सरकारी जग्गाकाे नक्कली कागजात बनाएर व्यक्तिका नाममा पार्ने २४९ जनाविरुद्ध अख्तियारले हाल्यो विशेषमा मुद्दा
नेपालबहस संवाददाता
माघ २५, २०८० बिहिबार १७:२७:१०
२५ माघ, काठमाडौं । कैलालीको टीकापुर बजार क्षेत्रको ६ बिगाहा १८ कट्ठा १० धुर सरकारी जग्गा नक्कली कागजात बनाएर व्यक्तिका नाममा हक हस्तान्तरण गरी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
टिकापुर नगर विकास समितिका तत्कालीन अध्यक्षहरू नेत्रप्रसाद जोशी, ललित ताम्राकार र धिरजराज रेग्मीको कार्यकालमा सरकारी जग्गा व्यक्तिको नाममा गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो । अख्तियारले दायर गरेको मुद्दामा टीकापुर क्षेत्रको ६ बिगाहा १८ कट्ठा १० धुर जग्गा व्यक्तिको नाममा गरी भ्रष्टाचार गरेको माग दाबी गरिएको छ । तत्कालीन अध्यक्ष जोशीले १२६ व्यक्तिको नाममा नामसारीको निर्णय गरी दुई करोड १२ लाख रूपैयाँ भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।
अर्का अध्यक्ष ताम्राकारले आठ जनाको नाममा नामसारीको निर्णय गरी ५९ लाख ३८० रूपैयाँ भ्रष्टाचार गरेको र तत्कालीन अध्यक्ष रेग्मीले ९ जनाका नाममा नामसारीको निर्णय गरी ६६ लाख ८९ हजार ८९२ रूपैयाँ भ्रष्टाचार गरेको ठहर गरेको छ । कुल विगो दुई करोड ५० लाख ६ हजार ८६९ दाबी गरी जग्गा खरिद गर्ने समेत २४९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन जटिल
पुष २४, २०८१ बुधबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
टीकापुर क्षेत्रमा चिसो बढेपछि दाउरा वितरण
पुष १९, २०८१ शुक्रबार
काठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?
नेपालबहस संवाददाता
माघ ४, २०८१ शुक्रबार
काठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?
माघ ४, २०८१ शुक्रबार
सैफअली खानसँग आक्रमणकारीले मागेका थिए १ करोड रूपैयाँ
माघ ४, २०८१ शुक्रबार
पुरानो मिसिल सर्वोच्चबाट रुपन्देही नपुगेपछि रवि र छबिसहितका आरोपीको मुद्दा दर्ता भएन
माघ ४, २०८१ शुक्रबार
घरजग्गा कारोबारः गत पुसमा ४ अर्ब २५ करोड राजश्व संकलन
माघ ५, २०८१ शनिबार
आकर्षक रोजगारीको प्रलोभनमा परी विदेश नआउन नेपाली दूतावास बैंककको आग्रह
माघ ५, २०८१ शनिबार
आईसीसी यू–१९ महिला विश्वकपः पहिलो खेलमा आज नेपालले बंगलादेशसँग खेल्दै
माघ ५, २०८१ शनिबार
चन्द्रागिरीका पानी, तेल तथा डेरी उद्योगमा अनुगमन तीव्र
माघ ५, २०८१ शनिबार
हुस्सु–कुहिरो लागेको छ, स्वास्थ्य सतर्कता अपनाउनु होला
माघ ५, २०८१ शनिबार