वाइडबडी प्रकरणबाट कसरी जोगिए निगमका कार्यकारी अध्यक्ष अधिकारी
नेपालबहस संवाददाता
चैत २४, २०८० शनिबार १५:३४:२
२४ चैत, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा दायर गरेको नेपाल वायुसेवा निगमको वाइडबडी भ्रष्टाचार प्रकरणमा जहाज खरिदको सुरुदेखि अन्त्यसम्मका प्रक्रियामा सहभागी एक व्यक्तिको नाम रहस्यमय ढंगले समावेश नगरेको पाइएको छ । ती व्यक्ति हुन, नेपाल वायुसेवा निगमका हालका कार्यकारी अध्यक्ष युवराज अधिकारी । अख्तियारले उनलाई कुनै पनि कोणबाट दोषी ठहर गरेको छैन ।
उनी यो भ्रष्टाचार प्रकरणबाट कसरी जागिए भन्ने अहिले सर्वत्र चासो र चर्चा हुन थालेको छ । अधिकारीले निगमकै कर्मचारीका रुपमा यो जहाज खरिद प्रकरणको सुरुदेखि अन्त्यसम्मै काम गरेका छन् । प्रक्रिया सुरु भएदेखि हरेक निर्णयमा उनको हस्ताक्षर भएको निगमका कर्मचारीहरू बताउँछन् । निगमको कार्यकारी अध्यक्षमा सुगत रत्न कंसाकार हुँदा अधिकारी डेपुटी निर्देशक थिए । निगमको कर्मचारी हुँदै उनी कार्यकारी अध्यक्षसम्म पुगेका हुन् ।
अहिलेका अख्तियार प्रमुख प्रेमकुमार राई त्यो बेला पर्यटन सचिव भएर काम गर्दा अधिकारी निगमका हर्ताकर्ता थिए । वाइडबडी जहाज सिधैं एयरबससँग नकिनेर बिचौलिया कम्पनीमार्फत किन्ने निर्णयमा अधिकारी पनि संलग्न थिए । राईले संचय कोषबाट ऋण लिने र ऋण दिने गरि गराएका निर्णयमा लेखा निर्देशकको हैसियतमा अधिकारीले पनि हस्ताक्षर गरेको निगमका कर्मचारी बताउँछन् । यसरी कंसाकारसँग सँगै बसेर हरेक निर्णयमा हस्ताक्षर गर्ने अधिकारीलाई अख्तियारले वाइडबडी प्रकरणमा जोगाएको छ । अधिकारीभन्दा तलका निगमका अरु कर्मचारी दुई चार ठाउँमा हस्ताक्षर गरेकै भरमा दोषी ठहरिएका छन् ।
त्यतिबेला पर्यटन मन्त्रालयबाट सरुवा भएर राई वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिव भएका थिए । वाणिज्य मन्त्रालयको सचिवको हैसियतले उनी निगमको ऋण स्वीकृत गराउने बेला कर्मचारी सञ्चय कोष सञ्चालक समितिको अध्यक्ष बनिसकेका थिए । त्यतिबेला कोषका प्रशासक कृष्णप्रसाद आचार्य कोरिया गएको समयमा सञ्चालक समितिको बैठक बसाएर राईले निगमलाई ऋण दिने निर्णय गराउन भ्याएका थिए । यो निर्णय गराउँदा अहिलेका कार्यकारी अध्यक्ष अधिकारी निगमका तर्फबाट प्रतिनिधि थिए ।
२६ जेठ २०७४ मा बसेको सञ्चयकोष सञ्चालक समितिको बैठकले ऋण दिने प्रस्ताव स्विकार गरेको थियो । दुई दिनपछि २८ जेठ २०७४ मा निगम र कोषबीच ऋण सम्झौता भएको थियो । राईको अध्यक्षमा बसेको निगमको बैठकले जहाज खरिद गर्न उपसमिति खडा गरेको थियो भने राईकै अध्यक्षतामा बसेको सञ्चय कोषको बैठकले निगमलाई ऋण दिएको थियो । यी सबै निर्णयमा साक्षी बसेका अधिकारी भने जोगिएका छन् । जहाज खरिदका लागि विदेशी कम्पनीसँग सम्झौता गर्दा र निगमबाट रकम पठाउँदै १० औं पटक हस्ताक्षर गर्ने अधिकारी हुन् ।
विमान खरिद प्रकरणमा २०७३ पुस २७ मै अख्तियारमा उजुरी पर्दा र त्यसको २ वर्ष पछि २०७५ पुस २६ मा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले पनि वाइडबडी प्रकरणमा भ्रष्टाचार भएको भन्दै अनुसन्धान गर्न अख्तियारलाई निर्देशन दिँदासम्म अधिकारीको पनि नाम थियो । लामो समय निगममा वरिष्ठ कर्मचारीका रुपमा रहेका अधिकारी कार्यकारी अध्यक्ष भएपछि बर्खास्तमा पनि परे । त्यसअघि उनी एकपटक निगमभित्रै पनि अनैतिक कार्यको कारवाहीमा परेका थिए । नेपाल वायुसेवा निगममा अर्थ निर्देशक रहेका बेला अधिकारीले आफूहरूमाथि यौनजन्य हिंसा गरेको भन्दै अर्थ विभाग र आन्तरिक लेखापरीक्षण विभागका महिला कर्मचारीहरूले राष्ट्रिय महिला आयोगमा अधिकारीविरुद्ध उजुरी पनि दिएका थिए ।
अधिकारीविरुद्ध महिला कर्मचारीहरूले २०७४ भदौ २७ गते उजुरी दिएका थिए । पीडित महिला कर्मचारीले उजुरीमा उल्लेख गरे अनुसार अधिकारीले पटक–पटक आफ्नो कार्यकक्षमा बोलाइ पदोन्नतिका लागि कार्य सम्पादन मूल्याङ्कनको प्राप्ताङ्क बढाइदिने, विदेश स्थित स्टेशनमा काज मिलाइदिने र राम्रो ठाउँमा सरुवा तथा जिम्मेवारी मिलाइ दिने आदि प्रलोभन दिने गरेका थिए । उनले महिला कर्मचारीलाई विदेश घुम्न जान तथा रमाइलाे गर्नका लागि समेत प्रस्ताव राख्ने गरेका थिए । उनी अध्यक्षबाट बर्खास्त भएर फेरी नियुक्ति लिएपछि पनि विभिन्न काण्डमा मुछिँदै आएका छन् ।
अधिकारीको निगममा अहिले रजाइँको सीमा नाघ्न थालेको कर्मचारीहरू बताउँछन् । हालै मात्र नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले उनीमाथि निगम डुबाएको भन्दै स्पष्टीकरण सोधेको थियो । त्यसको जवाफ उनले फर्काइसकेका छन् । चार वर्षका लागि २०७८ जेठ २७ गते निगमको कार्यकारी अध्यक्ष पदमा नियुक्त पाएका अधिकारी निगम डुबाउने गरी चलखेल र आर्थिक अनियमितताको चाँजोपाँजो मिलाउन सधैं सक्रिय रहँदै आएका छन् । कार्यकारी अध्यक्ष अधिकारीले करोडौं रकम असुल्न तत्कालीन मन्त्री सुदन किराँतीलाई उनका आफन्त मार्फत रिझाउने प्रयास पनि गरेका थिए ।
निगमले तीनवटा ट्वीनअटर जहाज किन्ने विषयमा उनले निकै ठूलो चलखेल गरेको कर्मचारीहरू बताउँछन् । यसैले पनि उनी वाइडबडी प्रकरणमा कसरी जोगिए भन्ने प्रश्न उठेको हो । समाचार स्रोतका अनुसार अधिकारी र अख्तियारका आयुक्त किशोर सिलवाल घनिष्ठ मित्र हुन् । निगमको यो भ्रष्टाचार प्रकरणको छानविन गर्ने मुख्य जिम्मेवारीमा रहेका आयुक्त सिलवालले नै अधिकारीलाई जोगाएको स्रोतको दावी छ ।
अहिले पनि नयाँ जहाज खरिद गर्न निगमसँग स्रोत अभाव छ । अर्थ मन्त्रालयले प्रकाशित गरेको आर्थिक सर्वेक्षणमा एक वर्षमा निगमको घाटा १ अर्ब ७० करोड देखाइ सकेको छ । निगमले कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषलाई ४६ अर्ब यस अघि लिएको ऋण बुझाउन बाँकी नै छ । निगममा अधिकारी प्रवेश गरेको ३१ वर्ष भन्दा बढी भइसकेको छ । धेरै जसो उनी निगमको हर्ताकर्ता नै भएर बसे । निगममा पाइला–पाइलामा कमिसन खाएर ढाडिएका अध्यक्ष अधिकारी किन वाइडबडी खरिद गर्दा भ्रष्टाचार भएको विषयमा परेनन् . यसबाट आफूहरू नै अचम्ममा परेको कर्मचारीहरू बताउँछन् । नेकपा एसका नेता झलनाथ खनालको कोटाबाट निगमको कार्यकारी अध्यक्ष बनेका अधिकारी भ्रष्टाचारका ठूला ठूला काण्डहरूबाट सधैं जोगिँदै आएका पात्र हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
तिलोत्तमा उद्योग वाणिज्य सङ्घ र भलाइ कोषबीच सम्झौता
पुष २०, २०८१ शनिबार
प्रधानमन्त्री कप महिला क्रिकेटः अछामको सान्त्वना जित
पुष २०, २०८१ शनिबार
आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिऔँ: अध्यक्ष प्रचण्ड
पुष २०, २०८१ शनिबार
बाँझोपन भएका पशुको पहिचान गर्दै विदुर नगरपालिका
पुष २०, २०८१ शनिबार