तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको शेयर कारोबार स्थगन
नेपालबहस संवाददाता
मंसिर १८, २०८० सोमबार १२:५५:६
१८ मंसिर, काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको शेयर कारोबार स्थगित भएको छ । नेपाल स्टक एक्सचेञ्ज 'नेप्से'ले धितोपत्र सूचीकरण विनियमावलीअनुसार कारोबार स्थगित गरिएको जनाएको छ ।
नेप्सेका अनुसार कम्पनीले लाभांश घोषणासम्बन्धी निर्णय ढिलो गरी नेप्सेलाई जानकारी गराएको भन्दै शेयर कारोबार स्थगित गरिएको हो । “धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ ९१० मा भएको व्यवस्था बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी वा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि सम्बन्धित सूचीकृत सङ्गठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने छ भन्ने व्यवस्था रहेकाले उक्त विनियममा भएको व्यवस्था पालना नगरेकाले उक्त विनियमावलीको विनियम १६ '१' 'ख'मा भएको व्यवस्था अनुरुप २०८० साल मंसिर १८ को निर्णायअनुसार त्यस कम्पनीको धितोपत्र कारोबार स्थगन गरिएको छ”, नेप्सेले तारागाउँ रिजेन्सी होटल्स लिमिटेडलाई पठाएको पत्रमा भनिएको छ ।
साथै उक्त पत्र प्राप्त भएको मितिले तीन कार्यदिन भित्र के कति कारणबाट समयमै जानकारी दिन नसकेको हो सो सम्बन्धमा स्पष्टीकरण पेश गर्न समेत नेप्सेले निर्देशन दिएको छ ।
तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको शनिबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९र८० को शेयरधनीलाई १५ प्रतिशत लाभांश दिने घोषणासम्बन्धी निर्णय गरेको थियो । साथै सो निर्णय भने नेप्सेलाई आइतबार बेलुका ५ः१५ बजे मात्रै जानकारी गराएको नेप्सेको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडीएसपीबाट बढुवा भएका ३७ जना एसपीको पदस्थापन
माघ २१, २०८१ सोमबार
राती एक्कासी कसरी आयो इन्टरनेटमा समस्या ?
माघ २०, २०८१ सोमबार
युएसएआइडी ‘अपराधी’ हो– मस्क, युएसएआइडीका नेताहरू ‘कट्टरपन्थी पागल’ हुन्– ट्रम्प
माघ २१, २०८१ सोमबार
जसपाले केन्द्रीय कार्यकारिणी समितिमा १० जना थप्ने
माघ २१, २०८१ सोमबार
चीनको डिपसिकविरुद्ध मुद्दा हाल्ने ‘कुनै योजना छैन’: अल्टम्यान
माघ २१, २०८१ सोमबार
थाइल्याण्डले नेदरल्यान्डलाई १७ रनले हरायो
माघ २१, २०८१ सोमबार
केबलकार निर्माणविरुद्ध माइतीघरमा धर्ना: फोटोफिचर
माघ २१, २०८१ सोमबार