युवा र ध्यान
नेपालबहस संवाददाता
जेठ ५, २०७७ सोमबार १९:२६:२१
५ जेठ, काठमाडौं । ध्यान शब्द सुन्दा लाग्छ, कि उमेर पाकेपछी कि रोग लागेपछी मात्र गर्ने हो । युवा अस्थामा न शरीरमा रोग लाग्ने डर हुन्छ न नै बूढो भइन्छ भन्ने डर हुन्छ । बेहोशीमा जीवन बिताउदै जान्छाैं । अनि उमेरले ४० वर्ष नाघेपछी होस खुल्छ । जुन समय अलिक ढिला हुन्छ । किनकि योगाभ्यास, प्रणायम र ध्यानको लागि शरिरको पनि महत्त्वपूर्ण भूमिका रहन्छ ।
जीवनमा हामीलाई अनेकाैं यश, आराम र सोख अनुभव गरे जस्तै सानै उमेरदेखि योगाभ्यास, प्राणायम र ध्यानको अभ्यास गर्यौभने व्यक्ति भित्रबाट चम्किन्छ र जीवनलाई आफूले चाहे जस्तो बनाउन सक्छ । हामीले यहाँ भोग्न आएका हौं ।
पुरापुर जे हो त्यो भोग्नै पर्छ तर भोग्ने क्रममा हामीले आफूलाई बिर्सेका त छैनौं ? कोहीदेखि रिस उठ्यो भने हामी भन्छौ नि “मेरो जीवन हो म आफ्नो तरिकाले जिउँछु । तिमीलाई के को मतलब“ अनि यसो भन्दा भन्दै कहिले आफूतिर फर्केर मेरो जीवन मैले कस्तो बनाइराखेको छु कहिले सोध्ने गरेका छौ ? विशेष त यदि यो प्रश्न सानै उमेर अर्थात जान्ने बुझ्ने भएदेखि जन्मियो भने जीवनले विराटताको कोल्टे फेर्न सक्दछ ।
अहिलेका हामी प्रायः युवा सबै भनेको होइन नि फेरि प्रायः युवा मोबाइल फोन, ल्यापटप, ट्याब लगायत ग्याजेटमा चुम्बक टासिंएझै टासिएका छौं । अनि त्यो टसाइले हामीलाई कति निखारेको छ ? कति आफूभित्रबाट खुशी, शान्ती र आनन्द दिएको छ ? एकचोटि गहिरिएर आफूलाई प्रश्न सोध्न आवश्यक छ । अनि हामी कति त रोजिरोटी, आफ्ना भौतिक इच्छा पूरा गर्न र समाजलाई देखाउन बिना लक्ष्य पैसा कमाउन दौडिएका छौ जुन करकाप र देखासिकीको लागि गरिराखेका छौ ।
आफूभित्रबाट आफ्नो हृदयलाई सोध्न पनि फुर्सद भएन कि म जे काम गरिराखेको छु त्यसबाट महाआनन्द महशुस गरी आत्मविश्वासका साथ आफूले चाहेको जति कामाउन सक्छु ? जब व्यक्ति जवर्रजस्ती र डरले काम गर्छ नि, उस्को शरीर जीउँदो हुन्छ तर भित्रबाट पुरापुर मरिसकेको हुन्छ । भन्छाैं मेरो जीवन अनि अरुको ईशारा र सपना पूरा गरि आफ्नो इच्छा पूरा हुने अन्धविश्वास गर्छौ । कारण के थाहा छ ? मात्र आफू तिर फर्कन डराउछौं र अत्यावश्यक सम्पति “ध्यान“लाई बेवास्ता गर्छौ ।
ध्यान भनेको होसमा रहनु हो त्यसको लागि शरीर र मन एकैसाथ हुन जरुरि छ । किनकी जब हामी आफू गाडी चलाउदा शरीर गाडिमा र मन अन्त कतै पुघ्ने बित्तिकै दुर्घटना हुने प्रबल सम्भावना रहन्छ त्यसैले जीवनको दुर्घटनाबाट बच्न आफ्नो शरीर, मन र चेतनाको अवस्था थाहा पाउन अत्यन्तै आवश्यक पर्दछ ।
यहाँ अब के प्रश्न आउन सक्छ कि, मेरो उमेर पाक्यो । अब योग, प्राणायम र ध्यान गर्न ढिलो भएछ नि । कोही आफ्ना बालबच्चा साना छन् भनेर ए, अझै बेलै भाको छैन भन्नू होला । ढुक्क हुनुहोस्, कि न ढीलो भएको छ न त छिटो यही हो ठिक समय । हामी जुनसुकै उमेरबाट, जहाँ छाैं त्यहीँबाट थालनी गरि हालौं । अझै कोही भन्नू हुन्छ गुरु चाहिन्छ । हो, गुरु चाहिन्छ तबमात्र हामी गुरु भेट्छौं जब हामी आफ्नो तर्फबाट आफू तिर फर्कन तयार हुन्छाैं ।
आफू कुन उमेर पुगैं छोडिदिनुस्, अब तर यदि आफ्नो बालबच्चालाई सानो उमेर अर्थात ५ वर्षको उमेरदेखि नै ध्यान अर्थात थाहा पाउने कला सिकाउन सक्नुभयो भने उसले पलपल बाँचेर होसमा जीवन यापन गर्दछ । सानै उमेर समूहदेखि योग ध्यान गर्न प्रोत्साहन गर्न अति आवश्यक छ ।
जब सानै उमेरदेखी होसमा अर्थात ध्यान दिएर काम र पढाइ गर्न जान्दछ उसले परिक्षाको नतिजाको लागि मात्रै हैन जीवनलाई सार्थक बनाउन सक्दछ । प्रविधिको विकाससँगै अहिलेको बालबालिका र युवाहरुलाई चाहे जति ज्ञान हाँसिल गर्न र आफूलाई निखार्न धेरै समय लाग्दैन । जब बालकले प्रविधिको सही उपयोग होसमा गर्न जान्दछ किनकी आफूलाई र अरुलाई हानी पुर्याउने काम बेहोसीमा हुने गर्दछ ।
जीवन सम्भावना नै सम्भावनाले भरिपूर्ण छ । जे चाहान्छौं त्यही बन्न सक्ने क्षमता हामीमा हुन्छ । यदि हामीले हाम्रो प्रत्येक अवस्था र चुनौतीलाई अवसरको रुपमा लिन्छौं भने हामी भित्र नै हामीले चाहेको जाँगर, सुख, साहस, प्रेम, ज्ञान, संकल्प र आनन्द छ र यो सबै पाउने उत्कृष्ट माध्यम ध्यान नै हो । एकैदिनमा नतिजा नदेखिएला तर एकपलमै महशुस गर्न सक्छौ । हामी प्रयोगात्मकरुपमा आफूलाई उभ्याउछौं । नियमित खाना खान परे जस्तै योगाभ्यास, प्राणायम र ध्यानलाई विशेष महत्व दिएयौँ भने जीवन आफूले चाहे जसरी बिताउन सक्दछौं ।
जीवन विकास विशेषज्ञ तथा जीवन विज्ञानका संस्थापक श्रद्देय गुरुदेव एल.पि भानु शर्मा भन्नुहुन्छ “युवा त्यो हो जस्ले आफ्नो ढाँचा अनुसारको जीवन व्यतित गर्न सक्दछ । विद्यार्थी त्यो हो जस्ले आफूलाइ चाहिने हरेक ज्ञान हासिल गर्न तयार हुन्छ र जो व्यक्ति आफ्नो जीवनको भवन निर्माण गर्न थाल्दछ उस्ले ध्यान सुरु गरिहाल्छ ।”
म पनि युवा हुँ किन कि म सँग लक्ष्य छ र नियमित ध्यान गर्छु । जब ध्यान अभ्यास सुरु गरेँ शारिरीक रुपमा अहिलेसम्म कुनै रोग लागेको छैन, स्वस्थ छु, बच्चा जस्तै रमाउन सक्छु, मज्जाले निदाउछु, जीवनलाई आकाश जस्तै विराट देख्छु । हरेक कार्य गर्न सक्छु भन्ने आँट आउँछ । आफ्नो जीवन आफ्नो शैलीले सबैलाई प्रेम गरि बिताएकी छु । बाहिर समस्या आइपरे भित्रबाट मजबुत हुन जानेकी छु । यो सबै हुनुको कारण नियमित ध्यानको अभ्यास हो ।
