विनाशकारी भूकम्पको चार बर्ष पूरा, वास्तविक पीडितहरुका समस्या ज्युँका त्युँ !
इन्द्र रिजाल
बैशाख १२, २०७६ बिहिबार १५:२०:१३
काठमाडौं । राष्ट्रियपुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुनर्निमार्णमा उल्लेख्य सफलता हात पारेको दाबी गरेपनि अहिलेसम्म कतिपय वास्तविक पीडितहरु प्राधिकरणको लाभग्राही सूचीमा अट्न सकेका छैनन् ।
भूकम्प गएको चार वर्ष वितिसक्दा समेत प्राधिकरणको सूचीमा वास्तविक पीडितहरु नसमेटिँदा उनीहरुको समस्या ज्युँका त्युँ छ । २०७२ सालको विनाशकारी भूकम्पमा दोलखाका स्थानीय मङ्गलमणि श्रेष्ठको घर क्षतिग्रस्त बन्यो । तर, उनी लाभग्राहीको सूचीमा नै परेनन् ।
जसका कारण उनले अहिलेसम्म घर बनाउन सकेका छैनन् ।उनी जस्तै अन्य वास्तविक पीडितले पनि भूकम्प गएको चार वर्षवितिसक्दा पनि घर निर्माण गर्न सकेका छैनन् ।
विनाशकारी भूकम्पपछि भत्किएका घर तथा भौतिक संरचनाहरुको पुनर्निर्माण र विस्थापित व्यक्ति तथा परिवारलाई पुनस्र्थापना गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना भएको थियो ।स्थापनादेखि नै राजनीतिक दलको खिचातानीका कारणचार वर्षमा पाँच पटक नेतृत्व परिवर्तन भयो ।
राजनीतिक भागबण्डाका आधारमा नेतृत्व परिवर्तन भइरहँदात्यसको असर पुनर्निर्माणको काममा समेत पर्यो । चार वर्षको अवधिमा अनुदान सम्झौता भएकामध्ये ५० प्रतिशत निजी घरको मात्र पुनर्निर्माण सम्पन्न भएको छ ।
प्राधिकरणका अनुसार अहिलेसम्म विद्यालय संरचनातर्फ ५९ प्रतिशत,स्वास्थ्य संस्थातर्फ ५४ प्रतिशत, सुरक्षा निकायतर्फ३८ प्रतिशत र पुरातात्विक सम्पदातर्फ ३० प्रतिशत पुनर्निर्माण सम्पन्न भएको छ ।
वित्तीय व्यवस्थापनलाईप्रमुख चुनौतिको रुपमा लिएको प्राधिकरणले आगामी २० महिनाभित्र सम्पूर्ण पुनर्निर्माणको काम सक्ने दावी गरेको छ ।
अहिलेसम्म पुनर्निर्माणमा दुई खर्ब ३७ अर्ब ५१ करोड ५६ लाख रुपैयाँभन्दा बढी रकम खर्च भइसकेको छ । करिव चार सय २९ अर्ब रुपैयाँ पुनर्निर्माणका लागि अझै आवश्यक पर्ने प्राधिकरणले जनाएको छ ।
यसैबिच, भुकम्पको चौथो स्मृति दिवसका अवसरमा बिहीबार श्रद्धाञ्जली सभा गरिँदैछ । काठमाडौंंको बसन्तपुरमा ११ बजेर ५६ मिनेटमा भूकम्पमा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली सभा आयोजना गरिएको हो ।
श्रद्धाञ्जलीसभामा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनेछन् । त्यसअघि, प्रधानमन्त्री ओलीले त्रिपुरेश्वरमा रहेको त्रिपुरासुन्दरी मन्दिर काष्ठमण्डपको पुनर्निर्माणको निरीक्षण गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपगिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
जेठ २, २०८१ बुधबार
लाङटाङ हिमाल पदमार्गमा सरसफाइ गरिने
जेठ २, २०८१ बुधबार
टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार
दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी
जेठ २, २०८१ बुधबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार