प्रहरीमा पहिलो पटक एकीकृत आचारसंहिता : विपरित लिंगीलाई धाप मारे कारबाही
नेपालबहस संवाददाता
भदौ ३१, २०७७ बुधबार १४:२४:३६
३१ भदौ, काठमाडौं । प्रहरी प्रधान कार्यालयले संगठनमा कार्यरत सबै दर्जाका लागि लागू हुने गरी पहिलो पटक एकीकृत आचारसंहिता जारी गरेको छ । संगठनभित्र अनुशासनहीन गतिविधि नियन्त्रण र मर्यादित एवं व्यवसायिक आचरण कायम गराउन भन्दै‘नेपाल प्रहरीका कर्मचारीहरुले पालना गर्नुपर्ने आचारसंहिता सम्बन्धि कार्यादेश–२०७७’ल्याइएको हो ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ‘एआईजी’ प्रद्युम्न कार्की अध्यक्ष रहेको तथा एसएसपी मुकुन्द आचार्य, एसपीहरु भूपेन्द्र खत्री, शिवकुमार श्रेष्ठ र राजन अधिकारी तथा डीएसपीद्वय गोविन्द थापा क्षेत्री र निर्मल बूढाथोकी सदस्य रहेको समितिले कार्यदेशको मस्यौदा बनाएको थियो । त्यही मस्यौदा प्रहरी महानिरीक्षकले कार्यादेशको रुपमा जारी गरेका हुन् । प्रहरी नियमावली २०७१ को नियम १ सय ९६ मा प्रहरी महानिरीक्षकले आवश्यक ठानेमा आन्तरिक कार्यविधि वा आचारसंहिता लागू गर्न सक्ने व्यवस्था छ ।
हालै जारी गरिएको कार्यादेशअनुसार सबै दर्जाका प्रहरीले आफ्ना विपरित लिंगीका प्रहरीलाई गलत मनसायले छुने, स्पर्श गर्ने, धाप मार्नेलगायतका गतिविधि गर्न पाउने छैनन् । अनुमति बिना विदेशीसँग भेटघाट गर्न पाइने छैन । अनुमति बिना विदेशी कूटनीतिक नियोग, कूटनीतिज्ञ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाका व्यक्तिसँग भेट गरेको पाइए कारबाहीको भागिदार हुनु पर्ने व्यवस्था गरिएको छ ।
यस्तै अनुमति बिना सञ्चारमाध्यममा लेख रचना तथा विचार प्रकट गर्न पनि पाइने छैन । राजनीतिक आस्था, अपराध अनुसन्धान तथा नियन्त्रणमा असर पुग्ने, राष्ट्रिय सुरक्षा र राष्ट्रिय हित विपरित हुनेलगायत संगठनले निषेध गरेका धारणा तथा अभिमतमा प्रतिक्रिया, लाइकजस्ता कृयाकलाप गर्न पाइने छैन ।
जातिरभाषा, लिंग, सम्प्रदाय, धर्म, शारिरिक बनावट विशेषका आधारमा कसैलाई होच्याउन वा मानमर्दन गर्न पाइने छैन । सेवाग्राहीसँग आग्रहरपूर्वाग्रह राखेर व्यवहार वा कार्यसम्पादन गर्न पाइने छैन । शिष्ट, सभ्य र विनम्र भएर सेवाग्राहीसँग व्यवहार गर्नुपर्ने छ । सेवाका क्रममा महिलारबालबालिका तथा जेष्ठ नागरिक र फरक क्षमता भएकालाई पहिलो प्राथमिकतामा राख्नु पर्नेछ ।
प्रहरीले आफ्नो पदीय जिम्मेवारी र दायित्वसँग असम्बन्धित कार्यक्रममा सहभागी हुन, सम्बोधन गर्न वा मन्तव्य दिन वा टिकाटिप्पणी गर्न पाइने छैन । यस्तै, सञ्चार माध्यममा सूचना चुहाउन, सम्प्रेषण गर्न वा व्यक्तिगत लोकप्रियताका लागि सञ्चार माध्यमको प्रयोग गर्न पनि कार्यादेशले निषेध गरेको छ ।
यसअघि प्रहरीमा सेवा समूह र कार्यालयपिच्छेका आचारसंहिता लागू भएका थिए । पछिल्लोपटक आएको यो कार्यदेश र आचारसंहिताले साधारण, स्वास्थ्य, इन्जिनियरिङलगायत सबै समूहलाई प्रतिनिधित्व गर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ । कान्तिपुर
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
राजधानीको हल्चोक स्थित रातामाटामा चङ्गा उडाउँदै [ फोटोफिचर ]
असोज २३, २०८० मंगलबार
अनधिकृत अनुवाद र पाइरेसीको विकृत धन्दा, एउटाको दुःख, अर्कोलाई मोज
असोज ८, २०८० सोमबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने
जेठ २, २०८१ बुधबार
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
जेठ २, २०८१ बुधबार
लाङटाङ हिमाल पदमार्गमा सरसफाइ गरिने
जेठ २, २०८१ बुधबार
टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार
दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी
जेठ २, २०८१ बुधबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार