१२ अर्ब नाफा कमाएको नेपाल विद्युत प्राधिकरणले अब सर्वसाधरणमा शेयर जारी गर्छः कुलमान घिसिङ
नेपालबहस संवाददाता
साउन २५, २०८० बिहिबार १७:४:१०
२५ साउन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नाफाका आधारमा विद्युत प्राधिकरणले सर्वसाधारणमा शेयर जारी गर्न लागेको जानकारी दिएका छन् ।
गत आर्थिक वर्षमा १२ अर्ब ३३ करोड खुद नाफा कमाएको नेपाल विद्युत प्राधिकरणले सर्वसाधारणलाई सेयर जारी गर्ने भएको हो । प्राधिकरणले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरण ऐन २०४१ बमोजिम सर्वसाधारणमा शेयर जारी गर्ने प्रक्रिया अघि बढाइएको बताए ।
विगत दुई वर्षमा प्राधिकरणले आफ्नै स्रोतबाट करिब ४८ अर्ब रूपैयाँ बराबरको रकम प्रसारण तथा वितरण प्रणाली विस्तार र सुधारमा लगानी भएको छ । त्यस्तै सरकारको कोषमा साँवा ब्याज र रोयल्टी गरी ३० अर्ब जम्मा गरिएको छ ।
प्राधिकरणले गत आर्थिक वर्ष मुलुकभित्रै विद्युत बिक्रीबाट कुल ८९ अर्ब ७८ करोड रूपैयाँ बराबर आम्दानी गरेको छ भने भारतलाई विद्युत बिक्री गरी १० अर्ब ५९ करोड रूपैयाँ बराबर आम्दानी गरेको छ । आन्तरिक र बाह्य गरी विद्युत बिक्रीबाट कम्पनीले १ खर्ब आम्दानी गरेको छ । कुल आम्दानी भने अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा १२ अर्ब बढी हो ।
कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा ८८ अर्ब १३ करोड आम्दानी गरेको थियो । आम्दानी बढे पनि कम्पनीको कर्मचारी तथा अन्य खर्चहरू बढ्दा गत आर्थिक वर्षको नाफामा केही कमी आएको देखिन्छ । २०७८÷७९ मा कम्पनीले कुल १३ अर्ब ३७ करोड खुद नाफा कमाएको थियो ।
सर्वसाधारणलाई शेयर जारी गर्नका लागि इक्रा नेपालबाट एए प्लस रेटिङ पाएको उनले बताए । सर्वसाधारणलाई सेयर जारी गर्न प्रक्रिया अघि बढिरहेको घिसिङको भनाइ छ । सर्वसाधारणमा दिइने विद्युत गुणस्तर सुधार, चुहावट नियन्त्रण तथा विद्युत महसुल असुली लगायतका कार्यलाई प्रभावकारी बनाइने घिसिङले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीता एयरको जहाजमा ठोक्किएर घाइते भएका भामलाई नेपालगञ्ज लगियो
जेठ १०, २०८१ बिहिबार
विज्ञापन बोर्डको चेतावनी, ‘भ्रमपूर्ण विज्ञापन छापिए कारवाही हुन्छ’
जेठ १०, २०८१ बिहिबार
प्राधिकरणलाई २१ करोड तिरेर टेलिकमले लियो लाइसेन्स
बैशाख २८, २०८१ शुक्रबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
जेठ १०, २०८१ बिहिबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
जेठ १०, २०८१ बिहिबार
सीता एयरको जहाजमा ठोक्किएर घाइते भएका भामलाई नेपालगञ्ज लगियो
जेठ १०, २०८१ बिहिबार
पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु , तीनजनाको उद्धार
जेठ १०, २०८१ बिहिबार
‘आलुचिप्स’ का लागि उपयोगी हुने आलु खेती गरिँदै
जेठ १०, २०८१ बिहिबार
सार्वभौमिक समानताका आधारमा द्विपक्षीय सम्बन्ध : उपप्रधानमन्त्री श्रेष्ठ
जेठ १०, २०८१ बिहिबार
थाई एयरवेजद्वारा नेपालमा पुनः उडान सुरु
जेठ १०, २०८१ बिहिबार
सगरमथा दिवसको अवसरमा ललितपुरमा बाल क्लाईम्बिङ प्रतियोगीता सम्पन्न
जेठ १०, २०८१ बिहिबार
कार्यदलमा सहमतिको सकस , गोलमटोल कुराले छानबिन अगाडि बढ्न सक्दैन : कांग्रेस
जेठ १०, २०८१ बिहिबार