दक्षिण कोरियामा बेरोजगारको सङ्ख्या दश लाख

३ फागुन, काठमाडौं । दक्षिण कोरियामा यस वर्षको जनवरीको एक तथ्यांकअनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । बेरोजगारहरुको यो सङ्ख्या त्यहाँको जनसंख्याको ३.७ प्रतिशत रहेको सरकारी प्रतिवेदनले देखाएको बुधबार जनाइएको छ । यो सङ्ख्या गतवर्ष सोही समयको तुलनामा १२ हजारले बढेको दक्षिण कोरियाको तथ्याङ्क विभागले जानकारी दिएको छ । जनवरी महिनामा रहेको ३.७ प्रतिशत बेरोजगारीको दर गएको वर्षको सुरुदेखि नै परिवर्तन भएको थिएन । तर १५ देखि १७ वर्षको उमेरका व्यक्तिमा ८.७ प्रतिशत रहेको यो सङ्ख्या जनवरीमा भने ०.१ प्रतिशतमा झरेको छ । थप पढ्नुहोस्

नेपाली कामदारले विदेशमा उचित पारिश्रमिक पाउँदैनन्

१८ माघ, काठमाडौं । आप्रवासी कामदारको अधिकारका लागि संयुक्त राष्ट्रसंघीय विशेष समाधीक्षक फिलिप गोन्जाले मोरासले नेतृत्वको टोलीले नेपाली आप्रवासी कामदारको अवस्था र अधिकारका बारेमा राष्ट्रिय मानव अधिकार आयोगसँग आज छलफल गरेको छ । छलफलका क्रममा टोलीले नेपाली आप्रवासी कामदारको भर्ना प्रक्रिया, स्वदेश फर्केका कामदारको पुनःएकीकरण, शरणार्थीको अवस्था एवं आयोगबाट भएका प्रयासका बारेमा चासो व्यक्त गरेको थियो । थप पढ्नुहोस्

३१ जोडी श्रीमान्–श्रीमती एउटै सरकारी कार्यालयमा

५ माघ, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का कर्मचारीको विवरण केलाउँदा थाहा हुन्छ ः– यो सरकारी कार्यालयमा सीमित परिवारका सदस्यहरूको हालीमुहाली छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सीटीईभीटी० कर्मचारी संगठनका अध्यक्ष नागेन्द्र साह २१ चैत २०४५ मा सीटीईभीटी प्रवेश गरे । हनुमाननगर–१ सिरहाका उनले आफूले मात्रै जागिर खाएनन्स भाइ वीरेन्द्र, बुहारी इन्द्रिका र भान्जी कविता साहलाई समेत जागिर खुवाए । एमाले सम्बद्ध सीटीईभिटी कर्मचारी संगठनका अध्यक्ष साहले २०६६ असोज २८ मा भाइलाई र २०७० मंसीरमा बुहारीलाई जागिर खुवाए । थप पढ्नुहोस्

श्रम नियमावली छिटो ल्याउनुपर्नेमा जोड

२१ पुस, काठमाडौं । श्रम ऐनको प्रभावकारी कार्यान्वयनका लागि श्रम नियमावली छिटो तयार गर्नुपर्नेमा वक्ताले जोड दिएका छन् । नेपाल श्रमिक आपूर्तिकर्ता संघको स्थापना दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा सहभागीले श्रम नियमावलीको प्रस्तावित मस्यौदाका केही बुँदा अव्यवहारिक रहेको भन्दै त्यसलाई सच्याउनुपर्र्ने सुझाव दिए । सो अवसरमा श्रम तथा रोजगारमन्त्री फर्मुल्लाह मंसुरले श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन पारित हुनु ऐतिहासिक उपलब्धि भएको भन्दै अब यसको कार्यान्वयनमा सबै पक्षको सहयोग आवश्यक रहेको बताए । थप पढ्नुहोस्

स्थानीय तहमा शिक्षाका कर्मचारी अपर्याप्त

२० पुस, काडमाडौं । शिक्षा मन्त्रालयले हालसम्म करिब ५०० कर्मचारी काजमा खटाए पनि स्थानीय तहमा शिक्षा सेवाका कर्मचारी अपर्याप्त देखिएको छ । संविधानतः माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापनको अधिकार स्थानीय तहको भएकाले शिक्षासम्बन्धी सेवा प्रवाहका लागि विषयगत कर्मचारी अपुग भएको हो । स्थानीय तहले शिक्षा मन्त्रालयबाट काजमा आएका कर्मचारीलाई स्थायी दरबन्दीमा मिलान गर्ने वा नयाँ विज्ञापन गरेर त्यस सेवामा कर्मचारी पूर्ति गर्ने भन्ने टुङ्गो लागिसकेको छैन । थप पढ्नुहोस्

युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्न माग

४ पुस, काठमाडौं । वैदेशिक रोजगारमा गएका नेपाली युवा विभिन्न समस्याबाट ग्रसित बन्ने गरेकाले उनीहरुलाई स्वदेशमा नै रोजगारको व्यवस्था गरिनु अपरिहार्य भएकामा जोड दिइएको छ । अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा पोखरामा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले राजनीतिक स्थिरता र विकाससँगै विदेशिएका युवालाई स्वदेशमा फर्काउन सकिए देशको दिगो विकास हुनसक्ने धारणा राखेका थिए । वैदेशिक रोजगारीमा गएका युवाले भोगेका समस्याको निराकरण गर्न तथा वैदेशिक रोजगार सुरक्षित, व्यवस्थित एवं मर्यादित बनाउन सबैको एकताबद्ध प्रयास आवश्यक हुनेमा उनीहरुको जोड थियो । थप पढ्नुहोस्

आप्रबासी कामदार सम्बन्धी महासन्धी अनुमोदन प्रक्रियामा

पुस ३, काठमाडौं  । संयुक्त राष्ट्र संघीय महासभाबाट पारित ‘सबै आप्रबासी कामदारहरु तथा तिनीहरुका परिवारका सदस्यहरुको अधिकार संरक्षण सम्बन्धी महासन्धी, १९९०’ लाई संसदबाट अनुमोदनको प्रक्रिया सुरु गरिने भएको छ । नेपाल आप्रबासी कामदारको स्रोत मुलुक भएको हुँदा यो महासन्धी र घरेलु कामदार सम्बन्धी आइएलओ महासन्धी १८९ अनुमोदनको आवश्यकता महसुश भएकाले नयाँ संसदको बैठक बस्न अगाडि नै अनुमोदनको प्रक्रिया थालिने श्रम तथा रोजगार राज्य मन्त्री डिल्ली चौधरीले बताए । थप पढ्नुहोस्

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन नीतिगत सुधारको खाँचो

२८ मंसिर, काठमाडौं । वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन नीतिगत संरचनामै सुधार गरिनुपर्ने खाँचो औंल्याइएको छ । आप्रवासन दिवसको अवसरमा पिपुल फोरमले आयोजना गरेको सुरक्षित वैदेशिक रोजगारी विषयक अन्तरक्रियामा सहभागी वक्ताले आप्रवासी कामदारको सुरक्षित गन्तब्य प्रवद्र्धनका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गराए । फोरमका सल्लाहकार एवं अधिवक्ता सोम लुईंटेलले वैदेशिक रोजगारीलाई सुरक्षित तुल्याउन नीतिगत सुधारदेखि चेतना अभिवृद्धिका अभियानलाई प्रभावकारी बनाइनुपर्ने बताए । थप पढ्नुहोस्

नेपाल र जोर्डनबीच श्रम समझदारीपत्रमा हस्ताक्षर

२ कात्तिक, काठमाडौं । नेपाल र जोर्डनबीच हिजो श्रमसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । जोर्डनमा रहेका नेपालका श्रम तथा रोजगारमन्त्री फर्मुल्लाह मंसुर र जोर्डनका श्रममन्त्री अलि जहिर अलघजावीबीच उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो । साधारण कामदार र घरेलु कामदारसम्बन्धी दुई छुट्टाछुट्टै समझदारीपत्रमा दुईदेशबीच हस्ताक्षर भएको हो । नेपालले जोर्डनमा वैदेशिक रोजगारीका लागि खुला गरेपनि श्रम सम्झौता र समझदारी हुन सकेको थिएन । जसले गर्दा त्यहाँ कार्यरत नेपालीलाई श्रमसम्बन्धी समस्या पर्दा समाधानका लागि अप्ठ्यारो अवस्था रहेको थियो । थप पढ्नुहोस्

वैदेशिक रोजगार व्यवसायमा ४ अर्ब ५० करोड कर छली

१३ साउन, काठमाडौं । आन्तरिक राजस्व विभागका अनुसार आर्थिक वर्ष २०७३र७४ मा सबै ११ सय मेन पावरले २२ करोड ६८ लाख ४८ हजार रुपैयाँ कर तिरेका छन्। वैदेशिक रोजगार विभागका अनुसार सोही वर्ष वैदेशिक रोजगारीमा गएका ६ लाख ५५ हजारमध्ये करिब तीन लाख ७४ हजार युवायुवती मेन पावरमार्फत गएका छन्। एक व्यक्तिलाई विदेश उडाएबापत ५० हजार रुपैयाँ शुल्क उठाएको आधार मान्ने हो भने पनि आर्थिक वर्ष २०७३र७४ मा मेनपावर कम्पनीहरूले वैदेशिक रोजगारीमा जानेसँग १९ अर्ब रुपैयाँभन्दा बढी लिएका छन्। तर, ११ सय मेन पावर कम्पनीले तिरेको करचाहिँ २२ करोड ६८ लाख ४८ हजार रुपैयाँ मात्र छ । थप पढ्नुहोस्
1 2 3