आफूभित्र उमंग ,आत्मविश्वास, जोश, जाँगर, आफ्नो पथ अनुरुप कर्म, खुशी, शान्ति, अनन्त समृद्धिको अनुभव गर्न युवा लक्षित कार्यक्रम, जीवन व्यवस्थापन र आधुनिक प्रयोगको साथमा समग्र व्यक्ति विकासको कार्यक्रम हुने भएकोले जीवन विज्ञान प्रायः युवाहरुको रुचिको आध्यात्मिक संस्था भएको छ जुन संस्था नेपाल भूमिमा नै विशुद्ध जन्म भएको हो ।
जीवन विज्ञानद्वारा संचालित कक्षा ५ देखि १२ सम्मका विद्यार्थी लक्षित कार्यक्रम नवप्रतिभा विज्ञानले अझै धेरै प्रभाव पारेको छ । किन कि विद्यार्थी भनेको उर्बर जमिन हो । जस्तो बीज रोप्यो त्यस्तै उब्जनी हुन्छ अनि सानैमा राम्रो गोड्मेल गर्यो भने अनेकौ झारबाट मुक्त भै स्वतन्त्र भएर हुर्कन सक्दछन् ।
त्यसैले यो बन्दाबन्दीको समयमा अझै सकारात्मक, खुशी र उनिहरुको उज्ज्वल भबिस्यको लागि जूम एप्स र फेसबुक लाइभबाट नियमित योगाभ्यास, प्राणायम र ध्यानको विशेष अभ्यास गराइ उनिहरुको प्रतिभालाई प्रस्फुटन गराउन, खुशी, शान्ति र आनन्दमय जीवनको अनुभव गराउन सकिन्छ । भोलि के हुन्छ कसैलाई थाहा छैन । भोलि के हुन्छ थाहा छैन त्यसैले “ध्यान“ हाम्रो अमुल्य सम्पत्ती हो जुन मानिसले मात्र अनुभव गर्न सक्दछ ।
अन्तमा यो पनि स्मरण गरौं कि भगवान बुद्ध पनि “ध्यान“ कै कारणले २५०० वर्ष सम्म पनि चम्किरहनु भएको छ। हेरेर र जानेर मात्र पुग्दैन एकपटक मात्र भएपनि प्रयोग गरि हालौं ।
(लेखक जीवन विज्ञान केन्द्रकाे प्रशिक्षक हुनुहुन्छ । हाल उहाँ जीवन विज्ञान प्रयाेगशाला काभ्रे साँगा शाखामा आबद्ध हुनुहुन्छ ।)
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिक पहिलो अभियानकाे गैर दलीय राजनीतिक अभियान बारे
जेठ २, २०८१ बुधबार
नेपाल–कोरिया सम्बन्ध सगरमाथा जस्तै उच्च होस्
जेठ १, २०८१ मंगलबार
गम्भीर मोडमा उभिँदै गरेको अर्थतन्त्र सुधार्न दलका नेताहरुको ओठे प्रतिबद्धता ?
जेठ १, २०८१ मंगलबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
जेठ २, २०८१ बुधबार
लाङटाङ हिमाल पदमार्गमा सरसफाइ गरिने
जेठ २, २०८१ बुधबार
टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार
दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी
जेठ २, २०८१ बुधबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार