छोटै समयमा प्रदीप अधिकारीले देखाएको आर्थिक लिला, यो घर कसरी ठडियो डीजी साप ?
नेपालबहस संवाददाता
चैत १४, २०८० बिहिबार ५:०:२७
१५ चैत, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण 'क्यान'का महानिर्देशक प्रदीप अधिकारीले विभिन्न परियोजनाको ‘प्रोजेक्ट म्यानेजर’ हुँदा जुटाएको मध्येको ठूलो धनराशी खर्चेर महानिर्देशक भएको प्रष्टिदै गएको छ। छोटो समयमै 'क्यान' अन्तर्गतका परियोजनाको आयोजना प्रमुख बनेर उनले करोडौं कमाएका थिए । यतिसम्म कि, अर्काको नाममा दर्ता गर्न लगाएर पनि उनले परियोजनाको कन्सल्टेण्ट कम्पनीसमेत आफैंले चलाएका छन् ।
पूखौंली घर लमजुङ रहेका अधिकारी चितवनको चैनपूर बसोबास गर्दै आएका थिए । २०६४ मा सिभिल इन्जिनियरको रुपमा प्राधिकरणमा ७ औँ तहमा छिरेका उनी अहिले ११ औं तहमा छन् । सँगै प्रवेश गरेकाहरू ९ औं तहमै सीमित छन् । तर उनी आफूभन्दा वरिष्ठलाई पन्छाएर प्राधिकरणको महानिर्देशक बन्न सफल भएका थिए ।
विगतमा प्रत्येक परियोजनामा फरक–फरक व्यक्ति आयोजना प्रमुख रहँदै आएकोमा अधिकारीले आर्थिक प्रभावमा पारेर तत्कालीन प्राधिकरण महानिर्देशक सञ्जीव गौतम महानिर्देशक भएपछि पोखरा, भैरहवा र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको परियोजनामा प्रमुख बनेर आर्थिक रुपमा दाँईँ खेल्ने कसरत सुरु गरेका हुन् । ३ वटै ठूला परियोजनाको आयोजना प्रमुख भएकै बेला उनी ‘सिभिल चिफ’ पनि बने । एकातिर ठूला आयोजनाको आयोजना प्रमुख र अर्कोतिर कार्यालयको 'सिभिल चिफ' बनेर उनले गर्नुसम्मको आर्थिक घोटाला गरेको बताइन्छ ।
स्रोतका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उनी विरुद्ध परेका आर्थिक अनियमितताका उजुरी उपर मुद्दा दर्ताको अन्तिम तयारी भइरहेको छ भने सम्पत्ति शुद्धीकरण विभागले पनि प्राप्त उजुरी उपर आफ्नै ढंगले अनुसन्धान गरिरहेको छ । लुकाएको धन त लुकाएकै भयो, देखिएकै अर्थात् अनियमितरुपमा जोडेको धनले छोटै समयमा ललितपुर महानगर पालिका १५ खुमलटारस्थित 'खुमलटार हाईट मार्ग पूर्व'मा विशाल महल खडा गरेका छन् । आधुनिक मात्र नभएर आलिसान घर नम्बर २८४ को निर्माणमा लागेको खर्चले पनि प्रदीप अधिकारीको सम्पत्तिको स्रोतमाथि प्रश्न उठाउने गरेको छ ।
महानिर्देशक अधिकारी अवस्था अनुसार सम्बन्ध गाँस्न खप्पिस छन् । उनले गोरु बेचेको समेत साइनो नपर्ने तर आफूलाई महानिर्देशक बनाएर गुण लगाउने तत्कालीन पर्यटन मन्त्री प्रेम आलेलाई सार्वजनिक रुपमै 'दाई' सम्वोधन गर्थे । अधिकारीले आलेसँग मात्रै होइन, यसअघिका ३ जना पर्यटन मन्त्रीसँग पनि यस्तै खालको सम्बन्ध बनाएर ‘प्यारो’ बन्दै मालदार परियोजनाहरू आफ्नो ‘कमाण्ड’मा राख्ने गरेको उनलाई बुझ्नेहरू बताउँछन् । स्वर्गीय रवीन्द्र अधिकारी, त्यसपछि पर्यटन मन्त्री बनेका योगेश भट्टराई र भानुभक्त ढकालदेखि पछिल्लो समय प्रेम आले र हालका पर्यटनमन्त्री जीवनराम श्रेष्ठसम्मलाई उनले ‘आफ्नो’ बनाइसकेका छन् ।
यतिसम्म की, खुमलटार, बालुवाटार, कोटेश्वर, तत्कालीन पर्यटनमन्त्री प्रेम आले र पर्यटन सचिव महेश्वर न्यौपाने 'साउन १६ गते रिटायर्ड'लाई गरी मोटो रकम भेटी चढाएर आफूभन्दा वरिष्ठलाई पन्छाउँदै प्रदीप अधिकारी महानिर्देशक बनेको चर्चा आज पनि प्राधिकरण भित्र चल्ने गर्छ ।
प्रशासनिक तर्फका सिनियर १२ औं तहका आधा दर्जन कर्मचारीहरू भोलाप्रसाद गुरागाईं, प्रतापबहादुर तिवारी, हंसराज पाण्डेय, देवचन्द्रलाल कर्ण, गोविन्दप्रसाद दाहाल र प्रेमनाथ ठाकुरलाई पन्छाएर ११ औं तहका प्राविधिक सिभिल इन्जिनियर के–कसरी महानिर्देशक बनाइए ? आफैंमा उदाहरण बनेका प्रदीप अधिकारी नै जवाफविहीन छन् । तर, उनी आफैं अब ८ वर्ष आफू क्यानको महानिर्देशक बन्ने ठोकुवा गर्दै हिँड्ने गरेका उनको मिलीभगत को–कोसँग होला ? कल्पना मात्र गरौं । अख्तियार र सम्पति शुद्धीकरण विभागले छानविन गर्नुपर्ने देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलगानी सम्मेलन कि विदेशीले नपत्याएको भेला ?
बैशाख १८, २०८१ मंगलबार
नक्कली लाइसेन्स प्रकरण: अरोपी छुटाउन प्रधानमन्त्री कार्यालयकै कर्मचारीको सक्रियता
बैशाख १८, २०८१ मंगलबार
जनता झुक्याउन एनसेलमा प्रचण्डको अर्को राजनीति, लाइसेन्स नवीकरण गर्न किन राखियो सर्त ?
बैशाख १७, २०८१ सोमबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बद्रीनरसिंह के.सी.
बैशाख १६, २०८१ आइतबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
बैशाख १८, २०८१ मंगलबार
प्रेस स्वतन्त्रता कुण्ठित गर्ने अदालतको आशय स्वीकार्य छैनः अध्यक्ष लम्साल
बैशाख १८, २०८१ मंगलबार
यो वर्ष आर्थिक वृद्धिदर ३.८७ प्रतिशत, अर्थतन्त्रको आकार ५७ खर्ब
बैशाख १८, २०८१ मंगलबार
लगानी सम्मेलन कि विदेशीले नपत्याएको भेला ?
बैशाख १८, २०८१ मंगलबार
इङल्याण्डका आठ खेलाडी प्लेअफका लागि उपलब्ध नहुने
बैशाख १८, २०८१ मंगलबार
थपलिया पूर्वाञ्चल र गौतम मध्यपश्चिको उपकुलपति
बैशाख १८, २०८१ मंगलबार
डढेलो निभाउने क्रममा घाइते भएका एकको मृत्यु
बैशाख १८, २०८१ मंगलबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
बैशाख १८, २०८१ मंगलबार