जलवायु परिवर्तनको असर न्यून गर्ने प्रयास निरन्तर
नेपालबहस संवाददाता
कात्तिक २७, २०८१ मंगलबार १६:५५:१०
२७ कात्तिक, काठमाडौं । पेरिस सम्झौताबाट बाहिरिने प्रतिबद्धता जनाएका डोनाल्ड ट्रम्प पुनः निर्वाचित भए पनि जलवायु परिवर्तनसम्बन्धी विश्वव्यापी कदमले निरन्तरता पाउने संयुक्त राष्ट्रसंघका अधिकारीले बताएका छन् ।
“जलवायु परिवर्तनसम्बन्धी कदम ‘बलियो छ र रहिरहनेछ’,” संयुक्त राष्ट्रसङ्घका जलवायु प्रमुख सिमोन स्टिएलले मंगलबार बताए ।
“तपाईंहरूमध्ये धेरैले विगत हप्ताहरूमा राजनीतिक घटनाहरूको जलवायु प्रभावहरूको बारेमा रिपोर्ट गर्दै हुनुहुन्छ। म यति मात्र भन्छुः हाम्रो अभियान सशक्त छ र रहिरहनेछ,” उनले भने ।
सन् २०१५ को ऐतिहासिक पेरिस सम्झौताबाट अमेरिका पछि हटेपछि वार्ताको टेबुलको महत्वाकाङ्क्षालाई कमजोर पार्न सक्ने चिन्ताका साथ ट्रम्पको चुनावी जितले अजरबैजानको कार्यसूचीमा व्यापक अन्योल छाएको विश्लेषकहरूले जनाएका छन् ।
स्टिएलले जलवायुमा विश्वव्यापी ऐक्यबद्धता देखाउन बैठकको आह्वान रहेको दोहो¥याउँदै भने, “विश्वव्यापी तापमान वृद्धिबाट बच्नका लागि विश्वव्यापी सहयोग नै एक मात्र उपाय हो ।”
विकासशील देशहरूलाई जलवायु परिवर्तनसँग अनुकूलन गर्न र जीवाश्म ईन्धनबाट आफ्नो अर्थव्यवस्थालाई मुक्त गर्न मद्दत गर्न सहयोगको वृद्धिमा केन्द्रित रहेको छ । अहिले रकम तिरिरहेका धनी देशहरूको सानो समूहले दाताहरूको सङ्ख्या विस्तार भएको हेर्न चाहन्छन् र वार्षिक १०० अर्ब डलरको वर्तमान प्रतिज्ञालाई दस गुणा बढाउने आह्वानको विरोध गरिरहेका छन्।
धेरै मुलुकले घरेलु जनतालाई जलवायु नियन्त्रणभन्दा मुद्रास्फीति र सुस्त अर्थव्यवस्थाको बारेमा बढी चिन्तित भएको बताएका छन्। तर स्टिलले भने यी दुईको सम्बन्ध रहेको दाबी गरे ।
उनले भने, “जलवायु सङ्कट तीव्र गतिमा प्रमुख अर्थतन्त्रको तगारो बन्दै गइरहेको छ । समस्या नियन्त्रणका लागि कुनै कदम नचालेमा ‘हरेक देश र प्रत्येक घरपरिवार अहिलेको भन्दा पनि बढी प्रभावित बन्नेछन् ।” “जलवायु नियन्त्रण वैश्विक मुद्रास्फीति बीमा हो,”उनले भने।
––
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइरानले गर्यो नयाँ ब्यालेस्टिक क्षेप्यास्त्र प्रदर्शन, पश्चिमा देशहरू चिन्तित
माघ २०, २०८१ आइतबार
गण्डकी प्रदेशको अधिवेशन सुरू हुँदै
माघ २१, २०८१ सोमबार
प्रेसर कुकुरमा झुक्किएर पनि नबनाउनुहोस् यी खानेकुरा
माघ २१, २०८१ सोमबार
स्वयम्भूस्थित सरस्वती मन्दिरमा अक्षरारम्भ: फोटोफिचर
माघ २१, २०८१ सोमबार
चन्द्रपुरनिगाहपुरमा खैरो हेरोइनसहित १ जना पक्राउ
माघ २१, २०८१ सोमबार