ट्रेड युनियन कि टेण्डर युनियन ?

२७ जेठ, काठमाडौं । नेपाल निजामति कर्मचारीहरुको छाता संगठन आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले घुस लिएर जनसम्पर्क हुने मालपोत, यातायात, वैदेशिक रोजगार, राजस्व समूहका कर्मचारीको सरुवा रोक्ने गरेको खबर छ । समाचार स्रोतका अनुसार ढकालले मालपोत कार्यालय कलंकीका नायबसुब्बा कुलमणि अधिकारीको सरुवा रूपन्देहीको मजगवा मालपोत कार्यालयमा भएपनि भूमिसुधार व्यवस्थापन विभागका महानिर्देशक टीकाराम घिमिरेलाई दबाब दिएर रोक्न लगाएका छन् । थप पढ्नुहोस्

अरब मुलुकका लागि दिगो अर्थतन्त्र

महमद मोहिल्दिन २४ जेठ,वाशिङ्टन डिसी । हालैका दशकमा, अरब राष्ट्रका लाखौँ जनता चरम गरीबीबाट माथि उठाइएका छन् । तर अर्थतन्त्रको गिरावट र डरलाग्दो वेथितिका कारण प्रगति अहिले ढिलो हुने वा उल्टिने खतरा पनि रहेको छ । यस्तो परिणामलाई रोक्न अरब राष्ट्र थप दिगो अर्थतन्त्र विकासका लागि सुधारिएका सरकारी सेवाका अलावा नीजिक्षेत्रका सिर्जनात्मक गतिविधिमा उत्साहसाथ सहकार्य गर्दै क्षेत्रीय तथा अन्तरराष्ट्रिय सार्वजनिक महत्वका वस्तुको निर्माणमा द्रूतगतिमा अघि बढ्नुपर्छ । थप पढ्नुहोस्

कुवेती अमिर छ अरब राष्ट्र र कतारबीचको समस्यालाई लिई साउदी अरब प्रस्थान

२३ जेठ,कुवेत । कुवेतका अमिर शेख सवाह अल अहमद अल सवाहसँग कतार छ अरब राष्ट्रले कूटनीतिक सम्बन्ध सङ्कट समाधानका लागि मध्यस्थता गर्न साउदी अरब प्रस्थान गरेका छन् । कुवेती अमिर साउदी अरब, इजिप्ट, बहराइनलगायतका छ खाडी मुलुकले कतारले आतङ्कवादलाई सघाएको आरोपमा कतारसँगको कूटनीतिक सम्बन्ध विच्छेद गरेपछि सोमबारदेखि देखिएको सङ्कट समाधानमा पहल गर्न त्यसतर्फ गएको कतारी सांसदहरुले जनाएका छन् । “अमिर आजै साउदी अरबका लागि छुट्नुभएको छ” कतारका ख्यातीप्राप्त सांसद अलि अल देकवासीले कतारको संसदीय बैठकमा बताए । थप पढ्नुहोस्

मन्त्रिपरिषद्को बैठक – पहिलो प्राथमिकता संविधान कार्यान्वयन, प्रवक्तामा कार्की

२४ जेठ,काठमाडौं । सरकारले संविधानको कार्यान्वयन तथा माघ ७ गतेभित्रै तीन चरणका निर्वाचनलाई प्राथमिकताका साथ अगाडि बढाउने भएको छ । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले संविधानले निर्दिष्ट गरेअनुरुप संविधान कार्यान्वयन, सङ्क्रमणकालीन व्यवस्थापन र दोस्रो चरणको स्थानीय तहको निर्वाचन निर्धारित मितिमै सम्पन्न गर्ने निर्णय गरेको छ । थप पढ्नुहोस्

सुशील कोइराला फाउन्डेसनद्वारा प्रम देउवालाई बधाई

२४ जेठ, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा संसदबाट प्रधानमन्त्री चुनिएपछि सुशील कोइराला मेमोरियल फाउन्डेसन परिवारले उनलाई हार्दिक बधाई ज्ञापन गरेको छ । फाउन्डेसनले आज एक विज्ञप्ति जारी गरी नेपालको राजनीतिमा ठूल्ठूला परिवर्तनको नेतृत्व गर्दै सधैं ऐतिहासिक योगदान गरेको पार्टीका सभापति देउवालाई देशका सामु विद्यमान गम्भीर चुनौतीहरुको सामना, सम्बोधन र समाधान गर्न आशातीत सफलता मिलोस् भन्ने कामना गरेको छ । उनको सफलताले देशमा शान्ति र स्थायित्व बहाली हुने र देश समृद्धितर्फ अग्रसर हुने विश्वास पनि फाउन्डेसन व्यक्त गरेको छ । थप पढ्नुहोस्

प्रधानमन्त्री देउवाद्वारा सहिदप्रति श्रद्धाञ्जलि अर्पण

२४ जेठ,काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले लैनचौरस्थित सहिद स्मारक गई सहिदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएपछि उनी सहिद स्मारक गएका थिए । नेपाली काँग्रेसका सभापतिसमेत रहेका देउवा मङ्गलबार प्रधानमन्त्री पदमा निर्वाचित भएका थिए । यसैबीच, प्रधानमन्त्री देउवा आजै नेपाली काँग्रेस केन्द्रीय कार्यालय सानेपा गई काँग्रेसका संस्थापक एवम् दिवङ्गत शीर्ष नेताहरुको तस्विरमा माल्र्यापण गरेका छन् । थप पढ्नुहोस्

जनआन्दोलनका घाइते भिख माग्दै हिँड्न बाध्य

२४ जेठ, काठमाडौं । विसं २०४६ को जनआन्दोलनमा परेर आफ्नो दाहिने खुट्टा गुमाएका घाइते सरकारबाट उचित सहयोग नपाएपछि वर्षौंदेखि सहयोग माग्दै हिँड्न बाध्य भएका छन् । रुकुमको सोलावाङका ४८ वर्षीया तारा खड्का हातमुख जोड्नकै लागि भिख माग्न बाध्य भएका हुन् । आन्दोलनका क्रममा काठमाडौँ नारायणहिटी दरबारअगाडि राजा महेन्द्रको सालिक भत्काउन खोज्दा उनलाई प्रहरीको गोली लागेको थियो । उनी सँगै आठ व्यक्तिलाई गोली लागेर ज्यान गुमाएका थिए । खड्काको दाहिने गोडामा तीन गोली लागेको थियो । थप पढ्नुहोस्

चट्याङले सात ट्रान्सफर्मरमा क्षति, विद्युत् अवरुद्घ

२४ जेठ, काठमाडौं । चट्याङले बैतडी जिल्लाका फरक–फरक ठाउँमा गरी सात ट्रान्सफर्मरमा क्षति गर्दा विद्युत् सेवा अवरुद्घ भएको छ । सोमबार र मङ्गलवार राति पानीसँगै परेको चट्याङले जिल्लाको देहिमाडौँमा तीन, श्रीकेदारमा तीन र गुरुखोलामा एक गरी सात ट्रान्सफर्मरमा क्षति गरेको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख राजेन्द्रलाल देवले जानकारी दिए। साथै, अत्तरिया–बैतडी ३३ केभी लाइन, बैतडी–अनारखोली ११ केभी लाइनको विभिन्न ठाउँमा विद्युत् तार चुँडिएकोसमेत उनले बताए । थप पढ्नुहोस्

भरतपुरमा विकासको जस लिन दाहालले के गर्दैछन् ?

२४ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो गृह जिल्लामा थप अनुदानका रुपमा एकै वर्षमा १५५ योजनाका लागि रु ६९ करोड ६० लाखका कार्यक्रम पठाएपछि जिल्लाको विकास निर्माण तीव्ररुपमा अगाडि बढेको छ । प्रधानमन्त्री दाहालले थप योजनाका रुपमा निकासा गरेको अधिकांश योजनाले तीव्र गति पाएको हो । चारवटा योजना प्राविधिक कारणले अघि बढ्न नसक्ने भएपनि अन्य योजनाको काम तीव्रगतिमा अघि बढिरहेको जिल्ला समन्वय समिति चितवनले जनाएको छ । थप पढ्नुहोस्

नवनिर्वाचित प्रधानमन्त्री देउवालाई चीन र भारतको बधाई

२४ जेठ, काठमाडौं । नेपाली काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएपछि छिमेकी राष्ट्रहरुले बधाई दिएका छन् । नेपालका लागि चिनियाँ राजदूत यु होङले हिजो साँझ देउवाको निजी निवास बुढानिलकण्ठमा पुगी प्रधानमन्त्री पदमा निर्वाचित भएकामा उनलाई चिनियाँ सरकारकातर्फबाट शुभकामना व्यक्त गरेको देउवाका सहयोगी भानु देउवाले जानकारी दिए । सो अवसरमा राजदूत होङले नेपाल–चीन सम्बन्धमा थप प्रगाढ हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री देउवाको सफल कार्यकालको कामना गरेका थिए । थप पढ्नुहोस्
1 83 84 85 86 87