टोखाका ३ जनालाई कोरोना संक्रमण पुष्टि
नेपालबहस संवाददाता
असार २८, २०७७ आइतबार २१:१३:४३
काठमाडौं । टोखाका स्थानीयमा कोरोना संक्रमण देखिएको छ । टोखा नगरपालिका ६, हरियाली बस्तीका चारजनामा कोरोना संक्रमण पुष्टि भएको हो । चारजनामध्ये तीन जना स्थानीय हुन ।
काठमाडौं उपत्यकाका विभिन्न १२ ठाउँमा गरिएको कोरोना परीक्षणमा टोखाका मात्रै चार जनालाई संक्रमण पुष्टि भएको हो । टोखाको हरियाली बस्तीबाट अहिलेसम्म चार जनामा संक्रमण पुष्टि भएको हो ।
हरियाली बस्तीबाट एक सय बढीको नमूना ल्याइ जाँच गर्दा तीनजना स्थानीयसहित चारजनामा कोरोना पोजेटिभ आएको सरुवा रोग अस्पताल टेकुले जनाएको छ । उनीहरुमध्ये हरियाली बस्तीमै रहेका तीन स्थानीय हुन । उनीहरुबाट अरुमा पनि कोरोना संक्रमण फैलिएको आशंका गरिएको छ ।
सरकारले यसअघि कन्ट्याक्ट ट्रेसिङमा स्रोत नखुलेका विभिन्न स्थानका केसहरुलाई आधार मानी त्यस स्थानका कम्तिमा एक सयका दरले नमूना संकलन गरेको थियो। जसमध्ये तिनकुने लगायत धेरै ठाउँको रिर्पोट नेगेटिभ आएको थियो । केही ठाउँको रिर्पोट आउन अझै बाँकी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्युतीय तारबारबाट जोगिन सूचना बोर्ड र साइरन मेसिन जडान गरिने
जेठ १, २०८१ मंगलबार
चितवनका ५२ विपन्न परिवारलाई सुरक्षित घर
बैशाख ३१, २०८१ सोमबार
नियमित विवरण अद्यावधिक नगर्ने सहकारीलाई कारबाही गर्ने
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
प्रदेश सरकारको आगामी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता स्वीकृत
जेठ १, २०८१ मंगलबार
सरकारको भनाइ एकातिर छ, गराइ अर्काेतिर : कांग्रेस
जेठ १, २०८१ मंगलबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
राष्ट्रियसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित
जेठ १, २०८१ मंगलबार