लागुऔषध प्रयोगकर्तालाई हेर्ने दृष्टिकोण बदल्नुपर्नेमा सरोकारवालाको जोड
आबिद हुसेन
कात्तिक १३, २०८१ मंगलबार १३:३०:२४
१३ कात्तिक, वीरगञ्ज । लागूऔषध दुर्व्यसनीलाई अपराधिक मानसिकताबाट नभएर बिरामीको नजरबाट हेर्नुपर्नेमा रिकभरीङ् नेपाल मधेश प्रदेशका संयोजक मन्टु गिरीले जोड दिए । वीरगञ्जस्थित म्याजिक बेल्समा सोमवार आयोजित प्रादेशिक मिडिया संवेदनशीलता कार्यक्रमलाई सम्बोधन गर्दै गिरीले लागूऔषध प्रयोगकर्तालाई हेर्ने समाजको दृष्टिकोण बदल्नुपर्ने आवश्यकता औँल्याए ।
समाजमा कुनै पनि किसिमका चोरी वा अन्य घटना हुने बित्तिकै सबैभन्दा पहिला लागूऔषध प्रयोगकर्तामाथि शंका गर्ने प्रवृतिको उनले विरोध गरे । परिस्थितिले कुलतमा फसेका युवालाई समाजले झन लाञ्छना र विभेदको नजरियाबाट नियाल्दा मनोबल कमजोर हुने गरेको उनको भनाई छ ।
संयोजक गिरीले नै संस्थाले गरेका कार्य प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । उनको प्रस्तुतीअनुसार रिकभरीङ् नेपाल पूर्व लागूऔषध प्रयोगकर्ताहरूको समूहद्वारा गठन गरिएको राष्ट्रिय सञ्जाल नै रिकभरीङ् नेपाल हो । जसले एचआईभी र औषधी प्रयाेगकाे लागि उपचार र औषधीमा पहुँचको आवश्यक्तालाई पनि सम्बोधन गर्ने उद्देश्य लिएको छ ।
सन् २००३ सालमा स्थापित संस्थाले हाल सात वटै प्रदेशमा आफ्नो संगठन बिस्तार गरेर लागुऔषध दुव्र्यसनी कम गर्न तथा यसको क्षेत्रमा पैरवी, वकालत, अध्ययन, अनुसन्धान तथा नीति निर्माणमा सहयोग गर्ने काम गरीरहेको गिरीले जानकारी दिए । उनका अनुसार एउटै उद्देश्य लिएर एउटै क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थासँग समन्वय र सहकार्य गर्दै समाजमा लागुऔषध दुर्व्यसनीलाई कम गर्ने र कुलतमा फसेकालाई सुधार गरेर पुर्नस्थापित गर्ने संस्थाको उद्देश्य हो ।
गत वर्ष मात्रै रिकभरीङ् नेपालले २६७ वटा संस्थालाई मनोसामाजिक परामर्शको तालिम प्रदान गरिएको रिकभरीङ् नेपाल मधेश प्रदेशका कोषाध्यक्ष राजकुमार तामाङले जानकारी दिए । उनका अनुसार सात वटै प्रदेशका १५७ जना लागूऔषध प्रयोगकर्तालाई व्यवसायीक तालिम प्रदान गरिएको छ भने पूर्व दुर्व्यसन पीडित २६ जनालाई व्यवसाय योजना कार्यान्वयनका लागि प्रारम्भिक पूँजी प्रदान गरी व्यवसाय संचालनमा सहयोग गरिएको छ ।
वीरगञ्ज भारतसँग खुला सीमा जोडिएको क्षेत्र भएकाले लागूऔषधको जोखिम धेरै भएको संस्थाका केन्द्रिय सदस्य सुवोध पौडेलले बताए । बिकराल रुपमा लागूऔषध प्रयोगकर्ताको संख्या बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै उनले सबै सरोकारवाला गम्भीर भएर रोकथाम र नियन्त्रणका लागि हातेमालो गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा नीता फाउण्डेशनका भुषण क्षेत्री, मनिला फाउण्डेशनका धिरज शर्मा लगायतको उपस्थिति रहेको थियो ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपरौतहटमा १० देखि १४ वर्ष उमेर समूहका ५० हजार बालिकालाई लगाइँदैछ एचपिभि खोप
माघ १६, २०८१ बुधबार
मधेश प्रदेश सरकारले फिर्ता लियो भाषा विधेयक
माघ ११, २०८१ शुक्रबार
एक महिना पछि कटहरिया नगरपालिकाको ताला खुल्याे
माघ ११, २०८१ शुक्रबार
डीएसपीबाट बढुवा भएका ३७ जना एसपीको पदस्थापन
माघ २१, २०८१ सोमबार
राती एक्कासी कसरी आयो इन्टरनेटमा समस्या ?
माघ २०, २०८१ सोमबार
शिक्षकलाई देशभर खटाउन आवश्यक छ : शिक्षामन्त्री भट्टराई
माघ २१, २०८१ सोमबार
पाथीभरा केबलकार विवादः सरकारी वार्ता टोलीले सुरु गर्यो आन्दोलनरत पक्षसँग छलफल
माघ २१, २०८१ सोमबार
सूर्यगढी गाउँपालिकाद्वारा चारबुँदे घोषणापत्र जारी
माघ २१, २०८१ सोमबार
श्रीलङ्काको समुद्री इलाकाबाट १० भारतीय मछुवा पक्राउ
माघ २१, २०८१ सोमबार
विपिन जोशीको रिहाइका लागि पहल गर्न इजरायललाई अध्यक्ष दाहालको आग्रह
माघ २१, २०८१ सोमबार
प्राविधिक शिक्षा आजको आवश्यकता : सञ्चारमन्त्री गुरुङ
माघ २१, २०८१ सोमबार