काठमाडौं महानगरले करारमा २४१ नगर प्रहरी भर्ना गर्दै
नेपालबहस संवाददाता
जेठ १९, २०८१ शनिबार १६:४३:२९
१९ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकामा करार सेवामा २४१ जना नगर प्रहरी जवान र १७ जना नगर प्रहरी कार्यालय सहयोगीका लागि आवेदन मागेको छ ।
महागरले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा वैकल्पिक सूचीमा समावेश भएका इच्छुक उम्मेदवारहरूलाई योग्यता क्रमका आधारमा करार सेवामा पदपूर्ति गर्न दरखास्त आव्हान गरेको हो ।
महानगरले नेपाल प्रहरी/सशस्त्र प्रहरी बलको जवान भर्ना सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट प्राप्त वैकल्पिक सूचीमा समावेश भएका उम्मेदवारहरूमध्ये इच्छुक उम्मेदवारले ७ (सात) दिनभित्र काठमाडौँ महानगरपालिका प्रशासन विभागमा दरखास्त पेस गर्न आव्हान गरेको छ ।
वैकल्पिक सूची काठमाडौं महानगरपालिकाको वेबसाइट www.kathmandu.gov.np को डाउनलोड अन्तर्गतको प्रकाशनमा वैकल्पिक सूची शीर्षकमा रहेको व्यहोरा समेत जानकारी गराएको छ ।
दरखास्त दिदा वैकल्पिक दर्ता नं. खुलेको ढाँचा बमोजिमको निवेदन र नागरिकताको प्रमाण पत्रको प्रतिलिपि समावेश गर्नपर्ने सूचनामा जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभोली गण्डकी प्रदेशमा सार्वजनिक बिदा
माघ २१, २०८१ सोमबार
फुटबल क्लब र गोल्डकप विजेता क्लबलाई ललितपुर महानगरको आर्थिक सहयोग
माघ २०, २०८१ आइतबार
आलोचना नै आलोचनाका बीचमा सबैको मन जितेकी लुम्बिनीकी सांसद गिरी
माघ १५, २०८१ मंगलबार
सरुवा मापदण्ड कार्यान्वयनमा आईजीपी निरिह !
नेपालबहस संवाददाता
माघ १९, २०८१ शनिबार
डीएसपीबाट बढुवा भएका ३७ जना एसपीको पदस्थापन
नेपालबहस संवाददाता
माघ २१, २०८१ सोमबार
सुनपछि चिनियाँ नाकाबाट भेप तस्करी बढ्यो, कोरोला नाकाबाट मात्रै १९ हजार थान बरामद
माघ २२, २०८१ मंगलबार
सूर्यज्योति लाइफ इन्स्योरेन्सले १९ करोड ६१ लाख नाफा कमायो
माघ २२, २०८१ मंगलबार
बरूण धवनकी भान्जी सलमानसँग सिकिन्दरमा देखिँदै
माघ २२, २०८१ मंगलबार
जीवन विकास लघुवित्तले १५.५७ प्रतिशत नाफा कमायो
माघ २२, २०८१ मंगलबार