अमेरिकी डलरको भाउ बढ्यो, कुन मुद्रा कतिमा हुँदै छ कारोबार ?
नेपालबहस संवाददाता
बैशाख २, २०८१ आइतबार १०:११:१५
२ बैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आइतबार अमेरिकी डलरको भाउ बढेको छ ।
आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ १७ पैसा र बिक्री दर १३३ रुपैयाँ ७७ पैसा रहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ३७ पैसाले बढेको हो । यसअघि शुक्रबार यसको खरिद दर १३२ रुपैयाँ ८० पैसा र बिक्री दर १३३ रुपैयाँ ४० पैसामा कारोबार भएको थियो ।
त्यसैगरी, आइतबार युरो एक रुपैयाँ ८८ पैसाले घटेको छ । आज युरो एकको खरिद दर १४१ रुपैयाँ ९२ पैसा र बिक्री दर १४२ रुपैयाँ ५६ पैसा रहेको छ। शुक्रबार भने यसको खरिद दर १४२ रुपैयाँ ८० पैसा र बिक्री दर १४३ रुपैयाँ १७ पैसा तोकिएको थियो ।
आज बेलायती पाउन्ड ४१ पैसाले घटेको छ । आइतबार पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ १२ पैसा र बिक्री दर १६६ रुपैयाँ ८७ पैसा तोकिएको छ। यसअघि शुक्रबार पाउन्ड एकको खरिद दर १६६ रुपैयाँ ५३ पैसा र बिक्री दर १६७ रुपैयाँ २८ पैसा थियो।
त्यसैगरी आइतबारको लागि अस्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ४८ पैसा र बिक्री दर ८६ रुपैयाँ ८७ पैसा कायम गरिएको छ। र आइतबार क्यानेडियन डलर एकको खरिद दर भने ९६ रूपैयाँ ९१ पैसा र बिक्रीमा ९७ रूपैयाँ ३५ पैसा कायम गरिएको छ ।
उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ६९ पैसा कायम हुँदा बिक्री दर भने ८ रूपैयाँ ७३ पैसा रहेको छ । चाइनिज युआन एकको खरिद दर १८ रूपैयाँ ४० पैसा तथा बिक्री दर १८ रूपैयाँ ४८ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिद दर ९ रूपैयाँ ६५ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६९ पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी, आइतबार कतारी रियाल एकको खरिद मूल्य ३६ रूपैयाँ ५१ पैसा र बिक्री मूल्य ३६ रूपैयाँ ६७ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रूपैयाँ ५० पैसा र बिक्री मूल्य ३५ रूपैयाँ ६६ पैसा, युएई दिराम एकको खरिद दर ३६ रूपैयाँ २६ पैसा र बिक्री दर ३६ रूपैयाँ ४३ पैसा तथा मलेसियन रिंगिट एकको खरिद दर आइतबार २७ रूपैयाँ ९२ पैसा र बिक्री दर २८ रूपैयाँ ०४ पैसा कायम गरेको छ ।
यसैगरी, आजको लागि कुवेती दिनार एकको खरिद दर ४३२ रुपैयाँ १९ र बिक्री दर ४३४ रुपैयाँ १३ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिद दर ३५३ रुपैयाँ २१ पैसा र बिक्री दर ३५४ रुपैयाँ ८० पैसा निर्धारण भएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १५, २०८१ शनिबार
राष्ट्र बैंकले सार्वजनिक गर्यो मौद्रिक नीतिको पहिलो समीक्षा, नीतिगत दर र ब्याजदर करिडोर यथावत
मंसिर १४, २०८१ शुक्रबार
यस्तो आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
महाराजगञ्जलगायतका स्थानमा आज बिजुली काटिने
मंसिर १५, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात हुने, पर्वतारोहणमा जानेहरुलाई सतर्कता अपनाउन आग्रह
मंसिर १५, २०८१ शनिबार
एनपिएलको पहिलो संस्करण आजबाट सुरू, उद्घाटन खेलमा विराटनगर र जनकपुर खेल्दै
मंसिर १५, २०८१ शनिबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार