प्रधानन्यायाधीशले घुस खाएर न्यायाधीश सिफारिस गरे भनेपछि बारका अध्यक्षमाथि एक्सन लिँदै सर्वोच्च
नेपालबहस संवाददाता
असोज १४, २०८१ सोमबार १६:५८:१६
१४ असोज, काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले घुस खाएर न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको भन्दै अभिव्यक्ति दिएपछि नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृण घिमिरेमाथि सर्वोच्च अदालतले एक्सन लिने भएको छ । सर्वोच्च अदालत प्रशासनले अध्यक्ष घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ताको तयारी गरेको छ ।
सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले बारका अध्यक्षले दिएको अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्ने निष्कर्षसहित अवहेलना मुद्दा दर्ताको तयारी भइरहेको जानकारी दिएका छन् । न्यायाधीश नियुक्तिका विषयमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलगायत विरुद्ध अभिव्यक्ति दिएर अदालतको अवहेलना गरेकाले मुद्दा दर्ता गर्नुपर्छ भन्ने विषयमा छलफल भइरहेको सूचना अधिकारी घिमिरेले जानकारी दिए ।
नेपाल बारका अध्यक्ष घिमिरेले आफूविरुद्द मुद्दा दर्ताको तयारी भएको जानकारी आफूकहाँ पनि पुगेको बताए । गत शुक्रबार सर्वोच्च अदालतमा नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई सिफारिस गरेको विषयमा आफूले दिएको अभिव्यक्तिलाई लिएर अवहेलना मुद्दा दर्ता गर्न लागिएको जानकारी प्राप्त भएको घिमिरेले बताए ।
यता, नेपाल बारका अध्यक्ष घिमिरेले भने आफूहरूले न्याय परिषदसम्बन्धी नियमावली विरुद्ध आन्दोलन गरिरहेको र त्यो विषय नसुनीकन न्यायाधीश नियुक्ति गरिएपछि प्रश्न गरेको बताएका छन् । उनले ६ जना रिक्त पद हुँदा किन दुई जनालाई मात्रै नियुक्ति सिफारिस गरियो ? के हिसाबकिताब मिलान गरिएको हो ? भन्ने प्रश्न गरेको थिए ।
प्रधानन्यायाधीश श्रेष्ठ एक सातापछि अवकाश पाउँदैछन् । विवादित न्याय परिषद् नियमावली खारेज नगरी न्यायाधीश नियुक्ति सिफारिस नगर्न बारले खबरदारी गर्दै आएको थियो । तर, विवाद समाधान नगरी, अवकाशको मुखमा न्यायाधीश नियुक्ति सिफारिस गरेको बारले आरोप लगाउँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुप्रिम सहकारी ठगीमा बैंक ग्यारेन्टीमार्फत १ करोड धरौटी बुझाएर छुटे रवि
माघ १३, २०८१ आइतबार
डीएसपीबाट बढुवा भएका ३७ जना एसपीको पदस्थापन
माघ २१, २०८१ सोमबार
राती एक्कासी कसरी आयो इन्टरनेटमा समस्या ?
माघ २०, २०८१ सोमबार
जसपाले केन्द्रीय कार्यकारिणी समितिमा १० जना थप्ने
माघ २१, २०८१ सोमबार
चीनको डिपसिकविरुद्ध मुद्दा हाल्ने ‘कुनै योजना छैन’: अल्टम्यान
माघ २१, २०८१ सोमबार
थाइल्याण्डले नेदरल्यान्डलाई १७ रनले हरायो
माघ २१, २०८१ सोमबार
केबलकार निर्माणविरुद्ध माइतीघरमा धर्ना: फोटोफिचर
माघ २१, २०८१ सोमबार