परराष्ट्र र प्रधानमन्त्रीको गृहकार्य, ५ देशका फिर्ता बोलाएर १६ देशमै राजदूत नियुक्त गर्ने
नेपालबहस संवाददाता
साउन १२, २०८१ शनिबार १४:१८:५२
१२ साउन, काठमाडौं । विभिन्न देशमा राजदूत नियुक्त गर्ने विषयलाई सरकारले प्राथमिकतामा राखेर गृहकार्य सुरु गरेको छ । यो पटक प्रधानमन्त्री र परराष्ट्रमन्त्रीबीच सहमति भइसकेपछि राजदूत नियुक्तिमा अरु खालका झन्झट देखिँदैनन् । सरकारमा सामेल भएका साना दलमध्ये पाए अशोक राईका भागमा एक राजदूत पर्नसक्छ । तर, राईले यसअघि नै एमालेको भागबाट एक मन्त्री पाइसकेका छन् ।
अरु दलमा राजदूत बाँड्नुपर्ने अवस्था नभएकाले १० सांसद बराबर एक राजदूत भनेर प्रधानमन्त्री बसेका छन भने कांग्रेसले १० जना दावी गरेको छ । स्रोतका अनुसार देश हेरेर संख्या तलमाथि हुनसक्छ । सम्भवतः सोमबार ५ देशका राजदूत फिर्ता बोलाइनेछ । नेकपा माओवादी र नेकपा एसका तर्फबाट राजदूत भएकाहरू फिर्ता बोलाइएको छैन । माओवादीको कोटाबाट चीनमा विष्णुपुकार श्रेष्ठ, श्रीलंकामा वासुदेव मिश्र र दक्षिण अफ्रिकामा दानबहादुर तामाङ राजदूत छन् । एसबाट रुसमा मिलन तुलाधर र अस्ट्रेलियामा कैलाश पोखरेल राजदूत छन् ।
यो पटक राजदूत रिक्त ११ देश तथा यसअघि माओवादी र एकीकृत समाजवादीको सिफारिसमा राजदूत भएका ५ गरी १६ मुलुकमा एकै पटक राजदूत नियुक्त गर्न लागिएको छ । नेपालका अहिलेसम्म ३० वटा मुलुकका लागि दूतावास र ३ वटा संयुक्त राष्ट्रसंघका लागि स्थायी नियोग छन् । ७ वटा महावाणिज्य दूतावास छन् । जसमा राजदूत नियुक्त निर्देशिका अनुसार ५० प्रतिशत कूटनीतिक सेवा र ५० प्रतिशत राजनीतिक तर्फबाट सरकारले राजदूत नियुक्ति गर्नुपर्ने मापदण्ड छ ।
यसअघि प्रचण्ड सरकारले एमालेका ५, जसपाका २ र माओवादीका तर्फबाट १ राजदूत सिफारिस गरेको थियो । भारतका लागि पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी, अमेरिकाका लागि पूर्वसचिव चन्द्र घिमिरे, दक्षिण कोरियाका लागि मानवअधिकारवादी सुशील प्याकुरेल, डेनमार्कका लागि सुम्निमा तुलाधर, मलेसियाका लागि नेत्रप्रसाद तिमिल्सिना, बेलायतका लागि बिजन पन्त, साउदी अरबका लागि अबुसुफ्यान खान मुसलमान र स्पेनका लागि पुष्पराज राजकर्णिकारलाई सिफारिस गरेको थियो ।
यी नाममध्ये केहीले अस्वीकार गरिसकेका छन भने अरूको संसदीय सुनुवाइ भएको छैन । एमालेले चाहेमा केही फेरी सिफारिसमा पर्न सक्छन् । कांग्रेसको भागमा पर्ने सबैमा नयाँ पठाउन सक्ने सम्भावना छ । प्रचण्ड सरकारले जेठ २४ मा भारत र अमेरिकालगायत ११ मुलुकका राजदूतलाई कार्यकाल पूरा नहुँदै फिर्ता बोलाउने निर्णय लिएको थियो । त्यसपछि असार ७ मा विभिन्न ८ मुलुकका लागि नयाँ राजदूत सिफारिस गरेको थियो । ओली सरकारले सिफारिस भएका ती राजदूतमा फेरबदल गर्नेछ ।
कांग्रेसको कोटाबाट राजदूत बन्न चाहनेहरूको दौडधूप सुरु भइसकेको छ । पार्टी सभापति पत्नी आरजु राणा देउवा नै परराष्ट्रमन्त्री भएकाले पार्टी नेतृत्व र परराष्ट्रमन्त्रीलाई मनाउनुपर्ने अवस्था छैन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भागबन्डा गरेर लिएका राजदूतका सीटमा कांग्रेस भित्र पनि भागबण्डा गर्नुपर्छ । इतर समूहका नेता डा. शेखर कोइरालाले ४ जनाको कोटमा माग गरेको बताइएको छ । कांग्रेसले १० देश लिएर आफ्नो समूहलाई ४ दिनुपर्ने उनको माग हो । तर, कांग्रेसले १० नै पाउने अवस्था छैन । कांग्रेसले दवाव दिँदा ९ र ७ को अवस्था बन्न सक्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदमा प्रहरी ऐनः निजामती प्रशासनको नियन्त्रणमा चेनअफ कमाण्ड ब्रेक हुने खतरा !
माघ १९, २०८१ शनिबार
सरुवा मापदण्ड कार्यान्वयनमा आईजीपी निरिह !
माघ १९, २०८१ शनिबार
६ महिनामा वैदेशिक अध्ययनमा बाहिरियो ५६ अर्ब ८३ करोड
माघ २१, २०८१ सोमबार
लुम्बिनी प्रदेशमा आज सार्वजनिक विदा
माघ २१, २०८१ सोमबार
सामाजिक विविधताभित्रको एकताले राष्ट्रिय भावना थप मजबुत : उपराष्ट्रपति
माघ २१, २०८१ सोमबार
सरस्वतीपूजा नवीन खोजतर्फ प्रेरित गरिरहने पर्व हो : राष्ट्रपति
माघ २१, २०८१ सोमबार
तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो
माघ २१, २०८१ सोमबार
पाथीभरामा केवलकार निर्माण विवाद समाधान गर्न वार्ता टोली गठन
माघ २१, २०८१ सोमबार