि औषधि नपाएर बाहिर गई औषधि खरिद गर्नुपरेको भेरी नगरपालिका– २ की रमिता कार्कीले गुनासो गरे । औषधि अभाव भए समयमै खरिद गर्नुपर्नेमा अहिलेसम्म के हेरेर बसेको होला उनले प्रश्न गरे । उक्त अस्पताल ५० शश्याको छ । यता स्वास्थ्य सेवा कार्यालयका प्रमुख नवराज कँडेलले आजै औषधि जाजरकोट पठाउन लागिएको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार