अछामका १० पालिकाको विविध खर्च तीन करोड
नेपालबहस संवाददाता
भदौ १५, २०७९ बुधबार २१:३:२४
♦ कल्पना बोहरा
१५ भदौं, अछाम । जिल्लाका १० वटा पालिकाले एक वर्षमा करिब तीन करोड रुपैयाँ विविध शीर्षकमा खर्च गरेका छन् । आर्थिक वर्ष ०७७/७८ मा अछामका १० वटा स्थानीय तहले वार्षिक दुई करोड ९९ लाख दुई हजार रुपैयाँ विविध शीर्षकमा खर्च गरेको महालेखा परीक्षकको कार्यालयको ५९औँ प्रतिवेदनमा उल्लेख छ ।
१० मध्ये सबैभन्दा बढी साँफेबगर नगरपालिका र सबैभन्दा कम पन्चदेवल विनायक नगरपालिकाले विविध शीर्षकमा खर्च गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । साँफेबगर नगरपालिकालिकाको ३७ लाख ३१ हजार र पन्चदेवल विनायक नगरपालिकाको १३ लाख ३३ हजार विविध शीर्षकमा खर्च भएको छ ।
रामारोशन गाउँपालिकाको ३५ लाख ९७ हजार, मंगलसेन नगरपालिकाको ३३ लाख ९० हजार, चौरपाटी गाउँपालिकाको ३० लाख, ढकारी गाउँपालिकाले २५ लाख १६ हजार विविध शीर्षकमा खर्च गरेका छन् । तुर्माखाँद गाउँपालिकाले २३ लाख ३१ हजार, मेल्लेख गाउँपालिकाले २० लाख ९६ हजार, वान्नीगढी जयगढ गाउँपालिकाले १६ लाख र कमलवजार नगरपालिकाले १३ लाख ३६ हजार रुपैया विविध शीर्षकमा खर्च गरेको महालेखा परीक्षकको कार्यालयको ५९औँ प्रतिवेदनमा उल्लेख गरिएको छ।
स्थानीय सरकार सञ्चालन ऐन, ०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान नगरी आन्तरिक आयको परिधिभित्र रहि औचित्यताको आधारमा विविध खर्च गर्नुपर्ने व्यवस्था छ। तर, स्थानीय तहले भने उक्त परिधिमा नरहेर खर्च गरेको महालेखा परीक्षक प्रतिवेदनमा भनिएको छ ।
विशिष्ट व्यक्तिको भ्रमणदेखि अतिथी सत्कार, प्रतिनिधि मण्डलको भ्रमण तथा स्वागत खर्च, खाना खर्च, विपद लगायत शीर्षकमा खर्च गरेको पाइएको छ । यसरी खर्च गर्ने शीर्षक नै नभएर भैपरीमा राखिने रकम भनेको पालिकाको प्रमुखको तजबिजमा खर्च गर्न सक्ने रकम हो । यो विविध खर्चको रकम आवश्यकता अनुसार सरकारले विभिन्न क्षेत्रमा रकमान्तर गर्ने गरेका छन् । स्थानीय तहलाई महालेखाले खर्चमा मितव्ययिता कायम गर्न सुझाव दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन जटिल
पुष २४, २०८१ बुधबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
टीकापुर क्षेत्रमा चिसो बढेपछि दाउरा वितरण
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
अमेरिकाको भर्जिनियामा कार हिउँमा चिप्लिदा २ नेपालीको मृत्यु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार