प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि आर्मीलाई
इन्द्र रिजाल
जेठ २७, २०७६ मंगलबार १:३५:१८
काठमाडौं । त्रिभुवन आर्मी क्लबले चौंथो संस्करणको प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । सोमबार भएको फाइनलमा गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो । लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा पहिलो सेट गुमाएपनि उत्कृष्ट पुनरागमन गर्दै आर्मीले उपाधि आफ्नो बनायो । आर्मीले पहिलो सेट गण्डकीलाई १६–२५ ले सुम्पिएको थियो ।
तर, आर्मीले त्यसपछिको तीन सेट लगातार जित्दै उपाधि आफ्नो बनायो । आर्मीले दोस्रो सेट २५–८, तेस्रो सेट २५–१० र चौंथो सेट २५–१६ ले जितेको थियो । योसंगै आर्मीले लगातार चौंथो पटक प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । आर्मीले पहिलो संकरणदेखि लगातार चौंथो संस्करणको उपाधि घरमै राख्न सफल भयो ।
उपाधिसंगै आर्मीले ३ लाख प्राप्त गरेको छ । उपविजेता बनेको गण्डकीले १ लाख ५० हजार प्राप्त गर्यो । प्रतियोगितामा नेपाल पुलिसले तेस्रो स्थान हासिल गर्यो । तेस्रो भएसंगै पुलिसले ७५ हजार रुपैयाँ प्राप्त गरेको छ । नेपाली सेनाको आयोजनामा भएको प्रतियोगितामा ३ विभागीय र ७ प्रदेशको टिमले सहभागिता जनाएका थिए ।
यो पनि
प्रधानसेनापति पुरुष भलिबलको फाइनल खेल आज, आर्मी र गण्डकी प्रदेश भिड्दै !
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थप‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ भलिबलको फाइनल खेल आज
बैशाख ३०, २०८१ आइतबार
भलिबल प्रतियोगितामा नेपालले बङ्गलादेशसँग फाइनल खेल्ने
बैशाख १७, २०८१ सोमबार
पुलिस क्लब राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा
बैशाख १४, २०८१ शुक्रबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
प्रदेश सरकारको आगामी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता स्वीकृत
जेठ १, २०८१ मंगलबार
सरकारको भनाइ एकातिर छ, गराइ अर्काेतिर : कांग्रेस
जेठ १, २०८१ मंगलबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
राष्ट्रियसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित
जेठ १, २०८१ मंगलबार