अल्जेरियाका राष्ट्रपतिद्धारा उम्मेदवारी दर्ता, देशव्यापी रुपमा विरोध
इन्द्र रिजाल
फागुन २०, २०७५ सोमबार १९:२७:३
काठमाडौं । अल्जेरियाका वृद्ध एवं अशक्त राष्ट्रपति अब्देलाजिज बतेफ्लिकाले एप्रिल महिनामा हुने चुनावमा आफू विजयी भएमा एक वर्षमा सत्ता त्याग्ने घोषणा गरेका छन् । राष्ट्रपति बतेफ्लिकाले पाँचौ कार्यकालका लागि आफ्नो उम्मेदवारी दर्ता गराएसंगै फेरि चुनावमा उठ्ने बताएका हुन् । उनको उम्मेदवारी दर्तासंगै देशव्यापी रुपमा विरोध भैइरहेको छ ।
उनले अहिले स्विट्जरल्याण्डमा आफ्नो स्वास्थ्य परीक्षण गराइरहेका छन् । उनको उम्मेदवारी दर्ता गरेपछि उनका प्रतिनिधिले उनको पत्र पढेर सुनाउँदै बतेफ्लिकाले प्रदर्शनकारीहरूको आवाज सुनेको बताए। उम्मेदारी दर्ता गराएपछि उनले आफ्नो अवको योजना राष्ट्रिय सम्मेलन, जनमत सङ्ग्रह र छिट्टै अर्को चुनाव गर्ने अल्जिरियाली जनतालाई लेखिएको पत्रमा उल्लेख छ । तर व्यापक सुधार गर्ने राष्ट्रपतिको प्रतिबद्धताले देशभर चर्किरहेको विरोध प्रदर्शन साम्य पार्ने कुनै सङ्केत दिएको छैन।
८२ वर्षीय बतेफ्लिकालाई सन् २०१३ मा स्ट्रोक भएको थियो। त्यसपछि उनी सार्वजनिक रूपमा देखिएका छैनन्। तर उनलाई चुनौती दिन चुनावी मैदानमा एक अवकास प्राप्त जनरल र एक धनाढ्य व्यापारीसहित छजना अघि सरिसकेका छन् । लेबर पार्टी र मुभमेन्ट अफ सोसाइटी फर पीस जस्ता विपक्षी दलहरूले चुनाव बहिष्कार गर्ने बताइसकेका छन्।अल्जेरियामा अहिलेको जस्तो विरोध प्रदर्शन सामान्य होइन। दश दिनअघि देखि सुरु प्रदर्शन साम्य भएको छैन। बरू चर्किने क्रम जारी छ।
अल्जेरियालीहरूको जनसङ्ख्या उल्लेखनीय रहेको फ्रान्समा पनि बतेफ्लिकाविरुद्ध प्रदर्शन भएका छन्। एक लाख भन्दा बढी मानिसको ज्यान गएको गृहयुद्ध अन्त्य गरेको श्रेय पाएका बतेफ्लिका सन् १९९९ मा सत्तामा आएका थिए।
सन् २०११को अरब वसन्त भनिने आन्दोलनको हावाले अल्जेरियालाई पनि छोएको थियो। त्यतिबेला त्यहाँ चर्को मूल्यवृद्धि र बेरोजगारीविरुद्ध प्रदर्शन भएका थिए। बतेफ्लिकाले त्यतिबेला प्रदर्शनकारीको मुख्य माग पूरा गरिदिएका थिए। उनलाई स्ट्रोक भएपछिको चुनावमा पनि उनी निर्वाचित भए। तर अहिले कमजोर स्वास्थ्य अवस्थाका कारण उनी सत्ता सम्हाल्न नसक्ने हालतमा पुगिसकेको आलोचकहरू बताउँछन्।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसंसदमा प्रहरी ऐनः निजामती प्रशासनको नियन्त्रणमा चेनअफ कमाण्ड ब्रेक हुने खतरा !
माघ १९, २०८१ शनिबार
सरुवा मापदण्ड कार्यान्वयनमा आईजीपी निरिह !
माघ १९, २०८१ शनिबार
राती एक्कासी कसरी आयो इन्टरनेटमा समस्या ?
माघ २०, २०८१ सोमबार
डीएसपीबाट बढुवा भएका ३७ जना एसपीको पदस्थापन
माघ २१, २०८१ सोमबार
स्वयम्भूमा मञ्जुश्रीको दर्शन तथा सरस्वतीको पूजा गर्ने भक्तजनको घुइँचो
माघ २१, २०८१ सोमबार
सिरियाका नवनियुक्त राष्ट्रपति साउदी अरबको ऐतिहासिक भ्रमणमा
माघ २१, २०८१ सोमबार
उत्तरी सिरियामा कार बम विष्फोट, १५ जनाको मृत्यु
माघ २१, २०८१ सोमबार
सामसुङ प्रमुख ली जे–योङले पाए ‘ठगी मुद्दा’ मा पुनः सफाइ
माघ २१, २०८१ सोमबार
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक जारी
माघ २१, २०८१ सोमबार