स्थानीय पाठ्यक्रमको मस्यौदामाथि वालिङ नगरपालिकाले गर्याे छलफल
नेपालबहस संवाददाता
जेठ ५, २०८० शुक्रबार १६:४९:२२
मणि प्रसाद अर्याल
५ जेठ, वालिङ । वालिङ नगरपालिकाले स्थानीय पाठ्यक्रमको मस्यौदा निर्माण गरि छलफल गरेको छ । पलिकामा रहेका वडा अध्यक्ष, कार्यपालिका सदस्य, पत्रकार स्थानीय अगुवा अभिभावक, विभिन्न विद्यालयका प्रधानाध्यापक र स्थानीय विज्ञहरु छलफल भएको थियो ।
यही शैक्षिक सत्रदेखि लागू हुनेगरी स्थानीय पाठ्यक्रम निर्माणको काम अन्तिम चरणमा पुगेको र अघिल्लो वर्ष नै १ देखी ५ सम्मको पाठ्यक्रम निर्माण गरिएको वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले जानकारी दिए ।
पाठ्यक्रमलाई समय सान्दर्भिक, आवश्यकतामा आधारित साथै व्यवहारिक, जीवनोपयोगी बनाउन सरोकारहरूबाट राय सुझाव संकलन गरि स्थानीय पाठ्यक्रममा स्थानीय भाषा, संस्कृति, सम्पदाको जगेर्ना गर्ने उद्देश्य राखिएको छ । मस्यौदामाथिको छलफल कार्यक्रममा वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले स्मार्ट सिटिका स्मार्ट नागरिक शिक्षा हाम्रो ठुलो चुनौती रहेको छ ।
यहि कछुवाको तरिकाले शिक्षालाई गति दिने हो भने यसले ठुलो क्षती हुने बताउदै यसमा कुनै पक्षलाइ दोष दिएर कुनै अर्थ नहुने सवै सरोकारवालाहरु बौद्धिक व्यक्तित्वहरुसंगको संवन्वयमा शिक्षालाइ गति दिन सकिने हुदा सबैसँग हातेमालो गरि अगाडी बढ्ने जानकारी दिए । अवको पाठ्यक्रममा मानविय पक्षलाई पनि हेर्नुपर्ने बताए ।
यसैगरि वालिङ नगरपालिका निर्वतमान नगर प्रमुख दिलिप खाँणले हिजको अवस्था भन्दा पनि अवको भविश्य कस्तो हुने भन्ने शिक्षा अवको पाठ्यक्रममा समेट्नुपर्ने बताए । पाठ्यक्रमभित्र वालिङ भित्रका सवै पक्षहरु समेटिनुपर्नेमा जोड दिएका थिए। पाठ्क्रम निर्माण समितिमा लक्ष्मी रेग्मी, एमबहादुर कुवंर एमकान्त खनाल, भोजराज गुरुङ, तिलक पराजुली, मेगराज गैहे र हिमलाल पंगेनी रहेका थिए ।
मस्यौदा छलफलमा उठेका विषयहरु पनि पाठ्यक्रममा समावेश गरि प्रकाशन गर्ने पाठ्यक्रम निर्माण समितिले जानकारी गराएको थियो । मस्यौदा छलफलकार्यक्रमको अध्यक्षता वालिङ नगरपालिका नगर प्रमुख कृष्ण खाँणले गरेका थिए, भने स्वागत प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपढोरपाटनमा दोस्रो याममा १० नाउर र सात झारलको सिकार
जेठ १०, २०८१ बिहिबार
सर्वोच्चबाट मुद्दा किनारा नलागेसम्म गण्डकी प्रदेशसभा बैठकमा कांग्रेस सहभागी नहुने
जेठ १०, २०८१ बिहिबार
बीपीसीलाई विद्युत महसुल बढाउने अनुमति दिएपछि उपभोक्ताहरु चरणबद्ध आन्दोलनमा
जेठ ८, २०८१ मंगलबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
जेठ १०, २०८१ बिहिबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
जेठ १०, २०८१ बिहिबार
सीता एयरको जहाजमा ठोक्किएर घाइते भएका भामलाई नेपालगञ्ज लगियो
जेठ १०, २०८१ बिहिबार
पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु , तीनजनाको उद्धार
जेठ १०, २०८१ बिहिबार
‘आलुचिप्स’ का लागि उपयोगी हुने आलु खेती गरिँदै
जेठ १०, २०८१ बिहिबार
सार्वभौमिक समानताका आधारमा द्विपक्षीय सम्बन्ध : उपप्रधानमन्त्री श्रेष्ठ
जेठ १०, २०८१ बिहिबार
थाई एयरवेजद्वारा नेपालमा पुनः उडान सुरु
जेठ १०, २०८१ बिहिबार
सगरमथा दिवसको अवसरमा ललितपुरमा बाल क्लाईम्बिङ प्रतियोगीता सम्पन्न
जेठ १०, २०८१ बिहिबार
कार्यदलमा सहमतिको सकस , गोलमटोल कुराले छानबिन अगाडि बढ्न सक्दैन : कांग्रेस
जेठ १०, २०८१ बिहिबार